By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » रातभरको झिलिमिलीले सकसमा गुडका चराहरु

रातभरको झिलिमिलीले सकसमा गुडका चराहरु

सरोकारकर्मी
सरोकारकर्मी
२०८१ पुष २, मंगलवार १७:१९

हेटौंडा/हाम्रो गाउँ सहरमा चराचुरुंगीको संरक्षणमा कत्तिको ध्यान पुगेको छ ? वास्तवमा पंक्षि संरक्षणमा आमचासो खासै देखिदैन हामीकहाँ । छिमेकी मुलुक भारतको एउटा गाउँमा चरा र उसको गुडमा रहेका अण्डा जोगाउनका लागि ३५ दिनसम्म सडकका बत्ती बालिएन । तमिलनाडुको शिवगंगा जिल्लास्थित पोथाकुडी गाउँका मानिसहरुले चरा र बचेराहरुकै कारण ३५ दिनसम्म गाउँको सडकमा रहेका पोलका बत्तीहरु बालेनन् र रातको समयमा बाटोघाटो अन्धकार बनाए । गाउँका सडकबत्तीहरु बाल्ने स्विच रहेको स्विचबोर्डमा चराले गुड बनायो र त्यसमा अण्डा पार्‍यो । एकदिन जब गाउँका एक व्यक्ति बेलुकाको समयमा सडक बत्तीको स्विच अन गर्न त्यहाँ पुगे, तब उनले स्विचबोर्डमाथि चराले गुड बनाएर अण्डा पारेको देखे । बत्ती बाल्नका लागि स्विचबोर्ड खोलेर स्विच अन गर्दा गुड भत्किएर अण्डा फुट्ने जोखिम थियो । उक्त स्विचबाट गाउँका सडककिनारका पोलमा रहेका ३५ वटा सडक बत्ती बल्दथे । तर, जब स्विचबोर्डमाथि चराले गुड लगाएर अण्डा पारेको देखेपछि बत्ती बाल्न पुगेका ती मानिस बिलखबन्दमा परे । हरेक साँझ स्विच अन गर्ने र विहान स्विच अफ गर्ने ड्युटी रहेका करुप्पुराजा नामक ती व्यक्तिले स्विचबोर्डमाथि चराले लगाएको गुड र त्यसमा पारेका अण्डाको फोटो खिचेर तत्काल गाउँका सबै घरधुरीका मूलीहरुलाई ह्वाट्सएप ग्रुपमा शेयर गरे । त्यसपछि गाउँको पञ्चायत बस्यो । पञ्चायतले चराको गुड बचाउने निणर्य गर्दै चराले अण्डा कोरलेर बचेरा नउडाएसम्म गाउँका सडक बत्ती नबालिने फैसला गर्‍यो । चराले उक्त गुडका बच्चा कोरलेर उडाउनका लागि पूरै ३५ दिन लाग्यो । जसका कारण पोथाकुडी गाउँमा ३५ दिनसम्म सडक बत्ती बलेनन् । अर्थात्, सडक अन्धकार भयो । चराले बचेरा उडाएपछि मात्र स्विचबोर्ड खोलेर स्विच अन गरियो र सडक बत्ती बाल्न थालिएको थियो । उज्यालो हेटौंडा अभियान’ अन्तर्गत् मुख्य बजारका सडकमा रंगीबिरंगी बत्ती जडान गरिएसंगै हेटौंडाको मुख्य बजार क्षेत्रका सडक रातमा झिलिमिली बनेको छ । मुख्य सडकका खम्बामा सेतो, नीलो र रातो रङको बत्ती एकसाथ बल्न थालेसंगै बजारको सुन्दरता बढाएको हो । स्थानीय भन्छन्-रातिको समयमा रंगीबिरंगी बत्तीको उज्यालोमा हिड्दा विकसित सहरमा पुगेको अनुभव भयो । मुख्य बजार क्षेत्रको बत्तीले सर्वसाधारणलाई हि“डडुल गर्न सहजमात्र नभइ, पसल पनि राति अबेरसम्म खुल्न थालेका छन् । सडकमा बल्ने झिलिमिली बत्तीले हेटौंडा बजारको स्वरुप फेरिएको छ । आर्थिक चहलपहल बढी हुने उपमहानगर क्षेत्रका चोकमा लाइट जडान भएका छन् । उज्यालो अभियानअन्तर्गत् उपमहानगरपालिकाका सबै वडामा बत्ती जडान गर्ने योजना छ । तर, ती झिलिमिली नै चराका लागि शत्रु बनेका छन् । किनकि, रातभरको उज्यालोका कारण चराहरु बजार छाडेर अन्यत्र जान बाध्य छन् । धेरै उज्यालोमा चराहरुको प्रजनन् र उनीहरुले अण्डाबाट बच्चा कोरल्न नसक्ने विज्ञहरु बताउंछन् । चरा संरक्षणका लागि राजनितिक दलहरुको घोषणापत्रमा विशेष जलचरसम्बन्धि ध्यान हुनु जरुरी रहेको वनविज्ञान अध्ययन संस्थान हेटौंडाका उपप्रध्यापक तथा वनविज्ञान विभागीय प्रमुख शैलेन्द्रकुमार यादबले बताए । हाल नेपालमा ८ सय ९० प्रजातिका चरा रहेकोमा २ सय भन्दा बढी चराहरु बाहिरी ठाउँबाट आउने गरेको उनले जानकारी दिए । चरालाई रात्रिकालिन बत्तीले प्रत्यक्ष असर पुर्‍याउने गरेको भए पनि सरकारले यसप्रति खासै चासो नपुर्‍याएको उनले बताए । बजारवरपर चराहरुले गुड बनाएर बसे पनि उक्त रुखहरु बजार सजावटका रुपमा काटिने हुनाले चरालाई बासस्थान समस्या हुने गरेको उनले बताए । प्रत्यक वर्ष चराहरु जाडो छल्नका निम्ति आउने जाने क्रम चलिरहने उनले बताए । हरेक वर्ष मकवानपुरको पिप्लेको माछा प्लान, राप्ती खोलालगायत तालतलैयामा नयाँ प्रजातिका चराहरु आउँछन्, वन विभागीय प्रमुख यादबले भने-हाल तालतलैयामा फोहोरको मात्रा बढी भइ माछा, लेऊको कमी हुँदा चराचुरुंगी ठाउँ  छाडेर अन्यन्त्र जाने अवस्था बढिरहेकोमा उनले गुनासो पोखे । तलैयाहरुमा माछाको कमी भइसकेपछि चराचुरुंगीलाई आहार कमी भएपछि चराहरु लोप हुँदैगइरहेको छ,’ उनले भने । वसन्त ऋतुमा चराको गीतले पार्कहरुमा रौनक हुन्छ । उनीहरुको फुरफुर नाच हेर्नलायक हुन्छ । मान्छेलाई चराको चर्तिकला हेर्न त रमाइलो हुन्छ । चरा भने यही बेला धेरै व्यस्त हुन्छन् । सबभन्दा बढी व्यस्त भालेहरु हुन्छन् । किनभने, घर बसाउने बेला त्यही हो । आफ्नो वंश विस्तार गर्ने चटारोमा उनीहरु दिनरात एक गरिरहेका हुन्छन् । यसका लागि पोथीलाई फकाउनुपर्छ । पोथीको ध्यान अरुतिर नभड्कियोस् भनेर भालेले राम्रो राम्रो गुड बनाउछ । पोथी, भालेमध्ये छानेर सबभन्दा राम्रोलाई रोज्छे । उसले भालेका एकएक कुरालाई जाँचबुझ गर्छे । चराको दुनियाँमा भालेलाई पोथीको ध्यान आफूतिर तान्न निकै सकस परेको हुन्छ । पहिलो त उसले राम्रो गुड बनाएर रिझाउनु पर्छ । अनि राम्रो गीत गाएर वा नाचेर मोहनी लगाउन सक्नुपर्छ । त्यसैले त जाडो महिनामा न्यानो खोज्दै दक्षिणतिर गएका भाले चरा पनि गर्मी चढ्दै गएपछि पोथी र चल्लाभन्दा छिट्टै उत्तरतिर फर्किन्छन् । उत्तर आइपुगेपछि उनीहरुले आफ्नो प्रजनन् क्षेत्र बनाउनुपर्छ । गुड बनाउन मान्छेलाई घर बनाउनजस्तै गाह्रो हुन्छ । राम्रो ठाउँ  खोज्नुपर्यो। वरपर सजिलै खाने कुराको स्रोत हुनुपर्‍यो । शिकारी चरा वा वन्यजन्तुले आक्रमण गर्न नसक्ने सुरक्षित ठाउँ चाहियो । थरिथरिका चरा, थरिथरिका गुड । उनीहरु आफ्नो गुडका इन्जिनियर आफैं हुन् । गुड बनाउने कलामा पारंगत भएपछि मात्र वंश विस्तार हुन्छ भन्ने कुरा उनीहरुलाई हुर्किंदै जाँदा थाहा हुन्छ । सबै चराले राम्रा गुड भने बनाउदैनन् । परेवाले जहाँ पायो त्यहीं गुड बनाएको त हामी सबैले देखेकै छौं । अरु कतिपय जंगली चरा पनि त्यस्तै अल्छी हुन्छन् । फिस्टाले पात सिएर आफ्नो गुड बनाउछ । यस चराको गुड एकदमै मज्जाले सिएर बुनिएको हुन्छ । यो गुड बनाउन सबभन्दा पहिले त उसले आफू अट्नसक्ने पात छान्छ । पात सुकेको हुनु हुदैन । सिउनुपर्ने भएकाले बलियो र हरियो पात हुनुपर्छ । चाहिएजस्तो पात भेटेपछि उक्त चराले आफ्नो चुच्चोले पातमा ससाना प्वाल बनाउछ ।

Facebook Comments Box
देशका केही क्षेत्रमा आज हावाहुरीको जोखिम, सावधानी अपनाउन सुझाव
आजको मौसम
नेदरल्यान्ड्सविरुद्ध नेपालले बलिङ गर्दै
बन्दीपुरबाट अवैध नदीजन्य पदार्थसहित सवारीसाधन नियन्त्रणमा
अब राहदानी छपाइसँगै वितरण साविकअनुसार

थप समाचार

तत्कालीन महानिर्देशक मिश्रासहितको भ्रष्टाचार मुद्दा सुनुवाइका लागि पेसी तय

सञ्चार मन्त्रालयमा नयाँ आचारसंहिता लागू

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

२०८३ बैशाख २, बुधबार १०:४९

आयातित वस्तुमा एमआरपी र बिल बिजक अनिवार्य नगरे कडा कारबाही गरिने

२०८२ चैत्र ३०, सोमबार १७:२५

हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्यामा वृद्धि

इरान युद्धविरामको अधिकांश इजरायलीद्वारा विरोध

तेल मूल्य वृद्धिसम्बन्धी ‘फेक न्युज’ रोक्न मेटालाई फिलिपिन्सको चेतावनी

हलमा दर्शक नपाएको १३० करोडको फिल्मले ओटीटीमा तहल्का मच्चाउँदै

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?