By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » पश्चिम एशियामा रहेका नेपाली सुरक्षित छन्, तत्काल उद्धार गर्नुपर्ने अवस्था छैन परराष्ट्र सचिव राई

पश्चिम एशियामा रहेका नेपाली सुरक्षित छन्, तत्काल उद्धार गर्नुपर्ने अवस्था छैन परराष्ट्र सचिव राई

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ फाल्गुन २७, बुधबार १७:५०

मकवानपुर । पश्चिम एशिया (मध्यपूर्व) मा पछिल्लो समय उत्पन्न सुरक्षा चुनौती र त्यहाँ रहेका नेपाली नागरिकको अवस्थालाई लिएर नेपाल सरकार र परराष्ट्र मन्त्रालय गम्भीर रहेको सरकारले स्पष्ट पारेको छ।

परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले पश्चिम एशियाको विकसित घटनाक्रमलाई मन्त्रालयले नजिकबाट नियालिरहेको र हालसम्म त्यहाँ रहेका नेपालीहरु सुरक्षित रहेको जानकारी दिएका हुन्।

परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सचिव राईले तत्कालै नेपाली नागरिकलाई उद्धार गरेर स्वदेश फर्काउनुपर्ने जस्तो जोखिमपूर्ण अवस्था नरहेको स्पष्ट पारे।

सचिव राईकाअनुसार परराष्ट्र मन्त्रालयले पश्चिम एशियामा रहेका आफ्ना कुटनीतिक नियोगहरूसँग दैनिक रूपमा बिहान र बेलुका गरी दुई पटकसम्म सम्पर्क गरिरहेको छ । सरकारले गठन गरेको ‘इमर्जेन्सी रेस्पोन्स टिम’ को बैठकले गरेका निर्णयहरु कार्यक्षेत्रमा रहेका नेपाली नियोगहरुमार्फत निरन्तर कार्यान्वयन भइरहेको उनले जानकारी दिए।

उनले भने,‘अहिलेसम्मको हाम्रो विश्लेषणअनुसार तत्कालै हाम्रा नेपाली नागरिकहरुलाई सुरक्षाकै दृष्टिकोणबाट त्रास, डर वा जीवनमाथिको जोखिम उत्पन्न भएर उद्धार गरी ल्याइहाल्नुपर्ने अवस्था छैन । त्यसैले नेपालमा रहनुभएका उहाँहरुका परिवारजन र पश्चिम एशियामा बस्ने नेपालीहरुलाई विचलित र चिन्तित नहुन म हार्दिक आग्रह गर्दछु ।’

नेपालले अन्य श्रम गन्तव्य मुलुकहरूसँग पनि समन्वय गरिरहेको पनि जानकारी दिए । भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका लगायतका धेरै श्रमिक पठाउने देशका दुतावास र मिसनहरूसँग नेपाली राजदुत र कन्सुल जनरलहरुले दैनिक रूपमा समन्वय गरिरहेको सचिव राईले बताए।

सरकारले नागरिकको उद्धार गर्न सक्दैन कि भन्ने प्रश्नको जवाफ दिँदै सचिव राईले सरकार आफ्नो नागरिकको रक्षा गर्न पूर्ण रूपमा सक्षम रहेको दाबी गरे। कुनै विकल्प नभएको खण्डमा सरकारले जुनसुकै हालतमा पनि उद्धार गर्ने उनको भनाइ छ।

Facebook Comments Box
तीन करोड ७१ लाख खर्चेर पुल निर्माण
सलहेश फूलबारी मेलामा भक्तजनहरूको चहलपहल
रौतहटमा मत माग्दै बालेन्द्र
मूल्यमा पारदर्शिता कायम गर्न बजार अनुगमन
२८ लाख ६८ हजारमा चुनाव लडे महावीर पुन

थप समाचार

विश्व वातावरण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

सुन तोलामा २ हजार १ सय रुपैयाँले घट्यो

हेटाैँडामा बृहत् नि:शुल्क स्वास्थ्य शिविर हुने

अबको तीन दिन देशका तराई भेगमा तातो हावाको लहरको जोखिम

त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित

अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह

भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?