मकवानपुर । बारा–४ मा रास्वपाका उम्मेदवार रहबर अन्सारीले अग्रता कायमै राखेका छन् । अन्सारीले २६८३ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार किसान श्रेष्ठले ५०८ मत प्राप्त गरेका छन् । कांग्रेसका उम्मेदवार श्यामबाबु गुप्ताले ३८२ मत प्राप्त गरेका छन् ।
त्यस्तै, जसपाका उम्मेदवार सन्जु साहले ५९५ मत प्राप्त गरेकी छन् भने नेकपा उम्मेदवार अजय कुशवाहा ८० मत प्राप्त गरेका छन् ।
अहिले कलैया उपमहानगरपालिका–१७ र विश्रामपुर गाउँपालिका–५ को मतगणना भइसकेको छ । यो निर्वाचन क्षेत्रमा ३८ वटा वडा रहेको छ ।
Facebook Comments Box
