By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » त्रिशूली नदीमा नुहाउने क्रममा दुई जना युवक बेपत्ता

त्रिशूली नदीमा नुहाउने क्रममा दुई जना युवक बेपत्ता

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ पुष २०, आईतवार १५:२४

सुलीकोट। गोरखा र चितवनको सिमानमा रहेको इच्छाकामना गाउँपालिका–४ स्थित कुरिनघाट क्षेत्रमा शनिबार बेलुका त्रिशूली नदीमा नुहाउने क्रममा दुई जना युवक बेपत्ता भएका छन् । त्रिशूली नदीको झोलुङ्गे पुल नजिकै नदीमा पस्दा अचानक बगाएर बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेमा बर्दियाको गेरुवा गाउँपालिका–२ बनसारा निवासी २१ वर्षीय शङ्कर चौधरी र राजापुर नगरपालिकाका २२ वर्षीय सौरभ थारु छन् । दुबै जना गोरखाको गण्डकी गाउँपालिका–१ बुट्टारस्थित त्रिशूली हाइड्रोपावर आयोजनामा कार्यरत मजदुर भएको प्रहरीले जनाएको छ ।

उनीहरु दुबै जना सिइ कन्ट्रक्सन प्रालिमार्फत कामका लागि उक्त आयोजनमा आएको पाइएको छ । घटनापछि खोजी तथा उद्धारका लागि सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनघाटबाट गोताखोरसहितको विशेष टोली परिचालन गरिएको थियो ।

शनिबार बेलुका नै नदी आसपासका क्षेत्रमा खोजी गरिए पनि उनीहरुको कुनै अत्तोपत्तो नलागेको सशस्त्र प्रहरीले जानकारी दिएको छ । त्रिशुली नदीमा नदीको बहाब तीव्र भएकाले खोजी कार्य आइतबार बिहानबाट पनि थप जनशक्ति र उपकरणसहित खोजी कार्यलाई निरन्तरता दिइने योजना रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

स्थानीय प्रशासनले नदीमा नुहाउँदा सतर्कता अपनाउन र जोखिमपूर्ण क्षेत्रमा नजान सर्वसाधारणलाई आग्रह गरेको छ । घटनाले स्थानीयवासी तथा आयोजनामा कार्यरत मजदुरलाई स्तब्ध बनाएको छ ।

Facebook Comments Box
भक्तपुरमा दशौँ कृषि तथा व्यापार महोत्सव
चाडपर्वमा यात्रुको सहजीकरणका लागि सहायता कक्ष स्थापना
कैलाली–१ मा रास्वपाकी उम्मेदवार कोमल ज्ञवाली निर्वाचित
बजेट अभावले विद्यालय भवन निर्माण अधुरो
अन्डाको मूल्य फेरि बढ्यो

थप समाचार

सञ्चार मन्त्रालयमा नयाँ आचारसंहिता लागू

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

२०८३ बैशाख २, बुधबार १०:४९

आयातित वस्तुमा एमआरपी र बिल बिजक अनिवार्य नगरे कडा कारबाही गरिने

२०८२ चैत्र ३०, सोमबार १७:२५

हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्यामा वृद्धि

इरान युद्धविरामको अधिकांश इजरायलीद्वारा विरोध

तेल मूल्य वृद्धिसम्बन्धी ‘फेक न्युज’ रोक्न मेटालाई फिलिपिन्सको चेतावनी

हलमा दर्शक नपाएको १३० करोडको फिल्मले ओटीटीमा तहल्का मच्चाउँदै

गरिबको भोट, धनीको शासन स: सुदन किराती

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?