By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » मकवानपुरमा सवारी दुर्घटना हुँदा एकको मृत्यु, पाँच जना घाइते

मकवानपुरमा सवारी दुर्घटना हुँदा एकको मृत्यु, पाँच जना घाइते

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ पुष १३, आईतवार ११:५९

मकवानपुर । मवानपुरमा भएको छुट्टाछुट्टै दुर्घटनामा एकको मृत्यु र पाँच जना घाइते भएका छन् । पूर्व पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका १९ बस्तीपुरस्थित सडक खण्डमा बाटो क्रस गर्दै गर्दा मोटरसाइकलले ठक्कर दिएर घाइते भएका पैदल यात्री मकवानपुरको मनहरी गाउँपालिका ३ का रघुनाथ पौडेलको उपचारको क्रममा शनिबार राति मृत्यु भएको हो ।

गत मङ्गलबार मोटरसाइकलको ठक्करबाट घाइते भएका ७० वर्षीय पौडेलको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा शनिबार राति चिकित्सकले मृत घोषणा गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।

नेवारपानी तर्फबाट बस्तीपुरतर्फ जाँदै गरेको बा.प्र.०३–००५ प ६४२९ नं.को मोटरसाइकलले पौडेललाई ठक्कर दिई दुर्घटना हुँदा मोटरसाइकल चालक हेटौँडा १९ बस्तीपुरका वर्ष २७ का विजय घलान र पछाडि सवार वर्ष १८ का रोशन गोलेसमेत घाइते हुनुभएको थियो । घाइते दुई जनाको सिएमसी चुरेहिल अस्पतालमा उपचार भएको छ ।

यस्तै, मकवानपुरगढी गाउँपालिका ६ भालुखोलास्थित भित्री सडक खण्डमा प्र.३–००१४ प ५६६९ को मोटरसाइकल गएराति अनियन्त्रित भइ दुर्घटना हुँदा दुई जना घाइते भएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि अस्थायी प्रहरी पोष्ट धादिङ मकवानपुरबाट गएको प्रहरी टोलीले धादिङ बजारबाट हेटौँडा बजारतर्फ आउँदै गरेको मोटरसाइकल अनियन्त्रित भई सडकभन्दा अन्दाजी १० मिटर तल खोल्लामा खसेर दुर्घटना भएको पाइएको जनाएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक मकवानपुरगढी गाउँपालिका ३ मक्रान्चुलीका ३१ वर्षीय बुद्ध लामाको पुरानो मेडिकल कलेज भरतपुर र पछाडि सवार मकवानपुरगढी ८ बुढिचौरका २५ वर्षीय देबेन्द्र बोम्जनको सन्चो अस्पताल हेटौँडा लगिएकोमा उपचार भइरहेको छ ।

यसैगरी, मदन भण्डारी लोकमार्गको हेटौँडा उपमहानगरपालिका १६ सिपाली चोकमा सवारी दुर्घटनामा एक जना घाइते भएका छन् ।

गएराति हटिया तर्फबाट ठुलोदमारतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१क ०१४३ नं.को टिपरले सोही दिशातर्फ जाँदै गरेको बागमती प्रदेश०३–००३ प ३१९२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँइ दुर्घटना हुँदा मोटरसाइकल चालक हेटौँडा १७ का ४२ वर्षीय मानबहादुर मानन्धर घाइते हुनुभएको छ ।

दुर्घटनापछि फरार रहेका टिपर चालक मकवानपुरगढी ७ स्थित सुकौराका अन्दाजी ३५ तिलकबहादुर पाख्रिनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले नियन्त्रणमा लिएको छ ।

घाईते मानन्धरलाई हेटौँडा अस्पतालमा उपचारपछि थप उपचारको लागी पुरानो मेडिकल कलेज भरतपुर चितवन पठाइएकोमा उपचार भइरहेको र अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ ।

Facebook Comments Box
एसईईका परीक्षार्थीलाई खाना र आवासको व्यवस्था हुन्छः अध्यक्ष मुक्तान
आज विश्व रेडियो दिवस
बङ्गलादेशसँग श्रीलङ्का हारेसँगै नेपाल सेमिफाइनलमा
नाडा अटो सो आज सकिँदै
मकवानपुरमा होली मर्यादित र सुरक्षित रूपमा मनाउन प्रशासनको निर्देशन, आचारसंहिता उल्लंघन गरे कडा कारबाही

थप समाचार

सञ्चार मन्त्रालयमा नयाँ आचारसंहिता लागू

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

२०८३ बैशाख २, बुधबार १०:४९

आयातित वस्तुमा एमआरपी र बिल बिजक अनिवार्य नगरे कडा कारबाही गरिने

२०८२ चैत्र ३०, सोमबार १७:२५

हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्यामा वृद्धि

इरान युद्धविरामको अधिकांश इजरायलीद्वारा विरोध

तेल मूल्य वृद्धिसम्बन्धी ‘फेक न्युज’ रोक्न मेटालाई फिलिपिन्सको चेतावनी

हलमा दर्शक नपाएको १३० करोडको फिल्मले ओटीटीमा तहल्का मच्चाउँदै

गरिबको भोट, धनीको शासन स: सुदन किराती

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?