By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » ठुलीपोखरी–खौला सडक : वैशाख १० गतेदेखि ३० गतेसम्म आवतजावतमा रोक

ठुलीपोखरी–खौला सडक : वैशाख १० गतेदेखि ३० गतेसम्म आवतजावतमा रोक

सरोकारकर्मी
सरोकारकर्मी
२०८३ बैशाख ९, बुधबार १३:०५

पर्वत । तीन दशकअघि मार्ग खुलेको पर्वतको दोविल्ला–सिल्मी–ठुलीपोखरी–खौला–कार्कीनेटा सडकअन्तर्गत ठुलीपोखरी–खौला खण्ड २० दिन बन्द हुने भएको छ ।

कालोपत्रको तयारीका लागि सो अबधिका लागि सवारीसाधनआवत जावत बन्द गरिएको हो जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाको बैठकले यही वैशाख १० गतेदेखि ३० गतेसम्म सडक बन्द गर्ने निर्णय गरेको हो ।

उक्त खण्डको झन्डै तीन किलोमिटर सडक अहिले कालोपत्र गर्न थालिएको छ । सडकमा चार पाङ्ग्रे सवारी बन्द गरिए पनि दुई पाङ्ग्रे सवारीसाधन भने सञ्चालन गर्न दिइने भएको छ । उक्त समयमा वैकल्पिक सडक प्रयोग गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । वैकल्पिक सडकका रुपमा बाम्रा–गैराथोक–राताडाँडा हुँदै बुमी–लाम्पाटा–गहतेपोखरा–साइकलचोक सडक प्रयोग गर्न आग्रह गरिएको हो ।

अहिले ठुलीपोखरी–खौला खण्डमा कालोपत्र गर्नका लागि नाली निर्माण, सडक चौडा गर्ने, ग्यावियन जाली लगाउनेलगायत अन्य संरचना निर्माणको काम सम्पन्न गरी सबवेस बिछ्याउने काम भइरहेको पूर्वाधार विकास कार्यालयले जनाएको छ । कार्यालयका इन्जिनियर विज्ञान पौडेलका अनुसार गण्डकी प्रदेश सरकारको बहुवर्षीय योजनाअन्तर्गत रु पाँच करोड ८० लाखमा सम्झौता भई गत वर्षदेखि निर्माणकार्य थालिएको हो ।

इन्जिनियर पौडेलले यस वर्ष झन्डै तीन किलोमिटर सडक कालोपत्र हुने र जसमध्ये २५० मिटर ढलान गरिने जानकारी दिए । सडक निर्माणको जिम्मा पाएको देबचुली–कालीगङ्गा जेभी निर्माण कम्पनीका इन्जिनियर प्रविन गुरुङले निर्धारित समयमै सडक कालोपत्र सम्पन्न गर्नका लागि अवरोध नहोस् भनेर सवारी आवागमन बन्द गरेर निर्माणकार्य धमाधम गरिएको जानकारी दिए ।

दोविल्ला–सिल्मी–ठुलीपोखरी–खौला–कार्कीनेटा सडकको सिल्मीदेखि ठुलीपोखरीसम्मको केही भाग यसअघि नै कालोपत्र भएको थियो । अहिले बाँकी रहेको खण्डमा ढलान तथा कालोपत्र गरी सम्पन्न हुने पूर्वाधार विकास कार्यालयले जनाएको छ । अब खौलादेखि कार्किनेटासम्मको झन्डै चार किलोमिटर सडक कालोपत्र गर्न बाँकी छ । यो सडक कालोपत्र भएमा मध्यपहाडी लोकमार्गको वैकल्पिक सडकका रूपमा प्रयोग गर्न सकिने भएको छ । अहिले पनि स्याङ्जा, पाल्पा, बुटबलतर्फ जाने केही सवारीसाधनले यो मार्ग प्रयोग गर्दै आएका छन् ।

यो मार्गमा कालोपत्र गर्नका लागि पटकपटक बजेट माग गर्दा पनि पर्याप्त मात्रामा विनियोजन हुन नसकेको कुश्मा नगरपालिका–१२ ठुलीपोखरीका वडाध्यक्ष झलक रिमालले बताए। आगामी आर्थिक वर्षमा पनि बजेट माग गरेर यसलाई पूरा गर्न लागिपरेको उनको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलले विकास निर्माणको कार्य गर्ने बेला केही कठिनाइसमेत हुने भएकाले वैकल्पिक मार्ग प्रयोग गरी उक्त सडकलाई पूर्णता दिन सहयोग गर्न सो क्षेत्रका बासिन्दालाई आग्रह गरेका छन् । उनले निर्माण व्यवसायीलाई २० दिनभित्र पूरै काम सम्पन्न गर्न अनुरोध गरेका छन् ।

Facebook Comments Box
अध्यक्ष ओलीद्वारा माघे सङ्क्रान्तिको शुभकामना
पाँच किमी सडक स्तरोन्नति गर्न आठवर्षपछि बल्ल बजेट
बर्ड फ्लु नियन्त्रणमा सुनसरी प्रशासनको कडाइ
निर्वाचन नजिकिँदै गर्दा आन्तरिक उडान भरिभराउ
१५ प्रतिशतभन्दा बढी मतदान

थप समाचार

तीन अर्ब ९७ करोड ६७ लाख राजस्व सङ्कलन

भारतमा माओवादी अन्त्य, खतरा अझै बाँकी

विवादै विवादमा गृहमन्त्री गुरुङको बहिर्गमन

भारतमा माओवादी अन्त्य, खतरा अझै बाँकी

तीन अर्ब ९७ करोड ६७ लाख राजस्व सङ्कलन

नवलपरासीमा आगलागी, १२ घर जले

गर्मी बढेसँगै बाँकेमा देखिन थाले विषालु सर्प

सिक्टा सिँचाइ आयोजनाद्वारा २४ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?