By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » आज माघेसङ्क्रान्ति

आज माघेसङ्क्रान्ति

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ माघ १, बिहीबार १२:५२

मकवानपुर । वर्षभरि निरोगी हुन माघेसङ्क्रान्ति अर्थात् घिउचाकु, सँल्हु दिन विभिन्न समुदायले तोरी अथवा तिलको तेल लगाउने तथा घिउचाकु खाने चलन छ । साधारणतया जाडो मौसममा शरीरलाई तातो बनाउने चिज खानपिन गरी मनाउने पर्व नै माघेसङ्क्रान्ति हो । संस्कृतिविद् हरि श्रेष्ठले नेवार समुदायमा कुनै पनि पर्व मनाउने चलनमा वैज्ञानिक कारण लुकेको बताउनुभयो । “माघ महिना जाडोमा काँचो घिउ, चाकु, तिलको लड्डु खाँदा शरीरलाई तापसँगै शक्ति प्रदान गर्छ,” उहाँले भन्नु भयो, “विगतमा बाक्लो लुगा सहजै नपाइने हुँदा जाडो याममा बच्चा, वृद्धवृद्धा र सुत्केरीलाई चिसोले चाँडो समाउँथ्यो । त्यसैले हाम्रा पुर्खाले चाकु खाने चलन ल्याएको हो ।”

यस समुदायमा बिहे गरेर गएकी छोरीलाई घर बोलाएर घरपरिवारसँग यो पर्व मनाइने गरिन्छ । श्रेष्ठ थप्नु हुन्छ, “आमाको हातबाट टाउकोमा तेल लगाइन्छ । त्यसो गर्दा टाउको कहिल्यै पनि नदुख्ने मान्यता रहिआएको छ ।” पुस महिनामा पर्ने यमरी पुन्हीमा नेवार समुदायले चाकुको यमरी खाने चलन छ । मुख्य जाडोका भिन्नाभिन्नै महिनामा चाकु खानुका पछाडि यही कारण रहेको छ । यमरी पुन्हीमा चामलको पिठोभित्र चाकु हालेर खानुको कारण शरीरलाई पुसको जाडोबाट जोगाउनु हो । माघेसङ्क्रान्तिमा काँचो घिउ र चाकु खाइन्छ ।

पोषणविद् डा. अरुणा उप्रेतीले चाकु खाँदा शरीरमा धेरै फाइदा हुनुका साथै रोगसँग लड्न सक्ने क्षमता विकास हुने जानकारी दिनु भयो । उहाँ बालबालिकादेखि बुढाबुढीलाई जाडो महिनामा चाकु खुवाउनु पर्ने सुझाव दिनु हुन्छ । बालबालिकालाई चिनीको साटो चाकु वा सक्खर दिन सके धेरै राम्रो हुने उहाँले बताउनु भयो । जाडो सुरु भएदेखि नै बालबालिकालाई दैनिक रूपमा चाकु खुवाउनुपर्ने सुझाव उहाँको छ । अन्य समुदायमा पनि माघेसङ्क्रान्ति आआफ्नै ढङ्गले मनाइन्छ । भक्तपुरका बौद्ध धर्मावलम्बीले यस दिन पञ्चबुद्ध जात्रा निकालेर चाकु दान गर्ने चलन छ । सोही दिन आदिवासी जनजाति समुदायमध्ये सबैभन्दा ठुलो समुदाय मगरहरूले माघेसङ्क्रान्तिलाई राष्ट्रिय पर्वका रूपमा मनाउँछन् । माघेसङ्क्रान्ति पर्व पनि प्रकृति पुज्ने अवसरका रूपमा लिने गरिन्छ । प्राचीन कालमा मगरहरूको कृषि र सिकारमा आधारित जीवनशैली थियो, मगर राष्ट्रिय सङ्घका नवीन रोकामगरले जानकारी दिनु भयो ।

उहाँले माघेसङ्क्रान्तिदेखि पृथ्वी मकर रेखाबाट उत्तरतिर सर्ने हुँदा जाडो सिद्धिएर गर्मी मौसम सुरु हुने जानकारी दिँदै माघेसङ्व्रmान्तिदेखि रात छोटो र दिन लामो हुँदै जाने बताउनुभयो । मगरले माघ १ गतेदेखि गर्मी मौसम सुरु हुने हुँदा प्रकृतिसँग मिल्न शरीरलाई चिसो बनाइराख्न भुइँमुनि फलेको कन्दमूल, सखरखण्ड, तरुल खाने प्रचलन मगर समुदायमा रहेको जानकारी दिनु भयो ।

यसै गरी माघीलाई थारूहरूको मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठुलो पर्वका रूपमा लिइन्छ । यो पर्व माघी पर्वका रूपमा उत्साहका साथ मनाइन्छ । यस समुदायमा मासको दाल र चामल मिसाइएको खिचडी (माघी) खाने चलन रहेको छ । पुस मसान्तमा घर घरमा सुँगुरको मासु, ढिकरी (पिठोको एक परिकार), माछालगायतका परिकार बनाएर जाँड–रक्सीका साथ खानपिन गरेर रातभर नाचगानका साथ रमाइलो गर्ने प्रचलन छ ।

यतिबेला ‘सखियै हो, माघीक पिली गुरी जाँर’ भन्ने गीत सबैको मुखमा झुन्डिएको हुन्छ । माघीमा गाइने गीतलाई ‘धमार’ भनिन्छ । माघीमा नाचिने विशेष मघौटानाच अघिपछि पनि लोकप्रिय छ । माघेसङ्क्रान्तिको दिन बिहान सबै जना नजिकैको खोलानालामा नुहाउन जाने चलन छ । प्रत्येक वर्षको माघ १ गते मनाइने यो पर्वमा गएका वर्षभरिमा गरिएका कामको समीक्षा गरिनुका साथै आगामी वर्षभरि गरिने कामको विषयमा छलफल र बाँडफाँट गर्ने गरिन्छ ।

Facebook Comments Box
निर्वाचन कार्यमा संलग्न कर्मचारीलाई तालिम
सुनको भाउ निरन्तर उकालो
आज देशभरको मौसम बदली
बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प
७५३ वटै पालिकाममा जनप्रदर्शन गर्दै एमाले

थप समाचार

विश्व वातावरण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

सुन तोलामा २ हजार १ सय रुपैयाँले घट्यो

हेटाैँडामा बृहत् नि:शुल्क स्वास्थ्य शिविर हुने

अबको तीन दिन देशका तराई भेगमा तातो हावाको लहरको जोखिम

त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित

अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह

भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?