By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » कोल्टीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

कोल्टीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ कार्तिक २४, सोमबार १०:५८

मकवानपुर । जिल्लाको पूर्वी उत्तर क्षेत्रमा पर्ने बुढीनन्दा नगरपालिकाले सोमबारबाट कोल्टी आधारभूत अस्पतालमा तीन दिने निःशुल्क स्वास्थ्य शिविरको सञ्चालन गरेको छ ।

दुर्गम गाउँ बस्तीमा रोग पाल्दै बस्न बाध्य भएका स्थानीयहरुको सहजताका लागि पालिकाले एक एक पाइला, गेटा आँखा अस्पताललाई समन्वयमा गर्दै आजबाट कोल्टी आधारभूत अस्पतालमा विशेषज्ञ चिकित्सकद्वारा सो शिविरको सञ्चालन गरेको हो ।

शिविरमा आँखा रोग तथा मोतिबिन्दुको निःशुल्क शल्यक्रिया, जेनेरल मेडिसिन, छाला रोग सेवा, नाक, कान, घाँटी रोग सेवा, स्त्री तथा प्रसुती सेवा, दन्त रोग सामान्य शल्यक्रिया कलेजो रोग हाड तथा जोर्नी रोग, बाल रोग तथा प्याथोलोजी सेवा रेडियोलोजी, इन्डोस्कोपी र फार्मेसी सेवा निःशुल्क रुपमा प्रदान गरिने बुढीनन्दा नगरपालिकाले जनाएको छ ।

दुर्गम गाउँबस्तीमा बसोवास गर्दै आएको गरिब दलित तथा विपन्न परिवारको आर्थिक अवस्थाका कमजोर भएका कारण प्राय उनीहरु बाहिर गएर आफ्नो राम्रोसँग उपचार गराउँन सकिरहेका छैन ।

रोग लागेपनि आर्थिक अवस्था कमजोर भएकै कारण उनीहरु त्यसलाई पालेर बस्न बाध्य हुनु भएको हो । उहाँहरुको त्यो समस्यालाई मध्यनजर गरेर हामीले एक एक पाइला तथा गेटा आँखा अस्पतालसँग पाँच वर्षसम्मका लागि प्रत्येक वर्ष कोल्टी आधारभूत अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने गरी सम्झौता गरेका थियौँ ।

अहिले यो सम्झौता गरेको झण्डै तीन वर्ष पुग्यो । दुई वर्ष अँझै बाँकी छन् । गएका ती तीन वर्षमा पनि हामीले यसै अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका थियौँ । त्यो शिविरमा यहाँको मात्र नभई छिमेकी जिल्ला मुगु हुम्ला लगायतका धेरै स्थानीयहरुले निःशुल्क रुपमा सेवा लिनु भएको थियो ।

यती बेलामा पनि हाम्रो त्यति सम्झौता अनुसार कोल्टी आधारभूत अस्पतालमा तीन दिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेका छौँ ।

यो शिविरमा काँनको अप्रेसन लेजर प्रविधिबाट गरिने भएको छ । दुर्गम ठाउँमा यसरी यो लेजर प्रविधिबाट अप्रसेन गर्ने भनेको पहिलो हो । त्यसैले यहाँका काँनको समस्या भएकाहरुले पनि यो शिविरबाट निकै राम्रो सेवा लिन सक्नु हुन्छ । दुर्गम गाउँ बस्तीका स्थानीयले रोग पालेर बस्नु पर्ने अवस्थाको अन्त्य गर्ने गरी हामीले यती बेलामा पनि विशेषरुपमा यो शिविरको आयोजना गरेको बुढीनन्दा नगरपालिका नगरप्रमुख जनकबहादुर बोहराले बताउनुभयो ।

उहाँले भन्नुभयो, “सो शिविर २६ गते बुधबारसम्म सञ्चालन हुने छ । शिविरमा सेवा लिन आउने सेवाग्राहीहरुका लागि बिहान १० देखि ३ः३० बजेसम्म नाम दर्ताको समय तोकिएको छ ।”

यो शिविरमा काठमाडौँदेखि विभिन्न रोग विशेषज्ञ डाक्टरहरु आएर सेवा दिने भएकाले आफुलाई के समस्या त्यो समस्या भएकाहरुले यो शिविरमा आएर आफ्नो नाम दर्ता गराई समयमै निःशुल्क रुपमा स्वास्थ्य सेवा लिन हुन हामीले अहिलेदेखि स्थानीयलाई जानकारी गर्दै आएको प्रमखु बोहराले बताउनुभयो ।

Facebook Comments Box
फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा
सुनको मूल्य तोलामा तीन हजारले वृद्धि
अन्नपूर्णका दुई सय ३८ परिवारलाई खानेपानीको पहुँच सुविधा
वैदेशिक श्रमिक सेवामा बिखण्डन अन्त्य गर्न एकीकृत प्रणाली
आज पनि ठूलो पानी पर्ने सम्भावना

थप समाचार

सञ्चार मन्त्रालयमा नयाँ आचारसंहिता लागू

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

२०८३ बैशाख २, बुधबार १०:४९

आयातित वस्तुमा एमआरपी र बिल बिजक अनिवार्य नगरे कडा कारबाही गरिने

२०८२ चैत्र ३०, सोमबार १७:२५

हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्यामा वृद्धि

इरान युद्धविरामको अधिकांश इजरायलीद्वारा विरोध

तेल मूल्य वृद्धिसम्बन्धी ‘फेक न्युज’ रोक्न मेटालाई फिलिपिन्सको चेतावनी

हलमा दर्शक नपाएको १३० करोडको फिल्मले ओटीटीमा तहल्का मच्चाउँदै

गरिबको भोट, धनीको शासन स: सुदन किराती

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?