By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » भूमि विधेयक आज प्रतिनिधिसभामा पेस हुने, छलफल नहुने

भूमि विधेयक आज प्रतिनिधिसभामा पेस हुने, छलफल नहुने

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ भाद्र ६, शुक्रबार ११:०५

मकवानपुर । लामो गलफतीपछि कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट बिहीबार फरक मतसहित पारित ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ शुक्रबार (आज) प्रतिनिधिसभामा पेस हुने भएको छ ।

दिउँसो एक बजेका लागि बोलाइएको बैठकको सम्भावित कार्यसूचीमा समिति सभापति कुसुमदेवी थापाले विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने उल्लेख छ ।

समितिले प्रतिवेदन पारित गर्ने बेलामा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फरक मत राखेका छन् ।

आज विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस भए पनि छलफल हुने सम्भावना छैन । सङ्घीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले सभामुख देवराज घिमिरेबाट अन्यथा आदेश भएमा बाहेक आज पेस हुने भूमिसम्बन्धी विधेयकमा छलफल नहुने जानकारी दिए ।

‘सभामुखको अन्यथा आदेश भएमा बाहेक प्रतिवेदन प्रतिनिधिसभामा पेस भएको २४ घण्टा पछाडि बस्ने कुनै पनि बैठकमा समितिका प्रतिवेदनहरूमाथि छलफल गर्ने सभाको नियमावलीमा व्यवस्था छ,’ प्रवक्ता गिरीले रातोपाटीसँग भने ।

बिहीबार नै लामो गलफतीपछि फरक मतसहित पारित भएको विद्यालय शिक्षा विधेयक २०८० सम्बन्धी प्रतिवेदन भने समितिबाट सङ्घीय संसद् सचिवालयमा आई नपुगेको गिरीले जानकारी दिए ।

प्रतिवेदन सभाको बैठक अगावै सचिवालयमा पेस भएमा सभामा पेस गर्न भने समस्या नहुने गिरीले बताए ।

Facebook Comments Box
फेवातालमा कार खस्दा चालकको मृत्यु
सुनचाँदीको मूल्य बढ्यो
भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध
घण्टीको मत साढे ४१ लाख, माटोले पनि ३ लाख कटायो
हवाई फायरपछि रोकिएको मतदान पुनः सुरु गर्ने सर्वदलीय सहमति

थप समाचार

विश्व वातावरण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

सुन तोलामा २ हजार १ सय रुपैयाँले घट्यो

हेटाैँडामा बृहत् नि:शुल्क स्वास्थ्य शिविर हुने

अबको तीन दिन देशका तराई भेगमा तातो हावाको लहरको जोखिम

त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित

अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह

भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?