By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » सिरहामा ६० हजार बालबालिकाको पोषण अवस्था मूल्याङ्कन गरिने

सिरहामा ६० हजार बालबालिकाको पोषण अवस्था मूल्याङ्कन गरिने

सरोकारकर्मी
सरोकारकर्मी
२०८३ बैशाख २१, सोमबार ०९:३२

सिरहा । जिल्लामा मातृ तथा शिशु स्वास्थ्यलाई सुदृढ बनाउने लक्ष्यका साथ ‘सुनौलो हजार दिनका आमाहरूसँग पाँच वर्षमुनिका बालबालिकाको समुदायस्तरमा पोषण लेखाजोखा कार्यक्रम’ सुरु भएको छ । आइतबार लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीले एक विशेष कार्यक्रमका बीच यस अभियानको औपचारिक उद्घाटन गरे ।

स्वास्थ्य मन्त्रालयको परिवार कल्याण महाशाखाअन्तर्गत पोषण शाखाको नेतृत्वमा वैशाख १५ देखि ३० गतेसम्म देशव्यापी रूपमा यो अभियान सञ्चालन भइरहेको छ । कार्यक्रमको मुख्य उद्देश्य ६ देखि ५९ महिनासम्मका बालबालिकामा शीघ्र कुपोषण पहिचान गरी समयमै उपचार सुनिश्चित गर्नुका साथै स्थानीय तहदेखि प्रदेशस्तरसम्म कुपोषणको जोखिम वर्गीकरण गरी आगामी योजना निर्माणको आधार तयार गर्नु हो ।

उद्घाटन समारोहमा नगरप्रमुख चौधरीले ‘सुनौलो हजार दिन’को महत्वबारे जोड दिँदै भने, “बालबालिकाको शारीरिक, मानसिक र बौद्धिक विकासका लागि पहिलो हजार दिन अत्यन्त महत्त्वपूर्ण हुन्छ । यस अवधिमा उचित पोषण सुनिश्चित गर्न सके स्वस्थ र सक्षम नागरिक निर्माण गर्न सकिन्छ ।” उनले नगरपालिकाले गर्भवती तथा सुत्केरी महिलाका लागि मासिक रूपमा पोषण प्याकेज वितरण कार्यक्रम सञ्चालन गरिरहेको जानकारीसमेत दिए । ‘हेलेन केलर इन्टरनेसनल’को आर्थिक तथा प्राविधिक सहयोगमा स्थानीय दलित विकास मञ्चमार्फत सिरहाका १७ वटै स्थानीय तहमा यो कार्यक्रम विस्तार गरिएको छ । हेलेन केलरका क्षेत्रीय सुपरिवेक्षक अमितराज साहले जिल्लाभरको लक्ष्यबारे जानकारी दिँदै भने, “सिरहामा हामीले करिब ६० हजार बालबालिका र १४ हजार गर्भवती महिलाको पोषण अवस्था लेखाजोखा गर्ने लक्ष्य राखेका छौँ । समुदायमै पुगेर गरिने यो मूल्याङ्कनले कुपोषणको वास्तविक अवस्था बाहिर ल्याउनेछ ।”

साहका अनुसार नेपालमा कुपोषणको अवस्था पत्ता लगाउन प्रत्येक पाँच वर्षको अन्तरालमा स्वास्थ्य सर्वेक्षण हुँदै आएको भए पनि सन् २०२२ यता राष्ट्रियस्तरको अध्ययन हुनसकेको छैन ।

दलित विकास मञ्चका कार्यकारी निर्देशक सञ्जय महराले अभियानका लागि जिल्लाभरका स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई आवश्यक तालिम दिइसकेको जानकारी दिनुभयो । उहाँका अनुसार टोलीले टोलटोलमा पुगेर बालबालिकाको तौल, उचाइ र पोषण अवस्थाको स्क्रिनिङ गर्नेछन् र जटिल अवस्था देखिएमा तत्काल उपचारका लागि सन्दर्भ केन्द्रमा प्रेषण गरिनेछ ।

Facebook Comments Box
गृहमन्त्री आर्याल र निवर्तमान सांसद खतिवडाबिच भेटवार्ता
४४ जनाले गराए मकवानपुरमा उम्मेदवारी दर्ता
सुनको मूल्य तोलामा दुई हजार सात सय बढ्यो
नगरपालिकाको बृहत् स्वास्थ्य शिविर : जनतालाई निःशुल्क उपचार
चीनका ६ लाख विद्यार्थीलाई अमेरिका प्रवेश दिने राष्ट्रपति ट्रम्पको घोषणा

थप समाचार

विद्यार्थी न्यून भएका विद्यालय समायोजन

हिजो २० हजार ५ सयले बढेको सुनको भाउ आज २ सय रुपैयाँले घट्यो

वीरगञ्ज हुँदै चार अर्ब दुई करोड मूल्यका विद्युतीय सवारीसाधन आयात

एक सय ७६ समाचारबारे प्रेस काउन्सिलमा उजुरी

दुई करोड ७९ लाख चन्दा उठाएर अस्पतालको जग्गा खरिद

दोस्रो पञ्चवर्षीय योजना बनाउँदै तुलसीपुर

नेपालको शाहसिक पर्यटन र प्रविधिमा अमेरिकाको साथ रहन्छ : उपविदेशमन्त्री रोजर्स

२० हजार ५०० रुपैयाँले बढ्यो सुनको भाउ

२०८३ जेष्ठ १७, आईतवार १३:१८

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?