By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » प्रचारप्रसार नहुँदा ओझेलमा भोजपुरको प्रसिद्ध ‘शिला सुत्केरी’

प्रचारप्रसार नहुँदा ओझेलमा भोजपुरको प्रसिद्ध ‘शिला सुत्केरी’

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ चैत्र २२, आईतवार १०:२५

भोजपुर । जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित हतुवागढी गाउँपालिका-४ खैराङमा रहेको ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको ‘शिला सुत्केरी’ पर्याप्त प्रचारप्रसारको अभावमा ओझेल परेको छ । प्राकृतिक, सांस्कृतिक तथा धार्मिक दृष्टिले उच्च सम्भावना बोकेको उक्त स्थल स्थानीयस्तरमा सीमित रहँदा यसको वास्तविक पहिचान स्थापित हुन सकेको छैन ।

स्थानीय जनश्रुतिअनुसार परापूर्वकालमा एक महिला सुत्केरी हुने क्रममा सोही स्थानमा अलप भएपछि उक्त शिलाको उत्पत्ति भएको मानिन्छ । यही किंवदन्तीका आधारमा यस स्थानलाई ‘शिला सुत्केरी’ नाम दिइएको स्थानीय गङ्गाबहादुर खड्काले बताए । हाल पनि उक्त ढुङ्गामा महिला सुत्केरी हुँदै गरेकोजस्तो आकृति स्पष्ट देख्न सकिने स्थानीयको दाबी छ । जसले यस स्थललाई थप रहस्यमय र आकर्षक बनाएको छ ।

स्थानीय खड्काका अनुसार ‘शिला सुत्केरी’ धार्मिक आस्था र विश्वाससँग जोडिएको एक अद्भुतस्थल हो । “यो ठाउँ साँच्चिकै आश्चर्यजनक छ । यहाँको शिलामा सुत्केरी हुँदाको आकृति स्पष्ट देख्न सकिन्छ । विवाहपछि लामो समय सन्तान नहुने दम्पतीले यहाँ पूजा तथा दर्शन गरे सन्तान प्राप्त हुने विश्वासका साथ टाढाटाढाबाट दर्शनार्थी आउने गरेका छन्”, उनले भने ।

उनका अनुसार केही दशकअघिसम्म यहाँ नियमित रूपमा मेला तथा धार्मिक महोत्सव लाग्ने गर्दथ्यो । विशेष गरी बालाचतुर्दशीका अवसरमा स्थानीय तथा छिमेकी जिल्लाबाट समेत भक्तजनको उल्लेख्य उपस्थिति रहने गरेको थियो । तर पछिल्लो समय ती गतिविधि क्रमशः घट्दै गएर अहिले लगभग बन्दजस्तै भएको छ, जसका कारण यस क्षेत्रको चहलपहल पनि घट्दै गएको छ ।

‘शिला सुत्केरी’को धार्मिक तथा सांस्कृतिक महत्वलाई व्यवस्थित रूपमा उजागर गर्न सके यसलाई देशकै प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने खड्काको भनाइ छ । यहाँको प्राकृतिक सौन्दर्य, शान्त वातावरण र ऐतिहासिक पृष्ठभूमिले धार्मिक पर्यटन प्रवर्द्धनका लागि ठुलो सम्भावना बोकेको छ ।

यस क्षेत्रको संरक्षणका लागि स्थानीय तहले केही पहल भने गरेको छ । हतुवागढी–४ का वडाध्यक्ष चन्द्रबहादुर विष्टका अनुसार वडाले सीमित स्रोतसाधनका बाबजुद घेराबारालगायत आधारभूत संरक्षणका काम सम्पन्न भएका छन् । “यो हाम्रो क्षेत्रको महत्त्वपूर्ण ऐतिहासिक तथा धार्मिक सम्पदा हो”, उनले भने, “वडाले सकेसम्म संरक्षणका काम अघि बढाएको छ, तर दीर्घकालीन विकासका लागि थप स्रोत, योजना र समन्वय आवश्यक छ ।”

शिला रहेको जग्गा निजी स्वामित्वमा रहेकाले यसको समग्र विकास र संरक्षणमा जटिलता देखिएको छ । जग्गा व्यवस्थापनको समस्या समाधान हुन नसक्दा ठुला योजना कार्यान्वयन हुन नसकेको स्थानीय तहको भनाइ छ ।

वडाध्यक्ष विष्टका अनुसार गत आर्थिक वर्षमा केन्द्र सरकारबाट प्राप्त करिब रु एक करोड बजेट सोही कारण कार्यान्वयन हुन नसकी फिर्ता गएको थियो । “बजेट आए पनि जग्गासम्बन्धी समस्या समाधान नहुँदा काम अघि बढाउन सकिएन”, उनले भने, “यदि यो समस्या समाधान गर्न सकियो भने यहाँ पूर्वाधार विकास, मन्दिर निर्माण, पदमार्ग, विश्राम स्थललगायतका काम अघि बढाउन सकिन्छ ।”

स्थानीय सरोकार भएकाहरूका अनुसार ‘शिला सुत्केरी’लाई संरक्षणसँगै प्रभावकारी प्रचारप्रसार गर्न सके धार्मिक पर्यटनमार्फत स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्न सकिनेछ । यसका लागि सरकारी निकाय, स्थानीय तह, पर्यटन व्यवसायी तथा समुदायबिच समन्वय र सहकार्य अपरिहार्य रहेको उनीहरूको भनाइ छ ।

स्थानीय मानबहादुर राईले यस स्थलको दीर्घकालीन संरक्षण, व्यवस्थापन तथा प्रवर्द्धनका लागि स्पष्ट योजना बनाएर कार्यान्वयन गर्न आवश्यक रहेको बताए । “यसको ऐतिहासिक र धार्मिक पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउन सकियो भने भोजपुरको पर्यटन विकासमा ठुलो योगदान पुग्नेछ”, उनले भने ।

गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले ‘शिला सुत्केरी’ हतुवागढी क्षेत्रकै महत्त्वपूर्ण धार्मिकस्थल भएको उल्लेख गर्दै यसको विकासमा गाउँपालिकाले प्राथमिकता दिएको बताए । जग्गा निजी स्वामित्वमा रहेकाले पटकपटक माथिल्लो निकायबाट प्राप्त भएको बजेट कार्यान्वयन गर्न नसकिएको उनले जानकारी दिए ।

“जग्गा निजी स्वामित्वमा रहेकाले विकासमा समस्या देखिएको छ”, अध्यक्ष राईले भने, “यसलाई सरकारी स्वामित्वमा ल्याउन जग्गाधनीसँग विभिन्न माध्यमबाट पटकपटक छलफल गरिए पनि सहमति हुन सकेको छैन । सोही कारण संरक्षणका ठुला काम ठेक्कामार्फत अघि बढाउन सकिएको छैन । यो वर्ष पनि प्रदेश सरकारबाट प्राप्त करिब रु एक करोड बजेट कार्यान्वयन हुन नसक्ने अवस्थामा पुगेको छ ।”

‘शिला सुत्केरी’जस्तो ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको स्थलको संरक्षण, व्यवस्थापन र प्रवर्द्धनमा ध्यान दिन सके यो स्थान राष्ट्रियस्तरको महत्त्वपूर्ण धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुन स्थानीय जानकारहरूको भनाइ छ ।

Facebook Comments Box
हजार रुपियाँको झगडापछि भाउजूमाथि एसिड प्रहार
तारजाली र सीसीटिभीसहित मकवानपुरमा मतगणना स्थल तयार
आनको मौसम
निजी विद्यालय सञ्चालकहरुले आज देशभर प्रदर्शन गर्ने
तस्बिरमा हेर्नुहोस् जगदीश खरेलको सानदार जित

थप समाचार

सञ्चार मन्त्रालयमा नयाँ आचारसंहिता लागू

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

२०८३ बैशाख २, बुधबार १०:४९

आयातित वस्तुमा एमआरपी र बिल बिजक अनिवार्य नगरे कडा कारबाही गरिने

२०८२ चैत्र ३०, सोमबार १७:२५

हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्यामा वृद्धि

इरान युद्धविरामको अधिकांश इजरायलीद्वारा विरोध

तेल मूल्य वृद्धिसम्बन्धी ‘फेक न्युज’ रोक्न मेटालाई फिलिपिन्सको चेतावनी

हलमा दर्शक नपाएको १३० करोडको फिल्मले ओटीटीमा तहल्का मच्चाउँदै

गरिबको भोट, धनीको शासन स: सुदन किराती

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?