By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » ३ वर्षभित्र किसानलाई किसान परिचयपत्र दिने सरकारको तयारी

३ वर्षभित्र किसानलाई किसान परिचयपत्र दिने सरकारको तयारी

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ भाद्र ३, मंगलवार १०:२५

मकवानपुर । सरकारले कृषि क्षेत्रलाई आत्मनिर्भर र थप व्यवस्थित गर्ने लक्ष्यका साथ किसान पहिचान र वर्गीकरणका आधारमा किसान परिचयपत्रको व्यवस्था गर्ने भएको छ ।

आउँदो तीन वर्षभित्र सबै किसानलाई परिचयत्र दिने सरकारको दाबी छ । त्यसका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालय र प्रदेशको कृषिक्षेत्र हेर्ने मन्त्रालय र पालिकाले आवश्यक काम गर्नेछन् ।

खाद्य प्रणाली विविधीकरण, पाककलामा अन्वेषण र उच्च मूल्यको औद्योगिक बाली प्रशोधन सम्बन्धी उद्योगको प्रवर्द्धन गर्ने सरकारको लक्ष्य छ ।

राष्ट्रिय योजना आयोगले तयार पारेको पाँचवर्षे खाद्य प्रणाली रुपान्तरणको रणनीतिक योजनामा कृषि क्षेत्रलाई व्यावसायिक बनाउने, आत्मनिर्भर हुने र औद्योगिकीकरण गर्ने विषयलाई प्रमुख प्राथमिकतामा राखिएको छ ।

यो रणनीतिको सोच समतामूलक, उत्थानशील र दिगो खाद्य प्रणालीको विकास गर्ने रहेको छ । सबैका लागि स्वच्छ तथा पोषणयुक्त खाद्य पहुँच सुनिश्चित गर्ने, दिगो उपभोग पद्धति अवलम्बन गर्ने, प्रकृतिमैत्री उत्पादन प्रणाली अनुशरण गर्ने, समन्यायिक जीविकोपार्जनको अवस्थामा बढोत्तरी गर्ने, विपद् तथा जोखिम विरुद्ध उत्थानशील खाद्यप्रणाली निर्माण गर्ने, खाद्य सुशासन तथा रुपान्तरणका लागि खाद्य अधिकार तथा खाद्य सम्प्रभूता ऐनको प्रभावकारी कार्यान्वयन गर्ने रणनीतिको लक्ष्य छ ।

साना तथा व्यावसायिक किसानको उद्यमशीलता र सीप विकास मार्फत आम्दानी बढाउने र जीविकोपार्जनमा सुधार गर्ने, उत्थानशील खाद्य प्रणाली तथा सङ्कटको सामाना गर्न सक्ने समुदायको विकास गर्न लगानीको दीर्घकालीन लगानीको प्रवर्द्धन गर्ने, खाद्य अधिकार तथा खाद्य सम्प्रभूता ऐनअनुरुप रणनीति र कार्यनीति विकास गरी सङ्घीय संरचनाका तीनै तहमा खाद्य सुशासन सुनिश्चित गर्ने रणनीतिको उद्देश्य छ ।

तीनै तहका सरकारबाट भू–उपयोय योजना तयार एवम् कार्यान्वयन गरिने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

मललाई अत्यावश्यक पदार्थका रूपमा कायम गरी रासायनिक मल खरिद प्रक्रियालाई सरल बनाउने विषयलाई रणनीतिमा प्रमुखताका साथ समेटिएको छ ।

Facebook Comments Box
टोखाका सबै वडामा मेयर दीर्घायु स्वास्थ्य कार्यक्रम’ सञ्चालन गरिने
काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला
आज उम्मेदवारविरुद्ध उजुरी दिन सकिने
मकवानपुरको इन्द्र सरोवरमा पानी बोकेको गाडी खस्यो
बाल सुधारगृहका साठी जनालाई कारागारमा सारिँदै

थप समाचार

सुनचाँदीको भाउ बढ्यो

गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

हिमालय एयरलाइन्सले काठमाडौँ–शेन्जेन सिधा उडान सुरु गर्दै

पर्वतमा जिप दुर्घटना हुँदा वडासदस्यको मृत्यु, दुई घाइते

विद्यार्थी न्यून भएका विद्यालय समायोजन

हिजो २० हजार ५ सयले बढेको सुनको भाउ आज २ सय रुपैयाँले घट्यो

वीरगञ्ज हुँदै चार अर्ब दुई करोड मूल्यका विद्युतीय सवारीसाधन आयात

एक सय ७६ समाचारबारे प्रेस काउन्सिलमा उजुरी

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?