By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » विपद् व्यवस्थापनमा नयाँ दृष्टिकोणसहित पूर्व तयारी र पूर्वानुमानलाई जोड दिऔंः गृहमन्त्री अर्याल

विपद् व्यवस्थापनमा नयाँ दृष्टिकोणसहित पूर्व तयारी र पूर्वानुमानलाई जोड दिऔंः गृहमन्त्री अर्याल

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ पुष ७, सोमबार १२:०४

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले परम्परागत प्रतिकार्य केन्द्रित विपद् व्यवस्थापनको दृष्टिकोणलाई परिवर्तन गरी जोखिमको ज्ञान, पूर्व तयारी र पूर्वानुमानमा आधारित पूर्व कार्य तर्फ रूपान्तरणको यात्रा सरकारले सुरु गरिसकेको बताउनुभएको छ ।

सोमबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अन्तर्राष्ट्रिय पर्वतीय विकास केन्द्र (इसिमोड), खुमलटारमा आयोजना गरेको दुई दिने “पूर्वानुमानमा आधारित पूर्व कार्यसम्बन्धी’’ चौथो राष्ट्रिय संवादको उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य राख्नुहुँदै, मन्त्री अर्यालले नेपाल बहुप्रकोपीय विपद् जोखिमको हिसाबले अत्यन्त संवेदनशील मुलुक रहेकोले पूर्वानुमानमा आधारित पूर्व कार्य प्रभावकारी हुनु पर्नेमा जोड दिनुभयो ।

मन्त्री अर्यालले भन्नुभयो, “यसका लागि हामीलाई विशेष गरी जोखिमको स्पष्ट जानकारी, विश्वसनीय पूर्वानुमान र प्रभावमा आधारित पूर्व सूचना प्रणालीको अत्यन्त महत्त्वपूर्ण भूमिका रहने छन् ।’’

मन्त्री अर्यालले यी सबै कुरालाई नेपालले आफ्नो नीतिगत तथा कानुनी व्यवस्थामा स्पष्ट रूपमा समेट्दै आएको पनि भन्नुभयो । उहाँले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ ले सङ्घ, प्रदेश र स्थानीय तहमा बहु प्रकोप पूर्व सूचना प्रणाली सञ्चालन गर्ने जिम्मेवारी तोकेको बताउनुभयो ।

“विपद्को पूर्व तयारी गर्दा सही र समयमै गरिएको निर्णय तथा पूर्व कार्यले धेरैको ज्यान बचाउन सक्ने बताउनु हुँदै,’’ मन्त्री अर्यालले भन्नुभयो, “विपद् पूर्व तयारी, पूर्व सूचना र पूर्वानुमानमा आधारित पूर्व कार्यलाई अझ मजबुत संस्थागत र व्यापक बनाउने विषयमा नेपाल सरकार पूर्ण रुपमा प्रतिबद्ध रहेको छ ।’’ यसमा प्राधिकरणले खेलेको भूमिका प्रशंसनीय रहेको मन्त्री अर्यालले उक्त अवसरमा बताउनुभयो ।

Facebook Comments Box
पश्चिम एशियामा रहेका नेपाली सुरक्षित छन्, तत्काल उद्धार गर्नुपर्ने अवस्था छैन परराष्ट्र सचिव राई
घट्यो अमेरिकी डलरको मूल्य
समानुपातिकतर्फको सिट बाँडफाँट अझै अन्योलमा
बाटो बिना पक्की पुल
आज देशभर मौसम सफा रहने

थप समाचार

सञ्चार मन्त्रालयमा नयाँ आचारसंहिता लागू

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

२०८३ बैशाख २, बुधबार १०:४९

आयातित वस्तुमा एमआरपी र बिल बिजक अनिवार्य नगरे कडा कारबाही गरिने

२०८२ चैत्र ३०, सोमबार १७:२५

हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्यामा वृद्धि

इरान युद्धविरामको अधिकांश इजरायलीद्वारा विरोध

तेल मूल्य वृद्धिसम्बन्धी ‘फेक न्युज’ रोक्न मेटालाई फिलिपिन्सको चेतावनी

हलमा दर्शक नपाएको १३० करोडको फिल्मले ओटीटीमा तहल्का मच्चाउँदै

गरिबको भोट, धनीको शासन स: सुदन किराती

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?