By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » गुल्मीमा दुई लाखभन्दा बढी मतदाता

गुल्मीमा दुई लाखभन्दा बढी मतदाता

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ पुष १४, सोमबार ११:२२

मकवानपुर । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि गुल्मीमा दुई लाखभन्दा बढीले मतदान गर्न पाउने भएका छन् । दुई निर्वाचन क्षेत्र रहेको यस जिल्लामा दुई लाख २९ हजार ५४९ जना मतदाता कायम रहेको जिल्ला निर्वाचन कार्यालय गुल्मीका सूचना अधिकारी हर्क श्रीसले जानकारी दिनुभयो ।

उहाँका अनुसार महिला एक लाख १५ हजार २१० जना, पुरुष एक लाख १४ हजार ३३७ जना र अन्य दुई जना मतदाता छन् । २०७९ मा सम्पन्न भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको तुलनामा अहिले मतदाताको सङ्ख्या पाँच हजार २७३ ले बढेको छ । हालसम्म यस जिल्लामा १४५ मतदान स्थल र २८४ मतदान केन्द्र कायम गरिएको छ ।

यहाँको निर्वाचन क्षेत्र नम्बर–१ मा एक लाख २२ हजार १८६ जना मतदाता छन् । जसमा महिला ६२ हजार २७२ जना र पुरुष ५९ हजार ९१४ जना मतदाता छन् । यस क्षेत्रमा ८३ मतदान स्थल र १५५ मतदान केन्द्र कायम गरिएको छ । निर्वाचन क्षेत्र नम्बर– २ मा एक लाख सात हजार ३६३ जना मतदाता छन् ।

जसमा महिला ५२ हजार ९३८ जना, पुरुष ५४ हजार ४२३ जना र अन्य दुई जना मतदाता छन् । यस क्षेत्रमा ६२ मतदान स्थल र १२९ मतदान केन्द्र कायम गरिएको छ । २०७९ को निर्वाचनमा १४२ मतदान स्थल, २७८ मतदान केन्द्र र दुई अस्थायी मतदान केन्द्र थिए ।

यसैगरी यस जिल्लामा अस्थायी मतदाता पनि सङ्कलन गरिएको छ । जसमा कर्मचारी दुई हजार ९५ जना, सुरक्षा कर्मचारी ५३९ जना, जिल्ला कारागारमा रहेका कैदीबन्दी तथा थुनुवा १११ जना र राममन्दिर तारकेश्वर परमानन्द सन्यास आश्रममा ३६ जना अस्थायी मतदाता रहनुभएको छ । यस जिल्लामा शिक्षक तथा विद्यालयका कर्मचारी तीन हजार ३८० जना छन् ।

जिल्ला कारागार गुल्मी र राममन्दिर तारकेश्वर परमानन्द सन्यास आश्रमलाई अस्थायी मतदान केन्द्र कायम गर्न सिफारिस गरिएको छ । यस जिल्लामा गत असार १७ देखि मङ्सिर २० गतेसम्म मृत्यु दर्ता भएका कारण मतदाता नामावलीबाट ५६७ जनाको नाम हटाइएको छ । यो सङ्ख्यात्मक विवरण गुल्मीदरबार गाउँपालिका बाहेकको रहेको निर्वाचन कार्यालय गुल्मीले जनाएको छ ।

कार्यालयका अनुसार यस गाउँपालिकाले यससम्बन्धी कुनै पनि विवरण नपठाएको पाइएको छ । अद्यावधिक भई त्रुुटि सच्याउने र ठाउँ सारी ४५१ जना, दोहोरो नामावली ४१० जना र रद्दरत्याग अन्य विवरण पाँच जनाको हटाइएको छ ।

Facebook Comments Box
राहुघाट जलविद्युत् आयोजना: ९५ प्रतिशत भौतिक प्रगति
हात्तीको छावा मृत फेला
गण्डकी प्रदेशसभाबाट जनस्वास्थ्य विधेयक पारित
‘इभी’ दुर्घटनामा भारतीय तीर्थयात्रीसहित छ जना घाइते
एन- प्याब्सनमा आबद्ध स्कुलका चालक सह-चालकलाई ट्राफिक सचेतना 

थप समाचार

प्रधानमन्त्री बन्न लागेको हो भन्ने प्रश्नमा रविको जवाफ : म केही भन्न चाहन्नँ, अस्थिरताको पक्षमा छैनौँ

२०८३ जेष्ठ २३, शनिबार ११:०३

विश्व वातावरण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

सुन तोलामा २ हजार १ सय रुपैयाँले घट्यो

हेटाैँडामा बृहत् नि:शुल्क स्वास्थ्य शिविर हुने

अबको तीन दिन देशका तराई भेगमा तातो हावाको लहरको जोखिम

त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित

अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?