By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » महाविरात्रिमा ६ लाख बढीले गरे पशुपतिनाथको दर्शन

महाविरात्रिमा ६ लाख बढीले गरे पशुपतिनाथको दर्शन

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ फाल्गुन ४, सोमबार १०:४९

काठमाडौं । महाशिवरात्रीका दिन आइतबार छ लाख बढी भक्तजनले पशुपतिनाथको दर्शन गरेका छन्। आइतबार बिहान २ बजेदेखि नै पाशुपत क्षेत्रमा दर्शनार्थीको घुइँचो लागेको थियो। मध्यरातसम्म दर्शन गर्नेको घुइँचो उस्तै रहेको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक एवं प्रवक्ता सुवास जोशीले जानकारी दिए।

उनले भने, “राति ९ बजेसम्म कम्तीमा छ लाख बढीले दर्शन गरेका छन्। दर्शनार्थीको सङ्ख्या अझै बढ्ने देखिन्छ।”

यस वर्ष कम्तीमा आठ लाख भक्तजनले आराध्यदेव पशुपतिनाथको दर्शन गर्ने अनुमान पशुपति क्षेत्र विकास कोषले गरेको छ।

महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा हुनसक्ने अवाञ्छित गतिविधिलाई सिसी क्यामरा तथा ड्रोनका माध्यमबाट निगरानी गरिएको छ। अवाञ्छित गतिविधि निगरानीका लागि सुरक्षाकर्मीसहितको छुट्टै टोली परिचालन गरिएको विकास कोषका प्रवक्ता जोशीले बताए।

पशुपति क्षेत्रमा आपत्कालीन उद्धार टोली, दमकल र एम्बुलेन्ससमेत तयारी राखिएको छ। भक्तजनको सहजताका लागि एकैपटकमा नौदेखि दश जनासम्मले दर्शन गर्न सक्ने व्यवस्था मिलाइएको छ। शिवरात्रिका लागि छिमेकी मुलुक भारतबाट साधुसन्त र तीर्थयात्री पशुपति आएका छन्।

पशुपति पुग्ने भक्तजनका लागि एम्बुलेन्स सेवा, ७० वटा स्वास्थ्य शिविर, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागका सुरक्षा अधिकारी परिचालन भएका छन्।

वैदिक सनातन हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन्। आज भगवान् शिवको प्रियवस्तु मानिने दूध, धतुरो र बेलपत्र चढाएर पूजा गर्ने गर्छन्। यो दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठ–मन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गर्ने चलन छ।

यस वर्ष पशुपतिनामा तीन हजारभन्दा बढी साधुसन्त आएको विकास कोषको अनुमान छ। महाशिवरात्रि पर्वलाई व्यवस्थित बनाउन भकुण्डोलमा नेपाल प्रहरी मूल शिविर रहेको छभने सशस्त्र प्रहरी बलको नेपाल सुरक्षा कमान्ड पोष्ट पशुपतिक्षेत्र नासल चोकमा छ।

Facebook Comments Box
सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
सुनचाँदीको मूल्यमा गिरावट
सुनको मूल्यमा सामान्य गिरावट
एमाले महाधिवेशनस् को–को भए निर्विरोध ?
प्रधानमन्त्री बालेनको शपथ ग्रहण समारोह दिउँसो १२:३४ बजेका लागि तय

थप समाचार

सञ्चार मन्त्रालयमा नयाँ आचारसंहिता लागू

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

२०८३ बैशाख २, बुधबार १०:४९

आयातित वस्तुमा एमआरपी र बिल बिजक अनिवार्य नगरे कडा कारबाही गरिने

२०८२ चैत्र ३०, सोमबार १७:२५

हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्यामा वृद्धि

इरान युद्धविरामको अधिकांश इजरायलीद्वारा विरोध

तेल मूल्य वृद्धिसम्बन्धी ‘फेक न्युज’ रोक्न मेटालाई फिलिपिन्सको चेतावनी

हलमा दर्शक नपाएको १३० करोडको फिल्मले ओटीटीमा तहल्का मच्चाउँदै

गरिबको भोट, धनीको शासन स: सुदन किराती

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?