By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » रुस–युक्रेन युद्ध चर्कियो, रुसद्वारा हजारभन्दा बढी ड्रोन नष्ट

रुस–युक्रेन युद्ध चर्कियो, रुसद्वारा हजारभन्दा बढी ड्रोन नष्ट

सरोकारकर्मी
सरोकारकर्मी
२०८३ जेष्ठ ४, सोमबार १४:४४

मस्को । रुस र युक्रेनबिच जारी युद्धका क्रममा पछिल्लो २४ घण्टामा युक्रेनले ठुलो सङ्ख्यामा ड्रोन आक्रमण गरेको र तीमध्ये एक हजार ४५ वटा ड्रोन रुसी हवाई प्रतिरक्षा प्रणालीले खसालेको रुसी रक्षा मन्त्रालयले आइतबार जनाएको छ । यो युद्ध सुरु भएयताकै सबैभन्दा ठुलो ड्रोन आक्रमणमध्ये एक मानिएको छ ।

रुसी रक्षा मन्त्रालयका अनुसार, खसालिएका ड्रोनहरूसँगै एक ‘नेप्च्युन–एमडी’ निर्देशित मिसाइल र एक ‘फ्लेमिङ्गो’ क्रुज मिसाइल पनि नष्ट गरिएको छ । मन्त्रालयले रुसी सेनाले जवाफी कारबाहीस्वरूप युक्रेनका विभिन्न सैन्य लक्ष्यहरूमा आक्रमण गरेको जनाएको छ ।

आरआइए नोभोस्ती समाचार संस्थाले रक्षा मन्त्रालयलाई उद्धृत गर्दै जनाए अनुसार, रुसी सेनाले ड्रोन निर्माण तथा भण्डारण केन्द्र, युक्रेनी सशस्त्र समूहहरूको अस्थायी तैनाथी स्थल र युक्रेनका पक्षमा लडिरहेका विदेशी भाडाका सैनिकहरूको अड्डालाई लक्षित गरी हमला गरेको थियो ।

यसअघि आइतबार बिहान रुसी रक्षा मन्त्रालयले रातभरिमा मात्रै ५५६ वटा युक्रेनी फिक्स्ड–विङ ड्रोन खसालिएको जानकारी दिएको थियो । ती ड्रोनहरू रुसका विभिन्न क्षेत्र हुँदै राजधानी मस्कोतर्फ लक्षित गरिएको बताइएको छ ।

मस्कोका मेयर सेर्गेई सोब्यानिनका अनुसार, पछिल्लो २४ घण्टामा राजधानी मस्को क्षेत्रमा मात्रै १२० भन्दा बढी ड्रोन खसालिएका छन् । रुसी सरकारी समाचार संस्था टासले यसलाई एक वर्षभन्दा बढी अवधिमा मस्कोमाथि गरिएको सबैभन्दा ठुलो ड्रोन आक्रमणको रूपमा वर्णन गरेको छ ।

यस घटनाले रुस–युक्रेन युद्ध थप तीव्र बन्दै गएको सङ्केत दिएको विश्लेषकहरूले बताएका छन् । पछिल्ला महिनाहरूमा दुवै पक्षले ड्रोन तथा मिसाइल प्रयोगमा उल्लेखनीय वृद्धि गरेका छन् । विशेषगरी, युक्रेनले रुसी सैन्य संरचना, इन्धन भण्डारण केन्द्र र राजधानी आसपासका क्षेत्रमा ड्रोन आक्रमणलाई तीव्र बनाएको देखिएको छ ।

यद्यपि, युक्रेनतर्फबाट यस घटनाबारे तत्काल कुनै आधिकारिक प्रतिक्रिया आएको छैन । युद्धका कारण दुवै देशमा ठुलो मानवीय तथा भौतिक क्षति भइरहेको छ भने अन्तर्राष्ट्रिय समुदायले युद्ध रोक्न कूटनीतिक पहल बढाउन आग्रह गरिरहेको छ । रासस सिन्ह्वा

Facebook Comments Box
ढुङ्गा ढुङ्गामा कोरिँदै मूर्तिकला
मालपोत कार्यालय जुम्लाद्वारा एक करोड ८६ लाखभन्दा बढी राजस्व सङ्कलन
विन्द्र ढाँट ‘रोड टु युएफसी’को सेमिफाइनलमा पुग्ने पहिलो नेपाली
फोक्सोका रोगहरू बढ्नुमा धुलो र धुवाँ जिम्मेवार
आज सुनको मूल्यमा कमी

थप समाचार

पर्वतमा जिप दुर्घटना हुँदा वडासदस्यको मृत्यु, दुई घाइते

विद्यार्थी न्यून भएका विद्यालय समायोजन

हिजो २० हजार ५ सयले बढेको सुनको भाउ आज २ सय रुपैयाँले घट्यो

वीरगञ्ज हुँदै चार अर्ब दुई करोड मूल्यका विद्युतीय सवारीसाधन आयात

एक सय ७६ समाचारबारे प्रेस काउन्सिलमा उजुरी

दुई करोड ७९ लाख चन्दा उठाएर अस्पतालको जग्गा खरिद

दोस्रो पञ्चवर्षीय योजना बनाउँदै तुलसीपुर

नेपालको शाहसिक पर्यटन र प्रविधिमा अमेरिकाको साथ रहन्छ : उपविदेशमन्त्री रोजर्स

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?