By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » अन्तर्राष्ट्रिय विमान सेवाद्वारा मध्यपूर्वका उडान स्थगित

अन्तर्राष्ट्रिय विमान सेवाद्वारा मध्यपूर्वका उडान स्थगित

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ फाल्गुन १७, आईतवार १३:०४
(260301) -- TEL AVIV, March 1, 2026 (Xinhua) -- This long exposure photo taken on Feb. 28, 2026 shows flare trails of the interceptor missiles launched from Israeli air defense systems in Tel Aviv, Israel. The United States and Israel on Saturday launched "major combat operations" against Iran, plunging the war-torn Middle East into a new round of violent conflicts. Iran has retaliated with a series of counterattacks against Israel and U.S. targets across the region, with explosions reported in Bahrain, Qatar, Kuwait, Jordan, the United Arab Emirates (UAE), and Saudi Arabia, among other countries. At least two buildings in the greater Tel Aviv region have been hit by Iranian missiles, according to Israel's Ynet news website. So far no fatalities have been reported. (Xinhua/Chen Junqing)

पेरिस। संयुक्त राज्य अमेरिका र इजरायलले इरानमाथि व्यापक हवाई आक्रमण थालेपछि मध्यपूर्व अभूतपूर्व तनावमा धकेलिएको छ । आक्रमणकै क्रममा इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्यु भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गर्नुभएको छ भने इरानी सरकारी टेलिभिजनले आइतबार बिहान त्यसको पुष्टि गरेको छ । घटनाक्रमले क्षेत्रीय युद्धको जोखिम तीव्र बनाएको छ ।

शनिबार बिहान सुरु भएको अमेरिका–इजरायलको संयुक्त सैन्य अभियानमा तेहरानसहित विभिन्न स्थानका रणनीतिक लक्ष्यहरूमा प्रहार गरिएको जनाइएको छ । इजरायली सेनाले २०० लडाकू जेट परिचालन गरी ५०० भन्दा बढी लक्ष्यमा आक्रमण गरिएको दाबी गरेको छ । वरिष्ठ इरानी अधिकारीहरू भेला भएका स्थानहरू र मिसाइल लन्चरहरू मुख्य निशानामा परेको बताइएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले थप हजारौँ लक्ष्यमा कारबाही जारी रहने चेतावनी दिनुभएको छ ।

यसैबीच, राष्ट्रपति ट्रम्पले आफ्नो ट्रुथ सोसल सञ्जालमार्फत ‘आसन्न खतराहरू उन्मूलन गर्न’ अभियान सुरु गरिएको उल्लेख गर्दै आवश्यक परेसम्म भारी र सटीक बमबारी जारी रहने बताउनुभएको छ । उहाँले खामेनीलाई ‘इतिहासका सबैभन्दा दुष्ट व्यक्तिमध्ये एक’ भन्दै मृत्यु भएको घोषणा गर्नुभएको थियो । त्यसको केही घण्टापछि इरानी राज्य टेलिभिजनले कालो ब्यानरसहित अभिलेख दृश्य प्रसारण गर्दै खामेनीको निधन पुष्टि गरेको हो । खामेनीको निधनमा इरानमा ४० दिनको राष्ट्रिय शोक र सात सार्वजनिक बिदा घोषणा गरिएको छ ।

इरानी सञ्चारमाध्यमले खामेनीकी छोरी, ज्वाइँ र नातिनीको पनि मृत्यु भएको जनाएका छन् । देशको न्यायपालिकाले रिभोलुसनरी गार्डका प्रमुख जनरल मोहम्मद पाकपुर र शीर्ष सुरक्षा सल्लाहकार अली शामखानी आक्रमणमा ‘शहीद’ भएको पुष्टि गरेको छ । खामेनीको निधनपछि राष्ट्रपति मसुद पेजेस्कियनसहित दुई वरिष्ठ अधिकारीहरूले अस्थायी रूपमा नेतृत्व सम्हाल्ने सरकारी टेलिभिजनले जनाएको छ । दिवङ्गत शाहका छोरा रेजा पहलवीले घटनालाई इस्लामिक गणतन्त्रको अन्त्यतर्फको कदमका रूपमा टिप्पणी गर्नुभएको छ ।

तेहरानमा आइतबार पनि शक्तिशाली विस्फोटका आवाज सुनिएका एएफपीका संवाददाताहरूले बताएका छन्, यद्यपि स्रोत स्पष्ट हुन सकेको छैन । इरानको न्यायपालिकाले मिनाबस्थित एक बालिका विद्यालयमा भएको आक्रमणमा १०८ जनाको मृत्यु भएको जनाएको छ, तर एएफपीले स्वतन्त्र पुष्टि गर्न सकेको छैन ।

अमेरिका र इजरायलको कारबाहीको प्रतिउत्तरमा इरानको रिभोलुसनरी गाड्र्सले इजरायलतर्फ मिसाइल र ड्रोन आक्रमणको पहिलो लहर सुरु गरेको छ । शनिबार बहराइनस्थित अमेरिकी पाँचौँ फ्लीट र खाडी क्षेत्रका अन्य अमेरिकी अड्डाहरूलाई पनि लक्षित गरिएको दाबी गरिएको छ । इजरायलको म्यागेन डेभिड एडोम आपतकालीन सेवाका अनुसार तेल अभिव क्षेत्रमा एक महिलाको मृत्यु भएको र कम्तीमा २१ जना घाइते भएका छन् । देशभर खोज तथा उद्धार टोली परिचालन गरिएको छ ।

खामेनीको मृत्युपछि गार्ड्सले ‘इतिहासकै सबैभन्दा हिंसक’ अपरेसन सुरु गर्ने चेतावनी दिएको छ । खाडी क्षेत्रभर विस्फोटका घटनाहरू रिपोर्ट भएका छन् । संयुक्त अरब इमिरेट्सले अबु धाबीमा एक पाकिस्तानी नागरिकसहित दुई जनाको मृत्यु भएको जनाएको छ भने आफ्नो भूभागमा १३७ मिसाइल र २०९ ड्रोन प्रहार गरिएको दाबी गरेको छ । दुबईमा विस्फोटको आवाज र ‘द पाम’ क्षेत्रमा धुवाँ देखिएको प्रत्यक्षदर्शीहरूले बताएका छन् । चार जना घाइते भएका छन् ।

रियाद, मनामा र दोहामा पनि ठूलो विस्फोटको आवाज सुनिएको एएफपीका संवाददाताहरूले जनाएका छन् । कतारले आफूविरुद्ध प्रहार गरिएका थुप्रै क्षेप्यास्त्र रोकेको दाबी गरेको छ । इराकस्थित कातेब हिजबुल्लाह समूह आबद्ध सैन्य अड्डामा भएको हवाई आक्रमणमा दुई जनाको मृत्यु भएको छ र उक्त समूहले अमेरिकाविरुद्ध जवाफ दिने चेतावनी दिएको छ । इरानले रणनीतिक होर्मुज जलडमरूमध्य बन्द गर्न कदम चालेको घोषणा गरेको छ, जसबाट विश्वको ठूलो हिस्सा तेल तथा ग्यास आपूर्ति हुँदै आएको छ ।

विकासक्रमले अन्तर्राष्ट्रिय समुदायलाई पनि गम्भीर चिन्तामा पारेको छ । संयुक्त राष्ट्र सुरक्षा परिषद्ले आपतकालीन बैठक बोलाएको छ । इरानका प्रतिनिधिले अमेरिका र इजरायलमाथि सर्वसाधारणमाथि आक्रमण गरी सम्भावित युद्ध अपराध गरेको आरोप लगाएका छन् । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले सैन्य कारबाहीले नियन्त्रणबाहिर जाने घटनाक्रम निम्त्याउन सक्ने चेतावनी दिनुभएको छ ।

तेहरान–वासिङ्टन वार्तामा मध्यस्थता गरिरहनुभएका ओमानका विदेशमन्त्रीले हिंसाबाट निराश भएको प्रतिक्रिया दिनुभएको छ । युरोपेली सङ्घ ९इयु० ले परिस्थितिलाई ‘खतरनाक’ भनेको छ । खाडी राष्ट्रहरूले संयुक्त वक्तव्यमार्फत इरानको आक्रमणको निन्दा गरेका छन् भने रुसले अमेरिका–इजरायल कारबाहीलाई ‘खतरनाक साहसिक कार्य’ भन्दै क्षेत्रीय विनाश निम्त्याउन सक्ने टिप्पणी गरेको छ । लेबनानको हिजबुल्लाह समूहले क्षेत्रीय राष्ट्र र जनतालाई अमेरिका र इजरायलविरुद्ध उभिन आह्वान गरेको छ ।

यसबिच इरान, इराक, कुवेत, सिरिया, संयुक्त अरब इमिरेट्स र इजरायलले नागरिक उडानका लागि आकाश आंशिक वा पूर्ण रूपमा बन्द गरेका छन् । धेरै अन्तर्राष्ट्रिय विमान सेवाहरूले मध्यपूर्वका उडान स्थगित गरेका छन् । रुसले पनि इरान र इजरायलतर्फका व्यावसायिक उडान अर्को सूचना नआउन्जेल रद्द गरेको जनाएको छ ।

तेहरानबाट सुरु भएको यो द्वन्द्वले अब खाडी क्षेत्र र विश्व शक्तिहरूलाई प्रत्यक्ष रूपमा तान्दै व्यापक क्षेत्रीय सङ्घर्षको सम्भावना बलियो बनाएको छ । राससरएएफपी

Facebook Comments Box
सम्पत्ति छानबिन आयोगविरुद्ध रिट
बैतडी सवारी दुर्घटना: एकको मृत्यु
अपहरणपछि किशोरको हत्या
बुटवल-नारायणगढ सडक अवरुद्ध
युक्रेनको किएभमा थप आक्रमण गर्ने रूसको चेतावनी

थप समाचार

विश्व वातावरण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

सुन तोलामा २ हजार १ सय रुपैयाँले घट्यो

हेटाैँडामा बृहत् नि:शुल्क स्वास्थ्य शिविर हुने

अबको तीन दिन देशका तराई भेगमा तातो हावाको लहरको जोखिम

त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित

अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह

भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?