By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » १४ लाख बढी हुन्डी रकमसहित पर्साबाट दुईजना पक्राउ

१४ लाख बढी हुन्डी रकमसहित पर्साबाट दुईजना पक्राउ

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ भाद्र ६, शुक्रबार ११:१०

वीरगन्ज । पर्सा प्रहरीले ठुलो परिमाणमा स्रोत नखुलेको रकमसहित दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीले वीरगन्जको इदगाहचोकबाट १४ लाख बढी हुन्डी रकमसहित दुई जनालाई पक्राउ गरेको हो । प्रहरीको टोलीले वीरगन्ज महानगरपालिकाको वडा नम्बर– २ निवासी संजयकुमार साह र बारा महागढीमाई नगरपालिका निवासी शनिकुमार ठाकुरलाई पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा जाँच चलाउँदा १४ लाख १३ हजार ५ सय रुपैयाँसहित उनीहरूलाई पक्राउ गरिएको पर्सा प्रहरी प्रमुख गौतम मिश्रले बताए ।

उनका अनुसार प्रहरीलाई स्रोत नखुलेको रकम बोकेर दुई जना आइरहेको सूचना आएको थियो, सोही बमोजिम मोटरसाइकल रोकेर जाँच गर्दा उक्त रुपैयाँ फेला परेको हो ।

उनीहरूको साथबाट प्रहरीले बीआर ०५ एबी ७७६१ र प्रदेश २–०३–००२ प ५५४४ नम्बरको दुईवटा मोटरसाइकलसमेत बरामद गरेको छ ।

मोटरसाइकलमा फल्स सिलिङ बनाइ लुकाइछिपाइ ल्याउँदै गरेको एक हजार दरका दश लाख र ५ सय दरका ४ लाख १३ हजार रुपैयाँ फेला परेको प्रहरीले बताउँछ ।

हुन्डी रकमसहित पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखेर आवश्यक अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुई जनामाथि आजै म्याद थपको प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

Facebook Comments Box
बन्दीपुरबाट अवैध नदीजन्य पदार्थसहित सवारीसाधन नियन्त्रणमा
शिक्षामन्त्री पुनद्वारा पदभार ग्रहण
बेमौसमी वर्षाबाट इँटा उद्योग प्रभावित
२ बजे निर्वाचन आयोगको विशेष पत्रकार सम्मेलन
चार हजार नौ सयले बढ्यो सुनको मूल्य

थप समाचार

सञ्चार मन्त्रालयमा नयाँ आचारसंहिता लागू

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

२०८३ बैशाख २, बुधबार १०:४९

आयातित वस्तुमा एमआरपी र बिल बिजक अनिवार्य नगरे कडा कारबाही गरिने

२०८२ चैत्र ३०, सोमबार १७:२५

हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्यामा वृद्धि

इरान युद्धविरामको अधिकांश इजरायलीद्वारा विरोध

तेल मूल्य वृद्धिसम्बन्धी ‘फेक न्युज’ रोक्न मेटालाई फिलिपिन्सको चेतावनी

हलमा दर्शक नपाएको १३० करोडको फिल्मले ओटीटीमा तहल्का मच्चाउँदै

गरिबको भोट, धनीको शासन स: सुदन किराती

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?