By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » नेपालमा बाल कुपोषण दर बढ्दो

नेपालमा बाल कुपोषण दर बढ्दो

सरोकारकर्मी
सरोकारकर्मी
२०८३ जेष्ठ ७, बिहीबार ११:३२

काठमाण्डौं । सरकारले सञ्चालन गरेको ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’को प्रारम्भिक प्रतिवेदनले बालबालिकामा कुपोषणको अवस्था विगतभन्दा बढेको देखाएको छ ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभाग, पोषण शाखाका प्रमुख लिलाविक्रम थापाका अनुसार यस पटक चार प्रतिशत बालबालिकामा कडा शीघ्र कुपोषण भेटिएको छ, जबकि यसअघि यो दर एक प्रतिशतमात्रै थियो । थापाका अनुसार यस पटक देशभर अभियान सञ्चालन गरिएकाले पहिलेभन्दा बढी सङ्ख्यामा कुपोषित बालबालिका पहिचान भएका हुन् ।

विशेषगरी कर्णाली, सुदूरपश्चिम र मधेस प्रदेशमा कडा शीघ्र कुपोषण बढी देखिएको छ । यस्तो कुपोषण भएका बालबालिका अत्यन्त दुब्ला, ख्याउटे र करङ देखिने अवस्थाका हुने गर्छन् । कडा शीघ्र कुपोषण भएका बालबालिकालाई ‘तयारी उपचारात्मक खाना’ उपलब्ध गराइने र त्यसबाट सुधार नभएमा देशभर रहेका २५ वटा पुनः स्थापना केन्द्रमा आमा र बच्चालाई राखेर नियमित उपचार तथा पोषणयुक्त खाना खुवाइने व्यवस्था गरिएको शाखा प्रमुख थापाले जानकारी दिनुभयो । त्यसै गरी, १२ प्रतिशत बालबालिकामा मध्यम शीघ्र कुपोषण देखिएको छ । मध्यम कुपोषण भएका बालबालिका उमेरअनुसार तौल नहुने, दुब्लाउने तथा लुरे हुने गर्छन् ।

साधन स्रोतको अभावका कारण ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ जेठ महिनासम्म सञ्चालन गरिने भएको छ । सरकारले पहिलो पटक गएको वैशाख १५ देखि ३० गतेसम्म अभियान शुरु गरेको थियो । तर उचाइ तथा तौल मापन गर्ने उपकरणको कमीका कारण सबै पालिकामा अभियान सञ्चालन गर्न नसकिएकाले यसको अवधि थप गरिएको हो ।

सरकारले ६ महिनादेखि ५९ महिनासम्मका झण्डै २२ लाख बालबालिकाको पोषण अवस्था जाँच गरी शीघ्र कुपोषणको समयमै पहिचान र उपचार गर्ने लक्ष्य राखेको छ । अभियान अन्तर्गत महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा नजिकका स्वास्थ्य संस्थामार्फत बालबालिकाको पाखुराको मध्य भागको घेरा नापेर पोषण अवस्था परीक्षण गरिँदै आएको छ ।

Facebook Comments Box
सुनको भाउ तोलामा चार सय रुपैयाँले घट्यो
सुनको भाउ घट्यो
सुनसरीको धरानबाट पाँचथरको फिदिमका लागि छुटेको मिनीबस नावाखोलामा दुर्घटना, तीन घाइते
आज तोलामा ३ हजार ८०० रुपैयाँले  घट्यो सुनको भाउ
खैरो हेरोइनसहित चन्द्रगढी विमानस्थलबाट युवती पक्राउ

थप समाचार

विश्व वातावरण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

सुन तोलामा २ हजार १ सय रुपैयाँले घट्यो

हेटाैँडामा बृहत् नि:शुल्क स्वास्थ्य शिविर हुने

अबको तीन दिन देशका तराई भेगमा तातो हावाको लहरको जोखिम

त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित

अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह

भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?