By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
[Ruby_E_Template id="2450"]
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In

केही जिल्लामा बाढीको जोखिम

सरोकारकर्मी
सरोकारकर्मी
f,16

मकवानपुर । आज मधेशबाहेक अरू प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । धेरै ठाउँमा गएरातिदेखि नै पानी परिरहेको छ ।

आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा तथा राति कोशी र सुदूरपश्चिमका एकरदुई ठाउँमा ठूलो पानी पर्न सक्ने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अरू ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

अहिले मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास अवस्थित रहनुका साथै अरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको महाशाखाले जनाएको छ ।

वर्षाका कारण बाढी तथा पहिरोको जोखिम पनि रहेकाले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ । आज रूपन्देही, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, चितवन, डोटी, डडेलधुरा, बर्दिया, कैलाली, कञ्चनपुरमा बाढीको मध्यम जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

बाढीको जोखिम भएका नदी तथा खोला आसपासका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन महाशाखाको आग्रह छ ।

[ruby_related total=5 layout=5]

[Ruby_E_Template id="1714"]
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account