By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » सार्वजनिक स्थलमा पैसा माग्नेका कारण यात्रुलाई असहज

सार्वजनिक स्थलमा पैसा माग्नेका कारण यात्रुलाई असहज

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ आश्विन २६, आईतवार १२:२३

मकवानपुर । बाँकेको नेपालगन्जका विभिन्न सार्वजनिक स्थलमा पैसा माग्ने ९मागेर जीविका चलाउने०का कारण दैनिक यात्रा गर्ने यात्रुहरुलाई असहज भएको छ ।

नेपालगन्जको वडा नम्बर १ मा पर्ने धम्बोझी चोक, पुष्पलाल चोकलगायतका अत्यन्त व्यस्त सडकका चोकहरुमा कटौरा लिएर माग्दै हिँड्नेहरुका कारण दैनिकरुपमा यात्रा गर्ने यात्रुहरुलाई असहल हुँदै गएको हो ।

धम्बोझी चोकनजिक छोटो दूरीका गाडी लाग्ने स्थान तथा पुष्पलाल चोकस्थित छोटो तथा लामो दूरीका गाडी लाग्ने स्थानहरुमा जबरजस्ती पैसा माग्नेहरुले पैदल यात्रा गर्ने यात्रु, रिक्सामा यात्रा गर्ने यात्रु तथा सार्वजनिक सवारीसाधनमा यात्रा गर्ने यात्रुहरुसँग जबरजस्ती रुपियाँ पैसा मागेर हैरान बनाउँदै आएका छन् ।

प्रायः गरेर महिला तथा बालबालिकाहरु हातमा कटौरा लिएर जबरजस्ती रुपियाँ पैसा माग्दै गरेको दृश्य दैनिक उक्त स्थानहरुमा देख्न सकिन्छ । उनीहरुले पैदल हिँड्ने, रिक्सामा हिँड्ने तथा सवारीसाधनमा यात्रा गर्ने यात्रुहरुसँग खुट्टामा ढोग्ने तथा रुपियाँ माग्ने गर्नाले यात्रुहरु असहज बन्दै गएका देखिन्छन् ।

“गाडी रोकेको समयमा झ्यालबाहिरबाट कटौरा थापेर माग्छन्, अझ कुनै गाडीमा त गाडीभित्रै पसेर खुट्टा समातेर नै माग्ने गर्छन्, यत्रो मान्छेका बीचमा लाज बनाउँछन्, कहिले पैसा हुन्छ कहिले हुँदैन ।” एक महिला यात्रुले भन्नुभयो, “पैसा दिम् भन्दा हुँदैन, नदिम् भने मान्छेका अगाडि लाजै बनाउँछन्, सार्वजनिक गाडी चढेर हिँड्दा पनि असहज पारिदिन्छन् ।”

“म हरेकदिन नेपालगन्जबाट कोहलपुर जान्छु, सार्वजनिक सवारीसाधन चढेर कार्यस्थल कोहलपुर पुग्ने गर्दछु, धम्बोझी चोक र पुष्पलाल चोकमा गाडी रोकिन्छ, गाडी रोकिएको बेलामा महिला तथा बालबालिकाहरु कटौरा थापेर हैरान पार्छन् ।” नेपालगन्जबाट दैनिक कोहलपुर एक निजी संस्थामा काम गर्न जाने एक सर्वसाधारणले भन्नुभयो, “अति लाज गराउँछन्, कहिलेकाहीँ हुँदा दिने हो सधैँ त कसरी दिन सकिन्छ रु यिनीहरुले गर्दा नेपालगन्जकै बेइज्जत भएको छ, बाहिरबाट नेपालगन्ज घुम्न आएका पर्यटकहरुले के भन्दा हुन् रु”

नेपालगन्ज उपमहानगरपालिकाका प्रवक्तासमेत रहनुभएका वडा नम्बर १ का वडाध्यक्ष प्रमोद रिजालले यस विषयमा बुझेर नगरपालिकाको बैठकमा कुरा राख्ने र आवश्यक व्यवस्थापनको काम अगाडि बढाउने बताउनुभयो । “यो राम्रो विषय होइन, बाहिरबाट नेपालगन्ज घुम्न आउने पर्यटकहरुप्रति यो गतिविधिले नकारात्मक धारणा उत्पन्न गराउँछ, यस विषयमा बुझेर यसलाई नियन्त्रण गर्नका लागि नगर बैठकमा कुरा राख्छु र आवश्यक व्यवस्थापनको काम अगाडि बढाउँछौँ ।” उहाँले भन्नुभयो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक पातलीले तत्काल व्यवस्थापन गर्न गाह्रो भए पनि दीर्घकालीन रुपमा व्यवस्थापन गर्न आवश्यक रहेको बताउनुभयो । “उक्त स्थानहरुमा यात्रुहरुसँग माग्दै गर्दा कैयौँपटक हामीले देखेर उनीहरुलाई त्यहाँबाट हटाउँछौँ, तत्काल व्यवस्थापन गर्न चुनौती नै छ, दीर्घकालीन रुपमा व्यवस्थापनका लागि उपमहानगरलगायतका सरोकारवालासँग आवश्यक समन्वय गरेर प्रहरीले गर्नुपर्ने सहयोग गर्छ ।”

Facebook Comments Box
सल्यानको कपुरकोटमा जिप दुर्घटना हुँदा चालकको मृत्यु, तीन घाइते
सुनको मुल्य बढ्यो
बिहानै मतदान केन्द्र पुगे एमाले सचिव बस्नेत
बसको ठक्करबाट पैदलयात्रीको मृत्यु
आज अमेरिकी डलरको भाउ बढ्यो

थप समाचार

सञ्चार मन्त्रालयमा नयाँ आचारसंहिता लागू

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

२०८३ बैशाख २, बुधबार १०:४९

आयातित वस्तुमा एमआरपी र बिल बिजक अनिवार्य नगरे कडा कारबाही गरिने

२०८२ चैत्र ३०, सोमबार १७:२५

हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्यामा वृद्धि

इरान युद्धविरामको अधिकांश इजरायलीद्वारा विरोध

तेल मूल्य वृद्धिसम्बन्धी ‘फेक न्युज’ रोक्न मेटालाई फिलिपिन्सको चेतावनी

हलमा दर्शक नपाएको १३० करोडको फिल्मले ओटीटीमा तहल्का मच्चाउँदै

गरिबको भोट, धनीको शासन स: सुदन किराती

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?