By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » हेटाैँडामा जेठ १३ गते बृहत् शैक्षिक महाेत्सव हुने

हेटाैँडामा जेठ १३ गते बृहत् शैक्षिक महाेत्सव हुने

सरोकारकर्मी
सरोकारकर्मी
२०८३ जेष्ठ ७, बिहीबार १७:३८

हेटौँडा । हेटौँडा-४ नं. वडा कार्यालयको आयोजनामा तथा शैक्षिक गुणस्तर सुधार समिति, हेटौँडा-४ को व्यवस्थापनमा हुने शैक्षिक महोत्सवको तयारी तिब्र बनाईएको छ । पूर्व निर्धारित जेठ १४ हुने भनिएको कार्यक्रम उक्त दिन सार्वजनिक विदा परेकोले जेठ १३ गते बुधबार हुने शैक्षिक गुणस्तर सुधार समितिका संयोजक श्रीराम दाहालले जानकारी दिनुभयो । चौधो पटक हुन लागेको महोत्सव यसपाली नगरस्तरीय हुने र नगरभित्रका विध्यालयमा पत्रचार गरिसकेको र विध्यालयहरूले महोत्सवमा सहभागी हुन विधागत तयारी गरिरहेको बताउनुभयो ।

महोत्सवमा विशेष कार्यक्रमको रूपमा राष्ट्रिय भाषा र सँस्कृति झल्कने नित्य प्रतियोगिता, विज्ञान विषयको प्रदर्शनी र चित्रकला प्रतियोगीता हुने ४ नं. वडा अध्यक्ष नवीन सिग्देलले बताउनु भयो । चित्रकला प्रतियोगिताको विषय “२० वर्षपछिको हेटौँडा” रहेको बताउँदै आजको विध्यालयको विध्यार्थीले २० वर्षपछिको हेटौँडा सहर कस्तो बनाउने परिकल्पनामा चित्रकला कोरिने छ । विध्यालय र विध्यार्थीबीचको स्वस्थ प्रतिस्पर्धाबाट उनीहरूको लुकेर बसेको प्रतिभालाई प्रस्फुटन गर्ने र शैक्षिक ज्ञानमा सुधार ल्याई विध्यार्थीलाई सृजनात्मक बनाउने महोत्सवको उदेश्य रहेको वडा अध्यक्ष सिग्देलले बताउनु भयो । वडा अध्यक्ष सिग्देलले महोत्सवमा हेटौँडा नगरभित्रका विध्यालयहरू सहभागी हुन र विध्यार्थीलाई महोत्सवमा अवलोकन गराउन विध्यालय प्रशासन र व्यवस्थापन समितिलाई आग्रह गर्नुभएको छ ।

वडा कार्यालयले विगत वर्षमा ३ पटकसम्म आयोजना गरिएको महोत्सवमा हजारौँ विध्यार्थी, शिक्षक र अवलोकन गरिएको बताउँदै अध्यक्ष सिग्देललेविध्यार्थी, अभिभावक र शिक्षक गरि १० हजार जनाले महोत्सवको अवलोकन गराईने व्यवस्था मिलाईएको अध्यक्ष सिग्देलले बताउनुभयो । नृत्य प्रतियोगितामा प्रथम २० हजार द्वितीय १५ हजार, तृतीय १० हजार र सान्त्वनालाई ५ हजार, विज्ञान विषयको प्रदर्शनीमा प्रथम ३० हजार, द्वितीय २० हजार, तृतीय १० हजार र सान्त्वनालाई ५ हजार, चित्रकला प्रतियोगितामा प्रथम २० हजार, द्वितीय १५ हजार, तृतीय १० हजार र सान्त्वनालाई ५ हजार नगद पुरस्कार रहेको वडा कार्यालयको सचिव रामप्रसाद गुरागाईले जानकारी दिनुभयो ।

Facebook Comments Box
आज चैते दसैंको घटस्थापना, बिहान ७:५१ मा शुभ साइत
अध्यक्ष ओली आज झापाको दमक आउनुहुँदै
नेपालगन्जमा खाद्य व्यवस्था कम्पनीद्वारा १५ हजार क्विन्टल धान खरिद
सुनको मुल्य बढ्यो
ट्रक र स्कारपियो ठोक्किँदा आठ जना घाइते

थप समाचार

हिमालय एयरलाइन्सले काठमाडौँ–शेन्जेन सिधा उडान सुरु गर्दै

पर्वतमा जिप दुर्घटना हुँदा वडासदस्यको मृत्यु, दुई घाइते

विद्यार्थी न्यून भएका विद्यालय समायोजन

हिजो २० हजार ५ सयले बढेको सुनको भाउ आज २ सय रुपैयाँले घट्यो

वीरगञ्ज हुँदै चार अर्ब दुई करोड मूल्यका विद्युतीय सवारीसाधन आयात

एक सय ७६ समाचारबारे प्रेस काउन्सिलमा उजुरी

दुई करोड ७९ लाख चन्दा उठाएर अस्पतालको जग्गा खरिद

दोस्रो पञ्चवर्षीय योजना बनाउँदै तुलसीपुर

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?