By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » नेपाल राष्ट्र बैंकद्वारा घरजग्गा कारोबार प्रवृत्तिसम्बन्धी तथ्याङ्क सार्वजनिक

नेपाल राष्ट्र बैंकद्वारा घरजग्गा कारोबार प्रवृत्तिसम्बन्धी तथ्याङ्क सार्वजनिक

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ चैत्र ३०, सोमबार १४:५३

मकवानपुर। नेपाल राष्ट्र बैंकले घरजग्गा (रियल इस्टेट) कारोबारको वर्तमान अवस्था तथा प्रवृत्तिसम्बन्धी विस्तृत तथ्याङ्क सार्वजनिक गरेको छ।

बैंकले आर्थिक वर्ष २०७९/८० लाई आधार वर्ष मानेर उक्त तथ्याङ्क तयार पारेको जनाएको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभाग, आन्तरिक राजस्व विभाग र आफ्नै स्रोतबाट सङ्कलित विवरणका आधारमा अब यस्तो तथ्याङ्क त्रैमासिक रूपमा सार्वजनिक गरिने बताइएको छ।

राष्ट्र बैंकका अनुसार लिखत पारितअन्तर्गत राजीनामा कारोबारलाई आधार मानेर प्रवृत्तिको विश्लेषण गरिएको हो। कारोबार संख्या, मूल्य, क्षेत्रफल, राजस्व सङ्कलन तथा घरजग्गा कर्जाजस्ता सूचकलाई आधार बनाइएको छ।

तथ्याङ्कमा घरजग्गा कारोबारमा मौसमी प्रवृत्ति देखिएको उल्लेख छ—पहिलो त्रैमासमा कम कारोबार हुने र तेस्रो तथा चौथो त्रैमासमा बढी हुने प्रवृत्ति देखिएको छ। प्रदेशगत रूपमा कारोबार संख्याका आधारमा मधेस प्रदेश अग्रस्थानमा रहेको छ भने त्यसपछि लुम्बिनी प्रदेश र कोशी प्रदेश रहेका छन्।

त्यस्तै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा कारोबार सबैभन्दा कम देखिएको छ।

कारोबार भएको जग्गाको क्षेत्रफलका आधारमा पनि मधेस प्रदेशकै हिस्सा सबैभन्दा बढी देखिएको छ। प्लट साइजका हिसाबले मधेसबाहेक अन्य प्रदेशमा २.५ देखि १० आना क्षेत्रफलका प्लट बढी किनबेच हुने देखिएको छ भने मधेस प्रदेशमा २० आनाभन्दा माथिका ठूला प्लटहरूको कारोबार बढी रहेको पाइएको छ।

घोषित मूल्यका आधारमा बागमती प्रदेश अग्रस्थानमा रहेको छ। महानगर र उपमहानगर क्षेत्रमा ५ देखि १० आना क्षेत्रफलका प्लट बढी कारोबार हुने गरेको पनि तथ्याङ्कमा उल्लेख छ।

बैंकका अनुसार आव २०७७/७८ देखि २०८१/८२ सम्म घरजग्गा कर्जा ७२.४१ प्रतिशतले र आवासीय कर्जा ६१.५५ प्रतिशतले वृद्धि भएको छ।

घरजग्गा क्षेत्रबाट प्राप्त सरकारी राजस्वमा पनि उतारचढाव देखिएको छ—पहिलो त्रैमासमा उच्च भएर पछि घट्दै गएर पछिल्ला वर्षमा पुनः सुधार भएको देखिन्छ। राष्ट्र बैंकले यस्तो तथ्याङ्कले रियल इस्टेट क्षेत्रको गतिविधि विश्लेषण गर्न मद्दत पुग्ने र आगामी दिनमा घरजग्गा मूल्य सूचकाङ्क निर्माण गर्ने तयारी भइरहेको जनाएको छ।

Facebook Comments Box
सवारी दुर्घटनामा दुई जना घाइते
विद्यालयमा आधुनिक ‘इलर्निङ सेन्टर’ स्थापना
फरक–फरक सवारी दुर्घटनामा पाँच जना घाइते
वन्यजन्तुका डरले बसाइँसराइ
सुनचाँदीको भाउमा लगातार बढ्दो

थप समाचार

विश्व वातावरण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

सुन तोलामा २ हजार १ सय रुपैयाँले घट्यो

हेटाैँडामा बृहत् नि:शुल्क स्वास्थ्य शिविर हुने

अबको तीन दिन देशका तराई भेगमा तातो हावाको लहरको जोखिम

त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित

अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह

भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?