By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » रु ५५ लाख लागतमा खेलमैदान निर्माण

रु ५५ लाख लागतमा खेलमैदान निर्माण

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ चैत्र २६, बिहीबार १४:१६

म्याग्दी । मालिका गाउँपालिका–६ डाँडागाउँमा पाखो सम्माएर हिमाली युवा क्लवको सामुदायिक भवन र खेलमैदान निर्माण भएको छ ।

रु ५५ लाख ६५ हजार ५५५ को लागतमा भवन र खेलमैदान निर्माण भएको हो । सरकारी निकायको अनुदानको तुलनामा दोब्बर बढी समुदायस्तरबाट सहयोग र श्रमदान जुटाएर खेलमैदान र भवन निर्माण गरिएको क्लबका अध्यक्ष टुकमान जुग्जालीले जानकारी दिए ।

“खेलमैदान र भवन निर्माण भएको ठाउँ यसअघि भिरालो पाखा थियो”, उनले भने, “डोजर लगाएर करिब ६० मिटर जमिन खारेर डिलमा पर्खाल बनाएर सम्माइएको हो ।” ६३ मिटर लम्बाइ र ३२ मिटर चौडाइ भएको खेलमैदान निर्माण भएको हो । खेलमैदानको परिसरमा दुई कोठे भवन, ‘स्टेज’ र सार्वजनिक शौचालयसहितको भवन निर्माण भएको छ ।

डाँडागाउँमा यसअघि खेलमैदान नहुँदा खेलअभ्यास र प्रतियोगिता सञ्चालन गर्न समस्या भएको थियो । सामुदायिक भवनमा भेला, बैठक, तालिम, गोष्ठी, सभा, समारोह र भोजभतेर सञ्चालन गर्न सहज भएको छ । क्लबले १५ वर्षअघि सुरु गरेको खेलमैदान निर्माण कार्यले अहिले पूर्णता पाएको हो ।

मालिका गाउँपालिकाबाट रु १७ लाख र गण्डकी प्रदेश सरकारबाट रु १२ लाख सहयोग प्राप्त भएको खेलमैदान र भवन निर्माणका लागि हिमाली युवा क्लबले रु चार लाख ७६ हजार बराबरको श्रमदान र फुलपाती आमा समूहले रु तीन लाख नगद सहयोग गरेका छन् ।

सुवास गर्बुजा, सविन पुन, रविन पुन, डाइमण्ड जुग्जाली, अमृत जुग्जाली, इन्द्र पुन, चकबहादुर पाइजा, सुरज जुग्जाली, चित्र पाईजा, गमबहादुर जुग्जाली, मन्दीप÷सन्दीप÷रघु जुग्जाली र लकमन पुनले रु एक÷एक लाख सहयोग गर्नुभएको क्लवबा सचिव रोहन जुग्जालीले जानकारी दिए ।

रत्नसिंह गर्बुजाले रु ५५ हजार ५५५, माइकल पाईजा, सुर्ज–रेशम जुग्जाली, तिर्थमान÷सज्जन जुग्जाली, नारायण जुग्जाली, रुविन जुग्जाली, जीवन पुनले रु ५०÷५० हजार, कर्ण जुग्जालीले रु ३१ हजार, प्रवीन रानाले ३१ हजार, खिमबहादुर जुग्जालीले रु १७ हजार र रमेश पाईजाले रु पाँच हजार सहयोग गरेको क्लबले जनाएको छ ।

खेलमैदानको गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली र भवनको मालिका गाउँपालिकाका उपाध्यक्ष लक्ष्मीदेवी घर्ती पुनले बुधबार उद्घाटन गरे । कार्यक्रममा सांसद जुग्जालीले ग्रामीण क्षेत्रमा पूर्वाधार विकासले तीव्रता पाए पनि जनसङ्ख्या घट्नु र बसाइँसराइ बढ्नु चुनौती बनेकोमा चिन्ता व्यक्त गर्दै पर्यटन र कृषिमा आधारित उद्यम, व्यवसायमा लाग्न सुझाव दिए ।

भवन र खेलमैदान उद्घाटनका साथै नयाँ वर्षको अवसरमा क्लबका संस्थापक कासिराम जुग्जाली स्मृति प्रथम कप आयोजना गरिएको छ । भलिबल, फुटसललगायतका प्रतियोगिता सञ्चालन हुने क्लबले जनाएको छ । शुभारम्भ कार्यक्रममा सहयोगदातालाई सम्मान गरिएको थियो ।

Facebook Comments Box
ऐन, कानून, नियमविपरीत विज्ञापन नगर्न क्यानलाई विज्ञापन बोडद्वारा सचेत
जापानिज इन्सेफ्लाइटिसबाट अहिलेसम्म ११ जनाको मुत्यु
आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै
भारतले आज ७९ औं स्वतन्त्रता दिवस मनाउँदै
आज सेना दिवस, टुँडिखेलमा विशेष समारोह

थप समाचार

विश्व वातावरण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

सुन तोलामा २ हजार १ सय रुपैयाँले घट्यो

हेटाैँडामा बृहत् नि:शुल्क स्वास्थ्य शिविर हुने

अबको तीन दिन देशका तराई भेगमा तातो हावाको लहरको जोखिम

त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित

अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह

भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?