By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » छाउपडी अन्त्य गर्न साझा पहल

छाउपडी अन्त्य गर्न साझा पहल

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ आश्विन ७, मंगलवार ११:२०

मकवानपुर । पूर्ण रूपमा अन्त्य हुन नसकेको छाउपडी कुरीतिका विरुद्ध अछामका पालिका प्रमुखले साझा पहल गर्नेमा एकमत भएका छन् । चार नगरपालिका र छ गाउँपालिकाका प्रमुख, उपप्रमुख, सुरक्षा निकाय र सरोकारवालाको जिल्ला प्रशासन कार्यालयमा भएको बैठकमा छाउपडी कुरीति अन्त्यको अभियानलाई संयन्त्र बनाएर प्रभावकारी बनाउन एकमत भएका हुन् ।

जिल्ला, पालिका र वडा तहमा सामाजिक क्षेत्र तथा समन्वय समिति निर्माण गरेर स्थानीय तहका जनप्रतिनिधिले छाउपडी कुरीति अन्त्य गर्न आफूहरू सक्रिय हुने बताएका छन् । महिनावारी तथा सुत्केरीका समयमा महिला तथा किशोरीमाथि विभेदसँगै सामाजिक समस्याका बारेमा स्थानीय तहले प्राथमिकतामा राख्ने भएको छ । सो अभियानमा प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय, सामाजिक संस्था र स्थानीय नागरिकसमेत जोडिने साँफेबगर नगरपालिका प्रमुख राजेन्द्रबहादुर कुँवरले जानकारी दिनुभयो । मङ्गलसेन नगरपालिका प्रमुख पदमबहादुर बोहरा छाउपडी कुरीतिसँगै महिलामाथि हुने सबै प्रकारका विभेदमा सबै पक्ष एकजुट भएर गएकाले सफलता प्राप्त हुने बताउनुभयो । अभियानका क्रममा सचेतना गर्ने, गोठ भत्काउने, कानुनी कारबाहीको प्रक्रियामा समेत जानेबारेमा बैठकमा छलफल भएको छ ।

यस्तै छाउपडी कुरीति अँगाल्नेलाई सामाजिक सुरक्षा भत्ता, विभिन्न सिफारिस र सेवा रोक्नेमा पनि जनप्रतिनिधि सहमत भएका छन् । कमलबजार नगरपालिका प्रमुख यज्ञप्रसाद ढकालले तत्कालै आफ्नो नगरमा पहिलो संयुक्त बैठक राखेर यसमा उपयुक्त निर्णय लिने बताउनुभयो ।

स्वास्थ्य, शिक्षा, सरसफाइ, सुरक्षित आवास, महिला तथा बालबालिका सुरक्षासम्बन्धी कार्यक्रमलाई छाउपडी कुरीतिको अन्त्य अभियानसँग जोडेर जाने प्रमुख जिल्ला अधिकारी आनन्द सारुको भनाइ छ । छाउपडी कुरीतिका विरुद्धमा स्थानीय तहले आगामी दिनमा स्वास्थ्य संस्था, विद्यालय, आमा समूह र स्थानीय सञ्चार माध्यमलाई सक्रिय बनाउने, प्रत्येक पालिका र वडा तहमा समिति गठन र परिचालनसँगै दीर्घकालीन बनाउन वार्षिक नीति, योजना र कार्यक्रमलाई प्रभावकारी बनाइने बताइएको छ । साँफेबगर नगरप्रमुख कुँवरले छाउगोठ भत्काएर मात्रै समस्याको समाधान नहुने भन्दै रूपान्तरण कक्षा, स्थानीय शिक्षक र विद्यार्थीको परिचालनमा समेत ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

महिनावारी भएका बेलामा घरभन्दा अलग्गै बसेका कारण महिला तथा किशोरीले ज्यान गुमाउनु परेको, विभिन्न हिंसा सहन बाध्य भएको बहस चलिरहेको छ । महिनावारी भएको समयमा छाउगोठमा बसेको वा बस्न बाध्य पारेकालाई तीन महिना कैद वा तीन हजार वा दुवै हुने सजायको व्यवस्था भए पनि त्यसको पूर्ण कार्यान्वयन हुन सकेको छैन । महिनावारी भएका बेलामा छाउगोठमा बस्ने परम्परामा व्यापक परिवर्तन आइरहेको भए पनि यसको अन्त्य गर्न सरोकारवाला निकायले जोड दिएका छन् ।

Facebook Comments Box
मधेश प्रदेशकाे राजस्व सङ्कलनमा प्रगति
खैरहनीद्वारा धानको बीउमा ५० प्रतिशत अनुदान
ग्याससहित इन्धन आपूर्ति सुनिश्चित गर्न सरकारी निकायलाई निर्देशन
हटाइयो चियाको न्यूनतम समर्थन मूल्य
१४ लाख बढी हुन्डी रकमसहित पर्साबाट दुईजना पक्राउ

थप समाचार

सञ्चार मन्त्रालयमा नयाँ आचारसंहिता लागू

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

२०८३ बैशाख २, बुधबार १०:४९

आयातित वस्तुमा एमआरपी र बिल बिजक अनिवार्य नगरे कडा कारबाही गरिने

२०८२ चैत्र ३०, सोमबार १७:२५

हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्यामा वृद्धि

इरान युद्धविरामको अधिकांश इजरायलीद्वारा विरोध

तेल मूल्य वृद्धिसम्बन्धी ‘फेक न्युज’ रोक्न मेटालाई फिलिपिन्सको चेतावनी

हलमा दर्शक नपाएको १३० करोडको फिल्मले ओटीटीमा तहल्का मच्चाउँदै

गरिबको भोट, धनीको शासन स: सुदन किराती

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?