By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » वीरगञ्जमा समुदायस्तरमै हैजाको संक्रमण

वीरगञ्जमा समुदायस्तरमै हैजाको संक्रमण

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ भाद्र ८, आईतवार १०:२५

मकवानपुर । पर्साको वीरगञ्जमा समुदायस्तरमै हैजाको संक्रमण फैलिएको छ ।

वीरगञ्ज महानगरपालिको वडा नम्बर ११, १३ र १६ सम्म हैजाको संक्रमण फैलिएको पुष्टि भएको महानगरको स्वास्थ्य शाखाले जनाएको छ ।

वीरगञ्जका विभिन्न अस्पतालमा उपचाररत बिरामीमध्ये ४२ जनामा हैजा पुष्टि भएको छ भने एक सय जनाभन्दा धेरै बिरामी उपचाररत छन् ।

वीरगञ्जको मुर्ली टोलका बासिन्दामा साउन अन्तिम हप्ता झाडापखालासहितको समस्या देखिएको थियो र सङ्ख्या बढ्दै गएपछि उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो ।

झाडापखालाका कारण तीन जनाको ज्यान गएको भनिए पनि यसबारे थप खुल्न सकेको छैन । ‘भिब्रियो कोलेरा’ नामक जीवाणु दूषित खाना वा पानीमार्फत शरीरमा प्रवेश गरेपछि हैजा लाग्ने गर्छ ।

हैजा लाग्दा निरन्तर झाडापखाला लाग्ने, वान्ता हुने, पेट दुख्ने, आँखा गाडिने, शरीरमा पानीको कमी भई मांसपेसी दुख्ने र ज्वरो आउने जस्ता समस्या देखिने गर्छ ।

अहिले वीरगञ्ज महानगरपालिका १ देखि १६ नम्बर वडासम्मलाई जोखिमयुक्त क्षेत्र मानिएको छ । ती क्षेत्रमा घर–घरमै टोली पुगेर सचेतना फैलाउने, सरसफाइमा जोड दिने र उपचारमा ल्याउने काम भइरहेको महानगरले जनाएको छ ।

उमालिएको वा निर्मलीकरण गरिएको पानी मात्र पिउन, तरकारी तथा हरियो सागपात राम्ररी पखालेर मात्र पकाएर खान, बासी खाना नखान, साबुनपानीले पटक–पटक हात धुन, शौचालयको प्रयोग गर्न आग्रह गरिएको छ ।

नारायणी अस्पताल वीरगञ्जका प्रवक्ता डा. उदयनारायण सिंहले पिउनेपानी उमालेर वा निर्मलीकरण गरेर पिउन, सरसफाइमा ध्यान दिन अनुरोध गर्नुभएको छ ।

साथै मुर्ली टोलमा प्रयोग भइरहेको पिउने पानीको नमूना थप परीक्षणका लागि काठमाण्डौको टेकु प्रयोगशालामा पठाइएको छ । हैजा पुष्टि भएपछि महानगरभित्र उच्च सतर्कता अपनाउन थालिएको छ ।

महानगरपालिका कार्यालयले हिजो सबै वडाका स्वास्थ्यकर्मीसँग छलफल गरेर दुई दिन आज र भोलि महानगर क्षेत्रका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

महानगरको शैक्षिक प्रशासन महाशाखाले सूचना निकालेर दुई दिन विद्यालय बन्द गर्ने निर्देशन समेत दिएको छ । साथै पानीपुरी, चटपटे, चाटसहित स्ट्रिट फुड बिक्रीमा तत्कालका लागि प्रतिबन्ध लगाउने निर्णय भएको छ ।

यसैबीच खानेपानी मन्त्री प्रदीप यादवले वीरगञ्जका विभिन्न अस्पतालमा पुगेर हैजाका बिरामीको अवस्थाबारे जानकारी लिनुभएको छ । हैजाको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकार संवेदनशील रहेको उहाँले बताउनुभएको छ ।

मन्त्री यादवले हैजा प्रभावित क्षेत्रमा खानेपानी तथा ढल व्यवस्थापन विभागबाट पानी शुद्धिकरणका लागि ‘पियुष’लगायतका आवश्यक सामग्रीसहितको मोबाइल टोली परिचालन गरिएको र टोलीले पानीको परीक्षण कार्य अघि बढाएको समेत जानकारी दिनुभयो ।

Facebook Comments Box
एनपिएल : जनकपुरको पहिलो जित
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
निर्वाचन अन्तर्गत समानुपातिकतर्फ ९२ लाखभन्दा बढी मत गणना
‘बालश्रम मुक्त गर्न स्थानीय तहको भूमिका महत्त्वपूर्ण छ’
सुकिला नोट साट्न बैङ्कमा घुइँचो

थप समाचार

सञ्चार मन्त्रालयमा नयाँ आचारसंहिता लागू

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

२०८३ बैशाख २, बुधबार १०:४९

आयातित वस्तुमा एमआरपी र बिल बिजक अनिवार्य नगरे कडा कारबाही गरिने

२०८२ चैत्र ३०, सोमबार १७:२५

हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्यामा वृद्धि

इरान युद्धविरामको अधिकांश इजरायलीद्वारा विरोध

तेल मूल्य वृद्धिसम्बन्धी ‘फेक न्युज’ रोक्न मेटालाई फिलिपिन्सको चेतावनी

हलमा दर्शक नपाएको १३० करोडको फिल्मले ओटीटीमा तहल्का मच्चाउँदै

गरिबको भोट, धनीको शासन स: सुदन किराती

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?