By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » आज पनि वर्षाको सम्भावना

आज पनि वर्षाको सम्भावना

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ आश्विन ९, बिहीबार १२:०८

मकवानपुर । स्थानीय वायु सक्रिय भएकाले आज पनि पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् ।

बुधबार कर्णाली प्रदेशको पूर्वी भूभागदेखि कोशी प्रदेशसम्मै परेको पानी गएरातिदेखि कम भएको थियो । तर आजै फेरि धेरै ठाउँमा पानी पर्ने सम्भावना छ ।

मौसमविद हरिप्रसाद दाहालका अनुसार आज विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान तथा लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा मध्यम खालको वर्षा हुन सक्ने पूर्वानुमान छ । खण्डित रुपमा एक–दुई स्थानमा भारी वर्षा पनि हुनसक्ने उनले बताए ।

आज असोज ९ गतेदेखि बंगालको खाडीमा पानी पार्ने एउटा प्रणाली विकसित भएको र त्यसको आंशिक असर नेपालमा पनि पर्नसक्ने सम्भावना रहेकाले अझै केही दिन वर्षा हुनसक्ने पूर्वानुमान छ । त्यसको बढी असर भने बंगलादेश, म्यानमार र भारतका सिक्किम, आसाम र मेघालयमा पर्ने सम्भावना छ ।

नेपालको पूर्वी सिमानासम्म आंशिक असर पार्नसक्ने सम्भावना छ । त्यसैले नेपालमा पनि पानी पर्नसक्ने पूर्वानुमान गरिएको हो ।मौसमविद हरिप्रसाद दाहाल बंगालको खाडीमा विकसित प्रणालीलाई नजिकबाट नियालीरहेको बताउँछन् ।

‘त्यसको असर नेपालमा कस्तो पर्छ भनेर हामीले नजिकबाट नियालीरहेका छौं,’ उनले भने । उनले दशैंमा मौसम कस्तो हुन्छ भनेर विशेष बुलेटिन जारी गरेर जानकारी दिने बताए । ‘एक–दुई दिनमा हामी दशैं विशेष बुलेटिन जारी गरेर सम्भावित मौसमी अवस्थाबारे जानकारी दिनेछौं,’ उनले भने ।

Facebook Comments Box
चैतेधानखेती प्रवर्द्धनार्थ किसानलाई अनुदान
नयाँ शैक्षिक सत्र अगावै कर्णालीमा पुग्यो पाठ्यपुस्तक
बागमती प्रदेशमा रास्वपाको वर्चस्व, ३३ मध्ये ३१ सिट जित्दै ऐतिहासिक परिणाम
हेटौंडामा २५ गजभित्रका विद्युत् संरचना हटाउन प्राधिकरणको सूचना
सांसद शेर्पाद्वारा सङ्घीय संसद्को ‘लोगो’ सहित सगरमाथा आरोहण

थप समाचार

विश्व वातावरण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

सुन तोलामा २ हजार १ सय रुपैयाँले घट्यो

हेटाैँडामा बृहत् नि:शुल्क स्वास्थ्य शिविर हुने

अबको तीन दिन देशका तराई भेगमा तातो हावाको लहरको जोखिम

त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित

अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह

भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?