By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » बाइपोलार डिस्अर्डरको पीडा

बाइपोलार डिस्अर्डरको पीडा

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ कार्तिक २३, आईतवार १२:२७

मकवानपुर । जीवन सरल रूपमा बिताउन मानिसमा मानसिक स्वास्थ्यको अहम् भूमिका रहन्छ तर केही मानिस विभिन्न किसिमका कडा मानसिक रोगबाट प्रताडित बन्छन् । त्यसमध्येको एक हो बाइपोलार एफेक्टिभ डिस्अर्डर ।

यो रोगले मानिसलाई निकै पीडा दिन्छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०२१ मा तीन करोड ७० लाख मानिस यस रोगले पीडित थिए । बाइपोलार रोग भनेको बिरामी कहिले अत्यन्त खुसी हुने त कहिले अत्यन्त दुःखी हुने अवस्था हो । यसलाई मुड डिस्अर्डर पनि भनिन्छ ।

यसमा रोगमा बिरामी स्थिर मनस्थितिमा रहन सक्दैन । बिरामी कहिले मेनिया त कहिले डिप्रेसनबाट पीडित हुन्छ । यसमा बिरामीको व्यक्तित्व परिवर्तन भइरहन्छ । यो एक दीर्घरोग हो र उपचार नगरे मानिस मानसिक रूपमा चरम विक्षिप्त बन्न सक्छ ।

टाइप वान बाइपोलार डिस्अर्डर वा मेनियाको बेला मानिस अत्यधिक उत्साहित हुन्छ । ऊ धेरै महत्वाकाङ्क्षी बन्छ । उसमा अति धेरै मानसिक र शारीरिक बल उत्पन्न हुन्छ । उसमा जे काम पनि गर्न सक्छु भन्ने अन्धो आत्मबल विकास भएर आफू श्रेष्ठ मान्छे हो भन्ने भ्रम जाग्दछ ।

उसले जोखिमयुक्त काम गर्न थाल्छ । उसले यथार्थ धरातल भुल्छ । यो बेलामा ऊ साइकोसिस अवस्थासँग जुधिरहेको हुन्छ । मेनिया पनि सामान्य वा अति उग्र किसिमको हुन सक्छ ।  । हामीले सुनेका वा देखेका छौँ कसैलाई देउता वा हनुमान चढ्छ । यो भनेको उग्र किसिमको मेनिया हो ।

टाइप टु बाइपोलार डिस्अर्डर वा डिप्रेसनको बेला मानिस अति निराश र हतास बन्छ । उसलाई आफ्नो जिन्दगी बेकार लागेर मर्न पाए पनि हुन्थ्यो जस्तो लाग्छ । बाइपोलार डिप्रेसन आत्महत्याको एक प्रमुख कारण हो । यो बेलामा मानिसलाई अरूसँग सङ्गत गरेर मिलेर बस्न अत्यन्त अप्ठेरो हुन्छ । उसलाई केही र कुनै कामप्रति इच्छा लाग्दैन । यो बेलामा मानिस अत्यन्त पीर मानेर रुन्छ । सानो कुरामा पनि पीर मान्छ र धेरै नै आत्तिन्छ । डिप्रेसन पनि मन्द वा कडा किसिमको हुन सक्छ ।

बाइपोलार डिस्अर्डर निम्तनुका कारणमा दिमागमा सेरेटोनिन र डोपामिन जस्ता रसायनको कमी, मस्तिष्कमा विद्युतीय आवेगमा गडबडी, दुर्घटनाबाट मस्तिष्कमा असर, जैविक संरचनामा खोट, वंशाणुगत, अस्वस्थ पारिवारिक वा सामाजिक परिस्थिति, चरम महत्वाकाङ्क्षा, जीवनका विविध आरोह अवरोहमा धेरै असफलता, कसैको मृत्यु वा विछोडको पीडा, क्रूर यातना आदि हुन्छन् ।

मानिस तुरुन्त खुसी त तुरुन्तै निराश हुने, साना साना कुरामा पनि झगडा गर्ने वा रिसाउने, धेरै शङ्का गर्ने, विचलित भएर पढाइ वा जागिर बिचमै छोड्ने, सामान्य जिम्मेवारी पनि लिन नसक्ने, बल वा दिमागको फुर्ती गर्ने, व्यक्तिगत सरसफाइमा कम ध्यान दिने जस्ता यसका लक्षण हुन्छन् ।

यस रोगबाट पीडित प्रायः मानिस आर्थिक क्षेत्रमा अनुत्पादक हुने हुँदा घरको अवस्था कमजोर र दयनीय देखिन्छ । आर्थिक मात्र होइन मानिसको शारीरिक, सामाजिक, घरजम, पढाइ, व्यक्तित्व विकासका पक्ष पनि रुग्ण हुन सक्छन् । पारपाचुके निम्तनुमा यो रोग पनि ठुलो कारक बन्न सक्छ ।

उचित औषधी उपचार र परामर्शबाट यो रोगलाई नियन्त्रणमा राख्न सकिन्छ । बाइपोलार डिस्अर्डरको उपचारका लागि लिथियम संसारभर वरदान साबित भएको छ । चिकित्सकले यस रोगमा लिथियम नै चलाउँछन् र योसँगै अन्य सहायक औषधी पनि प्रयोग गर्न सक्छन् ।

यो रोग नियन्त्रणका लागि परिवार, समाज र व्यक्ति स्वयं पनि क्रियाशील बन्नै पर्छ । बिरामीलाई माया र हेरचाह आवश्यकता हुन्छ । यो रोग लागेका मानिसलाई मानसिक दबाब दिनु हुन्न, गाली गर्ने वा अपशब्द बोल्नाले उनीहरूलाई असह्य पीडा हुन्छ र रोग बढ्ने सम्भावना रहन्छ ।

Facebook Comments Box
आजको मौसम
सिटी, आर्सनल र टोट्टनह्यामको शानदार जित
सिँचाइ सुविधा उपलब्ध नहुँदा कञ्चनपुरमा चैते धानबाली घट्यो
अब अधिवेशनतिर लागौँ अदालततिर होइन : महामन्त्री पौडेल
चक्कु प्रहार गरी युवकको हत्या

थप समाचार

सुनचाँदीको भाउ बढ्यो

गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

हिमालय एयरलाइन्सले काठमाडौँ–शेन्जेन सिधा उडान सुरु गर्दै

पर्वतमा जिप दुर्घटना हुँदा वडासदस्यको मृत्यु, दुई घाइते

विद्यार्थी न्यून भएका विद्यालय समायोजन

हिजो २० हजार ५ सयले बढेको सुनको भाउ आज २ सय रुपैयाँले घट्यो

वीरगञ्ज हुँदै चार अर्ब दुई करोड मूल्यका विद्युतीय सवारीसाधन आयात

एक सय ७६ समाचारबारे प्रेस काउन्सिलमा उजुरी

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?