By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » फागुन २१ गतेको चुनाव सफल बनाउन राष्ट्रपति पौडेलको आह्वान

फागुन २१ गतेको चुनाव सफल बनाउन राष्ट्रपति पौडेलको आह्वान

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ कार्तिक २३, आईतवार १७:३९

मकवानपुर । राष्ट्रपति रामचन्द्र पौडेलले आउँदो फागुन २१ गतेका लागि तोकिएको चुनाव सफल बनाउन आह्वान गर्नुभएको छ । आज सिंहदरबारमा सार्वजनिक सेवा प्रसारण नेपालको प्रथम वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उहाँले संविधान र लोकतन्त्रलाई अझ उन्नत तथा सुदृढ बनाउन आउँदो प्रतिनिधिसभा सदस्यको चुनावलाई सफल बनाउनुपर्ने बताउनुभयो ।

युवा पुस्ताको सुशासन र विकासप्रति प्रकट भएको चाहनालाई ध्यान दिँदै चुनाव घोषणा गरेको र यसलाई सफल बनाउनुपर्ने राष्ट्रपति पौडेलको भनाइ छ । लोकतन्त्रको सुदृढीकरण गर्न र त्यसको प्रतिफल नागरिकले प्राप्त गर्न चुनाव महत्त्वपूर्ण रहेको उहाँले बताउनुभयो ।

राष्ट्रपति पौडेलले प्रविधिको दुरुपयोग गरेर भ्रम, मिथ्या एवम् संशयपूर्ण सूचना सम्प्रेषणबाट नागरिकलाई दिग्भ्रमित पार्न सक्ने खतराबाट जोगाउनु जिम्मेवार आमसञ्चार माध्यमको दायित्व भएको भन्दै चुनावको वातावरण बनाउने भूमिका खेल्न आग्रह गर्नुभयो ।

यस्तै कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आमसञ्चार माध्यमलाई व्यावसायिक रूपमा अघि बढाउन प्रसारण गर्ने विषय सामग्री महत्त्वपूर्ण हुने भन्दै यसमा ध्यान दिन आग्रह गर्नुभयो ।

कार्यक्रममा सार्वजनिक सेवा प्रसारण नेपालको प्रतीक चिह्न लोगो सार्वजनिक र नयाँ च्यानल एन टिभी वर्ल्डको शुभारम्भ पनि गरिएको छ । नेपाल टेलिभिजन र रेडियो नेपाललाई समायोजन गरी रूपान्तरित पीएसबी नेपालले प्रथम वार्षिकोत्सव पनि मनाएको हो ।

Facebook Comments Box
कास्कीमा दलतर्फ रास्वपाको मत उच्च, उम्मेदवार पछि
नयाँ शैक्षिक सत्र अगावै कर्णालीमा पुग्यो पाठ्यपुस्तक
घट्यो अमेरिकी डलरको मूल्य
सुनकाे भाउ १ हजार १ सय रुपैयाँले घट्याे
आज देशका केही स्थानमा वर्षा र हिमपात हुने

थप समाचार

आज विश्व सम्पदा दिवस मनाइँदै

लहानक्षेत्रमा सडक विस्तारले गति लिँदै

नयाँ वर्षसँगै नवलपुरमा बढ्यो पर्यटकको चहलपहल

वन्यजन्तु सप्ताह विभिन्न कार्यक्रमसहित मनाइँदै

धनुषामा एक पुरुषको शव फेला

पश्चिम एसिया युद्धमा टर्कीको कूटनीतिक पहल

होर्मुज सुरक्षामा अन्तर्राष्ट्रिय चासो

फिदिममा ‘लिम्बूवान गेट’ पुनर्निर्माण सुरु

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?