By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » ३ सातामा भयावह दुर्घटना, ४४ मृत्युपछि प्रहरीको अध्ययन

३ सातामा भयावह दुर्घटना, ४४ मृत्युपछि प्रहरीको अध्ययन

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ फाल्गुन ११, सोमबार ११:४५

काठमाडौं । पछिल्ला दिनमा सडक दुर्घटना बढ्दै गएको छ । दुर्घटनामा परि जनधनको क्षति भए पनि सरोकारवालाहरूले दुर्घटना न्यूनीकरणमा चासो दिएका छैनन् ।

पछिल्लो १८ दिनको बिचमा देशका विभिन्न भागमा तीन ठुला सवारी दुर्घटना भएका छन् । दुर्घटनामा परी ४४ जना बढीले ज्यान गुमाएका छन् । दुर्घटना हुनुमा सडक संरचनालाई दोष दिने गरिएको छ । सडक दुर्घटना बढ्दै गए पनि सरकारले के कारणले दुर्घटना भइरहेको छ भन्ने कुनै छानबिन गर्ने गरेको छैन ।

प्रहरी वक्ता डीआईजी अभिनारायण काफ्लेका अनुसार दुर्घटना बढ्न थालेपछि कारणबारे विश्लेषण गर्न थालिएको छ ।

‘दुर्घटनाका विभिन्न कारण हुन्छन् । सडकको अवस्था, सवारीको अवस्था र चालकको लापरबाही प्रमुख हुन्’, प्रवक्ता काफ्लेले भने, ‘धादिङको दुर्घटना अनियन्त्रित भएर हुन पुगेको हो । हामी बढ्दो दुर्घटनाबारे विश्लेषण गर्दैछौँ ।’

माघ २२ गते बैतडीको पुर्चौडी–७ बडगाउँमा, माघ २९ गते रामेछापको सेलेघाट र फागुन ११ गते धादिङको बेनिघाट रोराङमा सवारी दुर्घटना हुँदा झण्डै चार दर्जनको ज्यान गुमाइसकेका छन् ।

पछिल्लो पटक गएराती धादिङको बेनिघाट रोराङमा भएको बस दुर्घटनामा सबैभन्दा धेरै १९ जनाले ज्यान गुमाएका छन् । पोखराबाट काठमाडौँ आउँदै गरेको ग १ ख १४२१ नम्बरको पृथ्वी यातायात व्यवसायी समितिको बस गए राति करिब एक बजेतिर धादिङको बेनिघाट रोराङ्ग गाउँपालिका–५ भैंसेगौडा भन्ने स्थानबाट त्रिशूली नदी किनारमा खसेर दुर्घटना भएको हो ।

घाइतेलाई उपचारका लागि काठमाडौँ लगायतका विभिन्न अस्पताल पठाइएको ट्राफिक प्रहरीले जनाएको छ ।

यसअघि माघ २२ गते बैतडीमा जन्ती बस दुर्घटनामा १३ जनाको मृत्यु भएको थियो भने २७ जना घाइतेको भएका थिए । पुर्चौडी नगरपालिका–७ बडगाउँ मोडमा पवनदुत यातायातको सुपप्र ०२००१ ख १११९ नम्बरको बस दुर्घटनामा हुँदा ६ जनाको घटनास्थलमै र अन्यको क्रममा मृत्यु भएको थियो ।

बैतडीमा बस दुर्घटना भएको पाँच दिन नबित्दै अर्को दुर्घटना रामेछापको त्रिवेणीघाटमा हुन पुग्यो । काठमाडौँबाट ओखलढुंगातर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९७५ नम्बरको बस माघ २७ मा दुर्घटना हुँदा १२ जनाको ज्यान गएको थियो । उक्त दुर्घटनामा ८ जना घाइते भएका थिए ।

Facebook Comments Box
सुनचाँदीको मूल्य घट्यो
बहुउद्देश्यीय कभर्डहल निर्माण रोकियो
मकवानपुरमा मतदान अवधिभर सवारी सञ्चालनमा कडाइ, मदिरा बिक्री–वितरण पूर्ण प्रतिबन्ध
टी–२० विश्वकप : स्कटल्यान्डसँग प्रतिष्ठाको लडाइँ लड्दै नेपाल
आजको मौसम

थप समाचार

रास्वपाको मुख्य सचेतकमा बुर्लाकोटी, सचेतकमा परियार र धिताल

कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार

नारायणी सिँचाइको जामुनी ब्यारेजमा ‘अटोमेसन गेट’ निर्माण प्रक्रिया अगाडि बढ्यो

सार्वजनिक यातायात भाडा फेरि हेरफेरको माग, बढाएको सातामै दबाब

कांग्रेस आधिकारिकता विवाद : ६ प्रमुख विषयमा केन्द्रित बहस हुने

तत्कालीन महानिर्देशक मिश्रासहितको भ्रष्टाचार मुद्दा सुनुवाइका लागि पेसी तय

सञ्चार मन्त्रालयमा नयाँ आचारसंहिता लागू

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

२०८३ बैशाख २, बुधबार १०:४९

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?