By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » छ हजार मतदाता थपिए

छ हजार मतदाता थपिए

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ मंसिर १०, बुधबार ११:१४

मकवानपुर । सरकारले राष्ट्रिय परिचयपत्रमार्फत मतदाता नामावलीमा नाम समावेश गर्न पाउने व्यवस्था मिलाएको एक हप्तामा स्याङ्जामा छ हजारभन्दा धेरै मतदाता थपिएका छन् । यही असोज २८ देखि मङ्सिर ५ सम्म परिचयपत्रमार्फत छ हजार ३८४ मतदाता थपिएका हुन् । सरकारले तोकेको यस पटकको अवधिमा जिल्लामा आठ हजार २२५ मतदाता थपिएका छन् ।

राष्ट्रिय परिचयपत्रमार्फत नामावली समावेश गर्न पाउँदा विदेशमा रहेका तथा कामको खोजीमा बाहिर रहेका धेरै लाभान्वित भएको जिल्ला निर्वाचन कार्यालय स्याङ्जाका प्रमुख श्रीराम थापाले जानकारी दिनुभयो । उहाँका अनुसार मङ्सिर २० गते मतदाताको प्रारम्भिक नामावली प्रकाशन हुने र त्यसपछि अद्यावधिकको काम हुने छ । नाम दोहोरो परेका, कागजात तथा रीत नपुगेका, मृत्यु भएकाको विवरण अद्यावधिकपश्चात् पुस १५ मा अन्तिम नामावली तयार हुने प्रमुख थापाको भनाइ छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि स्याङ्जामा मतदाता नामावली अद्यावधिक गर्ने काम सम्पन्न भएपछि मात्रै जिल्लाको पूरा मतदाता विवरण तयार हुने जानकारी उहाँले दिनुभयो ।

यसैबिच म्याग्दी समाचारदाताका अनुसार आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्ष्य गरी थालिएको मतदाता नामावली सङ्कलन तथा अद्यावधिकमा म्याग्दीमा दुई हजार दुई सयभन्दा बढी नयाँ मतदाता थपिएका छन् । मतदाता नामावली दर्ता गर्ने अन्तिम दिन शुक्रबारसम्ममा निर्वाचन कार्यालयमै पुगेर ‘बायोमेट्रिक्स’ गरी ८१९ र राष्ट्रिय परिचयपत्रमार्फत एक हजार ४१८ मतदाता गरी कुल दुई हजार २३७ जना नयाँ मतदाता थपिएका हुन् ।

जिल्ला निर्वाचन अधिकृत विमल गौतमका अनुसार जिल्ला कार्यालयमा पुगेर पुरुष ५१० जना र महिला ३०९ जनाले मतदाता नामावली दर्ता गराएका हुन् । त्यसै गरी ८२ मतदाताको गल्ती सच्याइएको छ भने १९० जनाको ठाउँसारी गरिएको थियो । म्याग्दीमा नाम दर्ता गराउनेमा अधिकांश २५ वर्षमुनिका धेरै भए पनि वैदेशिक रोजगारीबाट फर्किएका तथा वृद्धवृद्धाले समेत अहिलेसम्म मतदाता नामावली नबनाएको अवस्थासमेत भेटिएको छ ।

म्याग्दीमा २०७९ सालमा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा ८६ हजार १२० जना मतदाता रहेको म्याग्दीमा निर्वाचन आयोगले पछिल्लो पटक असोज ८ गते सार्वजनिक गरेको मतदाता नामावली अनुसार एक हजार छ सय मतदाता घटेर ८४ हजार ५२० जना कायम भएको थियो । म्याग्दीका छ वटै स्थानीय तहमा निर्वाचनका लागि म्याग्दीमा ८२ मतदानस्थलमा ११९ मतदान केन्द्र सिफारिस गरिएको छ ।

Facebook Comments Box
आर्थिक गणनाको सम्पूर्ण तयारी पूरा
सामाजिक सञ्जाललाई दर्ता गराएर मात्र चलाउन दिन सरकारलाई सर्वाेच्च अदालतको आदेश
बागमती प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि
यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न तीन दिनको समय
आजको मौसम : तराईमा हुस्सु, उच्च पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

थप समाचार

गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

हिमालय एयरलाइन्सले काठमाडौँ–शेन्जेन सिधा उडान सुरु गर्दै

पर्वतमा जिप दुर्घटना हुँदा वडासदस्यको मृत्यु, दुई घाइते

विद्यार्थी न्यून भएका विद्यालय समायोजन

हिजो २० हजार ५ सयले बढेको सुनको भाउ आज २ सय रुपैयाँले घट्यो

वीरगञ्ज हुँदै चार अर्ब दुई करोड मूल्यका विद्युतीय सवारीसाधन आयात

एक सय ७६ समाचारबारे प्रेस काउन्सिलमा उजुरी

दुई करोड ७९ लाख चन्दा उठाएर अस्पतालको जग्गा खरिद

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?