By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » नवरात्रमा कालिका भगवती मन्दिरमा विशेष पूजा

नवरात्रमा कालिका भगवती मन्दिरमा विशेष पूजा

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ आश्विन ७, मंगलवार १३:५३

मकवानपुर । देशकै प्रसिद्ध धार्मिक शक्तिपीठ बागलुङ कालिका भगवती मन्दिरमा नवरात्रको पहिलो दिन घटस्थापना गरिएसँगै दसैँको विधिवत् सुरुवात भएको छ । नवरात्रभर बागलुङ कालिका मन्दिरमा हजारौं भक्तजन आएर पूजा गर्छन् । बागलुङ कालिका गुठी व्यवस्थापन समितिले भक्तजनलाई सहज पूजा गर्ने वातावरण मिलाएको छ ।

कालीका भगवतीको पूजा र दर्शन गर्दा आँटेताकेको पुग्ने, शक्ति प्राप्त हुने विश्वास छ । दसैँको अवसरमा विशेष पूजा हुने मन्दिरमा मनोकाङ्क्षा पूरा गर्न भक्तजनले पञ्चबलि दिने गरेका छन् । पूजाका लागि लाइन बस्ने, बलीलाई व्यवस्थित बनाउने, सहायता कक्ष, सूचना बोर्ड र प्रसाद वितरणको व्यवस्थापन गरिएको गुठीका अध्यक्ष कुमार खड्काले बताउनुभयो ।

मुक्तिनाथमा श्राद्ध गरेका भक्तजन फर्केर कालिका मन्दिर आएका छन् भने मुस्ताङ भ्रमणमा निस्केकाहरुले पनि कालिकाको दर्शन गरेको अध्यक्ष खड्काले जानकारी दिनुभयो । असोज लागेपछि देशका विभिन्न स्थानमा घुम्न निस्कने क्रममा कालिका मन्दिरमा धेरै भक्तजनहरु आउने गर्छन् । दसैँको बिदा सुरु भएकाले राजधानीसहित देशका विभिन्न सहरमा बसेका युवा तथा विद्यार्थी फर्कने क्रमले कालिका मन्दिरमा भक्तजनको बढ्दै गएको छ ।

पर्वतका राजा प्रतापी नारायण मल्लले पाल्पाका राजा मणि मुकुन्द सेनकी राजकुमारी विश्रवादेवीसँग विवाह गर्दा राजकुमारीले पाल्पा माझकी देवी कालिकालाई साथैमा ल्याएर विधिपूर्वक स्थापना गरेको किंवदन्ती अनुसार विसं १५९१ देखि मन्दिर स्थापना गरेर मेला र पूजा सुरु भएको पाइन्छ । अहिलेसम्म बागलुङ कालिकाबारे तीनवटा मात्र पुराना लेखोटहरु फेला परेका छन् । मन्दिरको भित्तामा १४ शक्तिका मूर्ति कुँदिएका छन् । प्यागोडा शैलीको मन्दिरमा तामाकै छानाले छाइएको छ ।

Facebook Comments Box
सवारी दुर्घटनामा दुई जना घाइते
‘अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि २०८२’ लागू
आज मनाइँदै मानसिक स्वास्थ्य दिवस
हेटौंडाबाट गत वर्षभन्दा आठ करोड बढी राजस्व उठ्यो
फोनिज मकवानपुरमा सर्वसम्मत नयाँ समिति

थप समाचार

सञ्चार मन्त्रालयमा नयाँ आचारसंहिता लागू

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

२०८३ बैशाख २, बुधबार १०:४९

आयातित वस्तुमा एमआरपी र बिल बिजक अनिवार्य नगरे कडा कारबाही गरिने

२०८२ चैत्र ३०, सोमबार १७:२५

हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्यामा वृद्धि

इरान युद्धविरामको अधिकांश इजरायलीद्वारा विरोध

तेल मूल्य वृद्धिसम्बन्धी ‘फेक न्युज’ रोक्न मेटालाई फिलिपिन्सको चेतावनी

हलमा दर्शक नपाएको १३० करोडको फिल्मले ओटीटीमा तहल्का मच्चाउँदै

गरिबको भोट, धनीको शासन स: सुदन किराती

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?