By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » विश्वमै पहिलोपटक पूर्ण क्षमता उडान पूरा गरेको एटिआर–७२ बिदाइ

विश्वमै पहिलोपटक पूर्ण क्षमता उडान पूरा गरेको एटिआर–७२ बिदाइ

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ फाल्गुन २८, बिहीबार १६:५४

निजी क्षेत्रको वायुसेवा प्रदायक बुद्ध एयरले आफ्नो कल साइन ९एन–एजेओ रहेको एटिआर–७२ जहाजलाई पूर्ण उडान क्षमता पूरा भएपछि औपचारिक रूपमा बिदाइ गरेको छ।

विश्वमै पहिलो पटक एटिआर–७२ जहाजले तोकिएको अधिकतम उडान चक्र पूरा गरी सेवाबाट अवकाश लिएको कम्पनीले जनाएको छ।

एटिआर–७२ जहाजको अधिकतम उडान क्षमता ७२ हजार चक्र मानिन्छ। उडान चक्र भन्नाले जहाजको एक पटक उडान भरी गन्तव्यमा अवतरण गर्ने प्रक्रियालाई जनाइन्छ।

यो जहाज २०१० जुलाई २ देखि व्यावसायिक उडानमा सञ्चालनमा आएको थियो। यसको अन्तिम उडान २०२६ मार्च ९ मा भैरहवाबाट काठमाडौंसम्म गरिएको थियो।

१६ वर्षको सेवा अवधिमा उक्त जहाजले कुल २४ लाख ८२ हजार ७ सय ७२ जना यात्रुलाई सुरक्षित रूपमा सेवा प्रदान गरेको कम्पनीले जनाएको छ।

जहाजको बिदाइका अवसरमा भावुक बनेका बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतले यस जहाजले नेपालको हवाई यात्रालाई सुगम, सुलभ र वातावरणमैत्री बनाउन महत्वपूर्ण योगदान दिएको बताए।

उनका अनुसार उक्त जहाजले कम्पनीको बजार विस्तार र प्रतिष्ठा अभिवृद्धिमा समेत उल्लेखनीय भूमिका खेलेको छ।

साथै एटिआर जहाजको पूर्ण आयु सञ्चालन गर्ने ऐतिहासिक उपलब्धि हासिल गरिएको उनले उल्लेख गरे।

यसैगरी नेपाल नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धक टेकनाथ सिटौलाले बुद्ध एयरको हवाई सुरक्षाप्रतिको दृढ प्रतिबद्धता, उत्कृष्ट मर्मत–सम्भार तथा व्यवस्थापनका कारण एटीआर–७२ जहाजलाई सफलतापूर्वक बिदाइ गर्न सम्भव भएको बताए।

एटिआर निर्माण कम्पनीका वरिष्ठ उपाध्यक्ष स्टेफानो माराज्जनी ले बुद्ध एयरसँगको सहकार्यप्रति खुशी व्यक्त गर्दै कम्पनीले निर्माण गरेको उक्त विमान योग्य हात, उपयुक्त सञ्चालन वातावरण तथा उच्च प्राविधिक व्यवस्थापनका कारण अन्तिम उडानसम्म सुरक्षित सेवा दिन सफल भएको बताए।

यसले बुद्ध एयरको उच्च सुरक्षा मापदण्डप्रतिको प्रतिबद्धता पुनः प्रमाणित गरेको उनले उल्लेख गरे।

यसअघि बुद्ध एयरले एटिआर–४२ जहाजलाई २०२४ सेप्टेम्बर १० मा सेवाबाट बिदाइ गरिसकेको छ।

हाल बुद्ध एयरले आन्तरिकतर्फ देशका विभिन्न गन्तव्यमा नियमित उडान सञ्चालन गर्दै आएको छ। साथै पोखराबाट सिधा नेपालगञ्ज, भैरहवा र भरतपुरसम्म उडान सञ्चालन गरिरहेको छ।

अन्तर्राष्ट्रिय सेवातर्फ भने भारतका वाराणसी र कोलकातामा उडान सञ्चालन भइरहेको कम्पनीले जनाएको छ।

Facebook Comments Box
भारतीय तीर्थयात्री हुम्लामा
झारखण्ड विमान दुर्घटना : बिरामी र चालक दलसहित सबैको मृत्यु
भदौ २२ गते आइतबार खग्रास चन्द्रग्रहण लाग्ने
एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट
कलुवापुर बजारमा निःशुल्क खानेपानी धारा जडान

थप समाचार

अण्डाको भाउ फेरि बढ्यो

पूर्व र मध्य भेगमा वर्षा

श्रीमतीको हत्या गरेको आरोपमा कुमार थापा पक्राउ

युवा मुद्दा उठाउँदै कक्रोच जनता पार्टीको आज दिल्लीमा प्रदर्शन

२०८३ जेष्ठ २३, शनिबार ११:४९

एसीसी महिला प्रिमियर कपको समूह विजेताका लागि आज नेपाल र हङकङ खेल्दै

प्रधानमन्त्री बन्न लागेको हो भन्ने प्रश्नमा रविको जवाफ : म केही भन्न चाहन्नँ, अस्थिरताको पक्षमा छैनौँ

२०८३ जेष्ठ २३, शनिबार ११:०३

विश्व वातावरण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?