मकवानपुर । सुनको भाउ आज सामान्य घटेको छ । आज सुन तोलामा दुई सय रुपैयाँ घटेर तोलाको दुई लाख ५२ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
अस्ति शुक्रवार सुनको भाउ तोलाको दुई लाख ५२ हजार चार सय रुपैयाँ थियो । यस्तै आज चाँदीको भाउ भने बढेको छ । आज चाँदी ५० रुपैयाँले बढेर तोलाको तीन हजार छ सय पाँच रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
अस्ति चाँदीको भाउ तोलाको तीन हजार पाँच सय ५५ रुपैयाँ रहेको थियो ।
Facebook Comments Box
