By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » प्रधानमन्त्री ओली चीन जाँदै

प्रधानमन्त्री ओली चीन जाँदै

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ श्रावण २९, बिहीबार १२:०८

मकवानपुर । प्रधानमन्त्री केपी शर्मा ओली चीन जाने भएका छन् ।

सांघाई सहयोग संगठन(एससीओ) को २५औँ शिखर सम्मेलनमा सहभागी हुन उनी चीन जान लागेका हुन् ।

“प्रधानमन्त्री ओलीको चीन भ्रमणको तयारी भइरहेको छ । हामी उपयुक्त समयमा जानकारी गराउँछौँ,” परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले भने ।

सांघाई सहयोग संगठनको शिखर सम्मेलन आउँदो भदौ १५ र १६ गते चीनको तियानजिमा आयोजना गरिँदै छ । सम्मेलनमा संगठनका सदस्य राष्ट्रका सरकार प्रमुख सहभागी हुनेछन् ।

सम्मेलनमा सहभागी हुन भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पनि चीन जाँदै छन् । स्रोतका अनुसार, सम्मेलनको ‘साइडलाइन’मा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङ र भारतका प्रधानमन्त्री मोदीसँग भेटवार्ता गर्ने समय मिलाउने प्रयास भइरहेको छ ।

चीनबाट फर्किएपछि प्रधानमन्त्री ओलीले भारत भ्रमण गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओलीले भदौ ३१ देखि असोज १ गतेसम्म भारत भ्रमण गर्ने गरी परराष्ट्र मन्त्रालयले तयारी गरिरहेको छ ।

एससीओ सन् २००१ जुन १५ मा कजाखस्तान, चीन, कीर्तिस्तान, रूस, ताजिकिस्तान र उज्बेकिस्तानद्वारा स्थापित एक स्थायी अन्तरसरकारी अन्तर्राष्ट्रिय संगठन हो ।

हाल एससीओमा भारत, इरान, कजाखस्तान, चीन, कीर्गिस्तान, पाकिस्तान, रूस, ताजिकिस्तान र उज्बेकिस्तान गरी नौ सदस्य छन् । संगठनमा अफगानिस्तान, बेलारुस र मंगोलिया गरी तीन राष्ट्र पर्यवेक्षक छन् ।

संगठनमा नेपाल, अजरबैजान, अर्मेनिया, बहराइन, इजिप्ट, कम्बोडिया, कतार, कुवेत, माल्दिभ्स, म्यानमार, संयुक्त अरब इमिरेट्स, साउदी अरेबिया, टर्की र श्रीलंका गरी १४ राष्ट्र ‘डायलग पार्टनर’ छन् ।

प्रधानमन्त्री ओलीले गत वर्ष मंसिरमा चीनको औपचारिक भ्रमण गरेका थिए । -बाह्रखरी

Facebook Comments Box
अमेरिकामा ६ हजारभन्दा बढी विदेशी विद्यार्थीको भिसा रद्द
उदयपुरमा चार हजार चार सय ३८ बालिकालाई एचपीभी खोप लगाइँदै
लालझाडीमा सिकलसेल पहिचान गरिँदै
आजका कुन विदेशी मुद्राको भाउ कति ?
महाकाली नदीमा सेनाको विपद् अभ्यास

थप समाचार

विश्व वातावरण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

सुन तोलामा २ हजार १ सय रुपैयाँले घट्यो

हेटाैँडामा बृहत् नि:शुल्क स्वास्थ्य शिविर हुने

अबको तीन दिन देशका तराई भेगमा तातो हावाको लहरको जोखिम

त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित

अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह

भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?