By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » सिद्धार्थनगर नगरपालिकाद्वारा फोहोरलाई वर्गीकरण गर्न आग्रह

सिद्धार्थनगर नगरपालिकाद्वारा फोहोरलाई वर्गीकरण गर्न आग्रह

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ चैत्र ५, बिहीबार १६:०७

रुपन्देही । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले दीर्घकालीन फोहोरमैला व्यवस्थापनका लागि फोहोरमैला वर्गीकरण भएपश्चात् मात्र फोहोर उठाउने भएको छ । नगरपालिकाले नगरवासीलाई २०८२ चैत १७ गतेसम्म आफ्नो पसल, होटल, निजी घर, सङ्घ–संस्था र विद्यालयलगायतबाट उत्पादन हुने फोहोरहरु वर्गीकरण गर्न अनुरोध गरेको छ ।

सो मितिसम्म फोहोर वर्गीकरण नगर्ने जुनसुकै निकायको फोहोर २०८२ चैत १८ गतेदेखि सिद्धार्थनगर नगरपालिकाले नउठाउने नगर कार्यपालिकाको निर्णय रहेको प्रमुख प्रशासकीय अधिकृत जनक थापाले बताए ।

नगरपालिकाले कुहिने जैविक फोहोरः घरेलु फोहोरमैला (खाना पकाउँदा बाँकी रहेका अवशेष, भात, दाल, तरकारी तथा फलफूलका बोक्रा, सागसब्जी, पातिङ्गर, घाँस, चिया तथा कफीका अवशेष आदि कुहिने फोहोर) जस्ता सडिगली जाने प्रकृतिका घरायसी वस्तुहरु, नकुहिने (अजैविक) फोहोरः प्लाष्टिक, पोलिथिन, रबर, कपडा, जुत्ता, ब्याट्री, विद्युतीय सामानहरुका अवशेष जस्ता सडिगली नजाने प्रकृतिका फोहोरहरु तथा नकुहिने (अजैविक) फोहोरः सिसा, काँच, धातु, टिनलगायत सडिगली नजाने प्रकृतिका कवाडहरु वर्गीकरण गर्न अनुरोध गरेको छ ।

उल्लिखित प्रकृतिका फोहोरहरु वर्गीकरण नगरिएमा नगरपालिकाले फोहोरमैला नउठाउने र सोको व्यवस्थापन स्वयं आफैँले गर्नुपर्ने प्रमुख प्रशासकीय अधिकृत थापाले जानकारी दिए । उनका अनुसार फोहोरमैला जथाभावी सडकपेटी तथा सार्वजनिक स्थलमा फालेको पाइएमा कानुनबमोजिम न्यूनतम रु पाँच हजारदेखि फोहोरको प्रकृतिअनुसार जरिवाना लाग्नेछ ।

विक्रम सिंवत् २०८२ चैत १८ गतेदेखि वर्गीकरण नभएको फोहोर सङ्कलन नहुने हुँदा सम्पूर्ण नगरवासी, होटल/पसल व्यवसायीहरु, विद्यालय र विभिन्न सङ्घ–संस्थाहरुले फोहोर वर्गीकरण गर्ने कार्यमा सहयोग गर्नुहुन सिद्धार्थनगर नगरपालिकाले आग्रह गरेको छ । सिद्धार्थनगर नगरपालिकामा १३ वटा वडा छन्।

Facebook Comments Box
शुक्लाफाँटाको क्षति तीन करोडभन्दा बढी
अर्घाखाँचीमा रास्वपाका भुसाल विजयी
नेपाली सेना सम्मानित संस्थाका रूपमा स्थापित भएको छ : प्रधान सेनापति
मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा गोपालीको मृत्यु
एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते

थप समाचार

विश्व वातावरण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

सुन तोलामा २ हजार १ सय रुपैयाँले घट्यो

हेटाैँडामा बृहत् नि:शुल्क स्वास्थ्य शिविर हुने

अबको तीन दिन देशका तराई भेगमा तातो हावाको लहरको जोखिम

त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित

अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह

भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?