By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुँदै

सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुँदै

सरोकारकर्मी
सरोकारकर्मी
२०८३ जेष्ठ १, शुक्रबार ०८:२५

कर्णाली । कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित वीरेन्द्रनगरमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपालिकाको संयुक्त आयोजना तथा होटल व्यवसायी महासङ्घ कर्णाली प्रदेशको समन्वयमा आगामी जेठ ८, ९ र १० गते वीरेन्द्रनगरमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ आयोजना हुने भएको हो ।

सम्मेलनबारे जानकारी दिन बिहीबार यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा मूल आयोजक समितिका संयोजक तर्कबहादुर शाहीले कर्णालीलाई नेपालको उदीयमान पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्य राखेर सम्मेलनको आयोजना गर्न लागिएको बताए ।

“कर्णालीमै पहिलो पटक हुन लागेको उक्त सम्मेलनले यहाँको पर्यटकीय गन्तव्यको प्रचारप्रसार, प्रवर्द्धन तथा दीर्घकालीन सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्न विशेष योगदान पुर्‍याउने छ”, उनले भने, “साथै यसले लगानी आकर्षण गर्दै पर्यटन प्रवर्द्धन गर्ने, रोजगारीका अवसर सिर्जना गर्ने तथा व्यावसायिक सहकार्य विस्तारमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरेका छौँ । कर्णालीका होमस्टे (घरबास) देखि ठुला होटलसम्म तथा रारादेखि शे९फोक्सुण्डो राष्ट्रिय निकुञ्जसम्मका पर्यटन प्याकेजलाई सिधा बजारसँग जोड्नेछ ।”

सम्मेलनमा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका साथै भारतको उत्तर प्रदेश, उत्तराखण्ड र दिल्लीबाट पर्यटन तथा आतिथ्य क्षेत्रसँग सम्बन्धित व्यवसायी, लगानीकर्ता, ट्राभल भ्लगर, सञ्चारकर्मी, ट्राभल एजेन्सी, टुर अपरेटर, होटल तथा आतिथ्य ब्रान्डका प्रतिनिधिको सहभागिता रहने संयोजक शाहीले जानकारी दिए । यसबाट भारतीय बजारसँग कर्णालीका पर्यटन प्याकेज तथा सेवा प्रत्यक्ष रूपमा जोडिने उनको भनाइ छ ।

संयोजक शाहीका अनुसार सांस्कृतिक विविधता, धार्मिक सम्पदा, साहसिक पर्यटन, प्राकृतिक सौन्दर्य तथा अद्वितीय गन्तव्यको प्रचारप्रसार तथा कर्णाली विश्वसामु चिनाउने लक्ष्य सम्मेलनले राखेको छ । व्यवसायीदेखि व्यवसायी बैठक, नेटवर्किङ कार्यक्रम, पर्यटन गन्तव्य प्रस्तुति, यहाँका होटल, दैलेखको पञ्चकोशी, पेट्रोलियम पदार्थ उत्खनन क्षेत्रलगायत सांस्कृतिक एवं धार्मिक सम्पदाको भ्रमण तथा अवलोकन, प्राविधिक तथा समूहगत छलफल कार्यक्रम सञ्चालन गरिने उनले जानकारी दिए ।

यस्ता गतिविधिले पर्यटन क्षेत्रका सरोकारवालाबिच अनुभव आदानप्रदान, व्यावसायिक साझेदारी तथा दीर्घकालीन सहकार्यको वातावरण निर्माण गर्ने बताउँदै संयोजक शाहीले यो सम्मेलन केबल औपचारिक भेला वा छलफलमा मात्र सीमित नभई खरिदकर्ता र बिक्रेताबिच प्रत्यक्ष संवाद हुने जनाए ।

Facebook Comments Box
दुई महिनापछि ढोरपाटनमा दादुरा सङ्क्रमण रोकथाम
आईसीसी विश्वकपमा आज नेपालले अमेरिकासँग खेल्दै
पञ्चकोशीमा धार्मिक पर्यटन मेला
सुनको भाउ घट्यो
महाभारतमा सात हजार कफीका बिरुवा वितरण

थप समाचार

गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

हिमालय एयरलाइन्सले काठमाडौँ–शेन्जेन सिधा उडान सुरु गर्दै

पर्वतमा जिप दुर्घटना हुँदा वडासदस्यको मृत्यु, दुई घाइते

विद्यार्थी न्यून भएका विद्यालय समायोजन

हिजो २० हजार ५ सयले बढेको सुनको भाउ आज २ सय रुपैयाँले घट्यो

वीरगञ्ज हुँदै चार अर्ब दुई करोड मूल्यका विद्युतीय सवारीसाधन आयात

एक सय ७६ समाचारबारे प्रेस काउन्सिलमा उजुरी

दुई करोड ७९ लाख चन्दा उठाएर अस्पतालको जग्गा खरिद

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?