By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » भारतले आज ७९ औं स्वतन्त्रता दिवस मनाउँदै

भारतले आज ७९ औं स्वतन्त्रता दिवस मनाउँदै

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ श्रावण ३०, शुक्रबार ११:१२

मकवानपुर ।  भारतले १५ अगस्टका दिन आज आफ्नो ७९ औं स्वतन्त्रता दिवस मनाउँदैछ ।

यस अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदी लगातार १२ औं पटक लाल किल्लाबाट राष्ट्रिय झण्डा फहराउँदै ऐतिहासिक रेकर्ड कायम गर्नुहुनेछ ।

योसँगै उहाँ पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीको लगातार ११ पटकको झण्डा फहराउने रेकर्ड तोड्नुहुनेछ । मोदी २०१४ मा पहिलो पटक प्रधानमन्त्री बनेपछि हरेक वर्ष स्वतन्त्रता दिवसमा लाल किल्लाबाट देशलाई सम्बोधन गर्दै आउनु भएको छ ।

सन् १९४७ अगस्ट १५ मा करिब दुई शताब्दी लामो ब्रिटिश उपनिवेशवादी शासनको अन्त्य गर्दै भारत स्वतन्त्र राष्ट्रको रूपमा उदाएको थियो ।

१८ औं शताब्दीको मध्यतिर इस्ट इन्डिया कम्पनीमार्फत शुरु भएको ब्रिटिश प्रभाव, पछि प्रत्यक्ष उपनिवेशमा रूपान्तरण हुँदै, राजनीतिक, आर्थिक र सांस्कृतिक क्षेत्रमा गहिरो प्रभाव पारेको थियो ।

स्वतन्त्रताको यात्रामा महात्मा गान्धीको अहिंसात्मक आन्दोलन, जवाहरलाल नेहरू, सरदार बल्लभभाई पटेल, सुभाषचन्द्र बोसलगायतका नेताहरूको योगदान निर्णायक रह्यो ।

स्वतन्त्रता प्राप्तिपछि भारतले लोकतान्त्रिक गणतन्त्रको बाटो समातेको थियो । तर स्वतन्त्रताको दिनसँगै विभाजनको पीडादायी इतिहास पनि जोडिएको छ, जसले भारत र पाकिस्तान दुई स्वतन्त्र देशको रूपमा जन्म दिएको थियो ।

विभाजनका क्रममा लाखौं मानिस विस्थापित भए र ठूलो जनधनको क्षति भयो । भारतको स्वतन्त्रता दिवस केवल एक ऐतिहासिक घटना मात्र नभई लोकतन्त्र, एकता र निरन्तर प्रगतिप्रतिको प्रतिबद्धताको प्रतीकका रूपमा मनाइन्छ ।

Facebook Comments Box
सिक्टा सिँचाइ आयोजनाद्वारा २४ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा
सरकारलाई ट्रेड युनियनको चेतावनी : अधिकार खोसिए आन्दोलनको आँधीबेहरी
एक महिनामै १४ सयभन्दा बढीमा स्क्रब टाइफस, कसरी जोगिने ?
कङ्गोमा इबोला फैलिँदै, स्वास्थ्य केन्द्रमाथि आक्रमण
सुनको मूल्यमा सामान्य गिरावट

थप समाचार

गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

हिमालय एयरलाइन्सले काठमाडौँ–शेन्जेन सिधा उडान सुरु गर्दै

पर्वतमा जिप दुर्घटना हुँदा वडासदस्यको मृत्यु, दुई घाइते

विद्यार्थी न्यून भएका विद्यालय समायोजन

हिजो २० हजार ५ सयले बढेको सुनको भाउ आज २ सय रुपैयाँले घट्यो

वीरगञ्ज हुँदै चार अर्ब दुई करोड मूल्यका विद्युतीय सवारीसाधन आयात

एक सय ७६ समाचारबारे प्रेस काउन्सिलमा उजुरी

दुई करोड ७९ लाख चन्दा उठाएर अस्पतालको जग्गा खरिद

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?