By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदूत चाङ माओमिङको शिष्टाचार भेट

प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदूत चाङ माओमिङको शिष्टाचार भेट

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ फाल्गुन १५, शुक्रबार १६:५९

मकवानपुर । प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत महामहिम चाङ माओमिङले शुक्रबार सिंहदरबारमा शिष्टाचार भेटवार्ता गरेका छन्।

भेटका क्रममा प्रधानमन्त्री कार्कीले राजदूत माओमिङलाई नयाँ जिम्मेवारीका लागि बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरिन्। उनले राजदूतले आफ्नो कार्यकालमा नेपाल–चीन सम्बन्धलाई थप सुदृढ र उचाइमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन्।

राजदूत माओमिङले व्यस्त समयका बीच भेटका लागि अवसर उपलब्ध गराएकोमा प्रधानमन्त्रीप्रति आभार व्यक्त गरे। उनले नेपालमा शान्ति, सुरक्षा र कानुनको शासन कायम गर्दै शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न हुने सुनिश्चितताका लागि सरकारलाई बधाई दिएका थिए। साथै, नेपालको लोकतान्त्रिक प्रक्रियामा चीनको साथ र सहयोग रहने प्रतिबद्धता दोहोर्‍याए।

प्रधानमन्त्री कार्कीले पनि नेपालको निर्वाचन प्रक्रियामा चीनबाट प्राप्त सहयोग र सद्भावका लागि कृतज्ञता व्यक्त गरिन्। विकासका विभिन्न परियोजना तथा साझेदारीका आयाममा चीनले पुर्‍याएको सहयोगप्रति नेपाल सरकार र नेपाली जनताको तर्फबाट धन्यवाद ज्ञापन गरिन्।

भेटका क्रममा दुवै पक्षले नयाँ वर्ष ९घोडा वर्ष० को अवसरमा शुभकामना आदानप्रदान गरेका थिए।

प्रधानमन्त्री कार्कीले नेपाल पञ्चशीलको सिद्धान्तप्रति प्रतिबद्ध रहेको र ‘एक चीन नीति’ अवलम्बन गर्दै आएको दोहोर्‍याइन्। उनले नेपालले आफ्नो भूमिलाई कुनै पनि छिमेकी मुलुकको अहित हुने गतिविधिका लागि प्रयोग हुन नदिने स्पष्ट पारेकी थिइन्।

क्षेत्रीय शान्ति र स्थायित्वका लागि आपसी सहकार्य थप मजबुत बनाउनुपर्ने आवश्यकता औंल्याउँदै प्रधानमन्त्रीले एक मुलुकको अस्थिरताले अर्को मुलुकमा समेत असर पार्न सक्ने बताइन्।

राजदूत माओमिङले नेपाल सरकारको स्पष्ट नीति र अडानप्रति चिनियाँ जनता तथा त्यहाँका राष्ट्रपतिको तर्फबाट धन्यवाद व्यक्त गरेका थिए।

Facebook Comments Box
एपीएफले आज अल नासरसँग खेल्दै
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी राष्ट्रिय पार्टी बन्ने सम्भावना
चट्याङ लागेर एक बालिकाको मृत्यु, दुई घाइते
अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस आज
ट्याक्टर दुर्घटनामा एक युवकको निधन

थप समाचार

गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

हिमालय एयरलाइन्सले काठमाडौँ–शेन्जेन सिधा उडान सुरु गर्दै

पर्वतमा जिप दुर्घटना हुँदा वडासदस्यको मृत्यु, दुई घाइते

विद्यार्थी न्यून भएका विद्यालय समायोजन

हिजो २० हजार ५ सयले बढेको सुनको भाउ आज २ सय रुपैयाँले घट्यो

वीरगञ्ज हुँदै चार अर्ब दुई करोड मूल्यका विद्युतीय सवारीसाधन आयात

एक सय ७६ समाचारबारे प्रेस काउन्सिलमा उजुरी

दुई करोड ७९ लाख चन्दा उठाएर अस्पतालको जग्गा खरिद

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?