By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » केही नयाँ जोखिमहरू उठाउनुपर्ने छ : गगन थापा

केही नयाँ जोखिमहरू उठाउनुपर्ने छ : गगन थापा

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ माघ २६, सोमबार ११:४७

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सडक, सिँचाइजस्ता जनजीवनसँग प्रत्यक्ष जोडिएका आयोजना समयमै गुणस्तरीय र पारदर्शी रूपमा सम्पन्न गर्नु आफ्नो पार्टीको प्रतिबद्धता भएको बताएका छन् ।

उनले सोमबार सामाजिक सञ्जाल फेसबुकमा सवा सात मिनेट लामो भिडियो सन्देश जारी गर्दै सो जानकारी दिएका हुन् । ‘हाम्रोमा पूर्वाधार समयमै नबन्ने ठूलो समस्या छ । यसले विकासको लागत त बढाएको छ नै सँगै अर्थतन्त्रको इकोनोमिक प्रोडक्टिभिटीमा पनि ठूलो असर पारेको छ, जसको अपरचुनिटी कस्ट अत्यन्तै उच्च छ,’ भिडियोसँगै थापाले लेखेका छन्, ‘सडक, सिँचाइजस्ता जनजीवनसँग प्रत्यक्ष जोडिएका आयोजना समयमै गुणस्तरीय र पारदर्शी रूपमा सम्पन्न गर्नु हाम्रो प्रतिबद्धता हो ।’

जादु गरेको जस्तो, चमत्कार गरेको जस्तो समस्याको हल निस्किन्छ भनेर सोच्दा अर्को पाँच वर्ष पनि खेर जाने भन्दै उनले आगामी पाँच वर्ष खेर नजाने गरी काम गर्नुपर्ने भिडियो सन्देशमा उल्लेख गरेका छन् ।

‘यसका लागि हाम्रो कानुनमा सुधार गर्नु पर्नेछ । हाम्रो संस्थागत क्षमता बढाउनु पर्नेछ । हाम्रो सार्वजनिक संस्थाहरूको केही काम गर्ने तरिकाहरू फेर्नु पर्नेछ । केही फाइनाइन्सको नयाँ मोडेलहरू हामीले अभ्यास गर्नुपर्ने छ,’ सभापति थापाले भनेका छन्, ‘केही नयाँ जोखिमहरू हामीले उठाउनु पर्नेछ । प्राइभेट सेक्टरलाई पनि सँगसँगै विश्वास गरेर लिएर जानु पर्नेछ । हाम्रो अनुगमन गर्ने तरिकाहरू बदल्नु पर्नेछ ।’

पाँच वर्षमा पूर्वाधारको क्षेत्रमा नेपालले एउटा रुपान्तरणकारी परिवर्तन गर्‍यो भन्ने कुरा स्थापित गर्न सकिने कुरामा आफूलाई विश्वास रहेको सभापति थापाको भनाइ छ ।

Facebook Comments Box
पशुपतिनाथ क्षेत्रमा प्रहरीमाथि कुटपिट गर्ने युवक पक्राउ
निर्वाचनका लागि मतपत्र छपाइ अन्तिम चरणमा
ढुङ्गा ढुङ्गामा कोरिँदै मूर्तिकला
एभिन्युजले संवाददातालाई तलब नदिएको आरोप, स्वतन्त्र पत्रकार संघ मकवानपुरको कडा आपत्ति
सम्झौता विपरीतका इँटा प्रयोग गरेपछि प्रशासनिक भवनको पर्खाल भत्काइयो

थप समाचार

गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

हिमालय एयरलाइन्सले काठमाडौँ–शेन्जेन सिधा उडान सुरु गर्दै

पर्वतमा जिप दुर्घटना हुँदा वडासदस्यको मृत्यु, दुई घाइते

विद्यार्थी न्यून भएका विद्यालय समायोजन

हिजो २० हजार ५ सयले बढेको सुनको भाउ आज २ सय रुपैयाँले घट्यो

वीरगञ्ज हुँदै चार अर्ब दुई करोड मूल्यका विद्युतीय सवारीसाधन आयात

एक सय ७६ समाचारबारे प्रेस काउन्सिलमा उजुरी

दुई करोड ७९ लाख चन्दा उठाएर अस्पतालको जग्गा खरिद

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?