By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » हिंसामा परेका महिलालाई आत्मनिर्भर बनाउँदै स्थानीय सरकार

हिंसामा परेका महिलालाई आत्मनिर्भर बनाउँदै स्थानीय सरकार

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ मंसिर २३, मंगलवार १३:४७

मकवानपुर । महिला हिंसा विरुद्धको १६ दिने अभियान चलिरहँदा विराटनगर महागरपालिका भने महिला सशक्तीकरणका लागि अघिल्ला वर्षहरूमा गरेका कामबाट प्राप्त प्रतिफलको समीक्षामा व्यस्त छ । हिंसामा परेका महिलाहरूलाई आर्थिक उपार्जनका लागि उपलब्ध गराएको बिउपूजीबाट उनीहरूको जीवनमा आएको परिवर्तन र प्रभाव बुझ्ने काम भइरहेको हो ।

विराटनगर महानगरपालिकाले लैङ्गिक हिंसा निवारण कोष बनाएर हिंसामा परेका महिलाहरूलाई राहत दिँदै आएको छ । लैङ्गिक हिंसा निवारण कोष सञ्चालन कार्यविधी २०८० जारी गरेर काम थालिएको थियो । त्यसका आधारमा आर्थिक वर्ष २०८०-२०८१ मा १० लाख, २०८१-२०८२ मा १० लाख र चालु आर्थिक वर्षका लागि कोषमा १५ लाख रुपियाँ बजेट व्यवस्थापन गरिएको छ ।

विराटनगर महानगरपालिका उपप्रमुख शिल्पा निराला कार्कीका अनुसार हिंसामा परेका महिलाको आयआर्जन वद्धि गर्न बिउपूजी, महिलालाई कानुनी उपचार खोज्न बहस पैरबी खर्च, उपचार खर्च तथा सुत्केरी पोषण खर्च जस्ता शीर्षकमा कोषको रकम वितरण हुँदै आएको छ । त्यति मात्रै नभई आफ्ना सन्तान बिरामी परेर उपचार खर्च अभाव हुँदा आमाले बेहोर्नु पर्ने अभावको दुःख हटाउन पनि यदाकदा उपचार बापत कोषको रकम उपलब्ध गराउने गरिएको हो ।

आर्थिक वर्ष २०८०-२०८१ मा ३३ जनाले बिउपूजी प्राप्त गरेका थिए । गत आर्थिक वर्ष २०८१-२०८२ मा ३४ जना र चालु आर्थिक वर्षमा १० जनालाई उपलब्ध गराइसकिएको छ । यसरी कोषबाट बिउपूजी लिएर आत्मानिर्भर भएका महिलाहरूसँग महिला हिंसा विरुद्धको १६ दिने अभियानमा अन्तर्क्रिया तथा समीक्षा आयोजना गरिएको हो ।

कार्यक्रममा विराटनगर–१८ स्थित खिखरीदेवी साहले बिउपूजी कार्यक्रमले नयाँ जीवन सुरु गर्ने अवसर दिएको बताउनुभयो । मिटरब्याजीले जमिन हडेपेपछि उहाँका श्रीमान्को निधन भएको थियो । त्यसपछि हिंसामा पर्नु भएकी साहले स्थानीय सरकार न्यायिक समितिमार्फत जमिन फिर्ता लिने लडाईसँगै आजआर्जनका लागि बिउपूजी प्राप्त गरेको सुनाउनुभयो ।

उपप्रमुख तथा न्यायिक समिति संयोजक निरौलाले लैङ्गिक हिंसा अन्त्यका लागि स्थानीय तहले अगाडी सारेको कदम, उपलब्ध गराइने सेवा, सहयोग, मनोपरामर्श तथा पुनःस्थापनाबाट महिलाहरू आत्मानिर्भर हुन सहयोग पुगिरहेको बताउनुभयो । उहाँले लक्षित समूहको रूपमा हिंसामा परेका महिलाहरूलाई नै प्राथमिकतामा राखेर कानुनी उपचारसँगै आत्मनिर्भरताका लागि कार्यक्रम आयोजना गर्दाको प्रभाव मूल्याङ्कन समेत गर्दै आएको बताउनुभयो ।

हालसम्म बिउपूजी लिने महिलाहरूले कसैले किराना पसल, कसैले चिया–नास्ता, कसैले बङ्गुरपालन त कसैले चटपटे पसल समेत सञ्चालन गरेर जीवन गुजार्दै छन् ।

Facebook Comments Box
घण्टीको मत साढे ४१ लाख, माटोले पनि ३ लाख कटायो
पेट्रोलियम पदार्थ आयातबाट ६० अर्ब ३८ करोड राजस्व सङ्कलन
आइसिसी टी-२० विश्वकप: न्युजिल्याण्ड र श्रीलंका भिड्दै
सुरक्षा स्थितिमा सुधार, गौरको कर्फ्यू हटाइयो
नेप्से परिसूचक १०.४१ अंकले घटयो

थप समाचार

सुनचाँदीको भाउ बढ्यो

गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

हिमालय एयरलाइन्सले काठमाडौँ–शेन्जेन सिधा उडान सुरु गर्दै

पर्वतमा जिप दुर्घटना हुँदा वडासदस्यको मृत्यु, दुई घाइते

विद्यार्थी न्यून भएका विद्यालय समायोजन

हिजो २० हजार ५ सयले बढेको सुनको भाउ आज २ सय रुपैयाँले घट्यो

वीरगञ्ज हुँदै चार अर्ब दुई करोड मूल्यका विद्युतीय सवारीसाधन आयात

एक सय ७६ समाचारबारे प्रेस काउन्सिलमा उजुरी

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?