By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » योगशिविरमा जुम्ला पुगेका चिकित्सकले गरे शल्यक्रिया

योगशिविरमा जुम्ला पुगेका चिकित्सकले गरे शल्यक्रिया

सरोकारकर्मी
सरोकारकर्मी
२०८३ बैशाख २२, मंगलवार १०:५४

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जटिल किसिमको टाउकोको नशाको शल्यक्रिया (न्युरो सर्जरी) गरिएको छ ।

राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स), राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ न्युरोसर्जन निलमकुमार खड्काको नेतृत्वको चिकित्सकको टोलीले यहाँको पातारासी गाउँपालिका–३ स्थित छुमगाउँका गोरबहादुर बोहराको टाउकाको ‘न्युरोसजेरी’ सफल भएको हो

यही वैशाख १८ गते आफ्नै घरको छतबाट लडेर टाउकोमा गम्भीर चोट लागेपछि उनलाई उपचारार्थ प्रतिष्ठानमा ल्याइएको थियो । प्रतिष्ठानमा चिकित्सको समस्याले गर्दा बोहोरालाई अन्य सुविधा सम्पन्न अस्पतालमा ‘रिफर’ को तयारी समेत गरिएको थियो ।

प्रष्ठिानमा कार्यरत डा निर्मल थापाले दिएको जानकारी जानकारी अनुसार डा खड्का जिल्लामै रहेको सूचना पाएपछि शल्यक्रिया गरिदिन विरामीका आफन्तले आग्रह गरेका थिए ।

योग शिविरका लागि डा खड्का यहाँस्थित गुठीचौर गाउँपालिका–५ देपालगाउँमा रहेका थिए । डा खड्काले मानवीय भावनाका साथ शल्यक्रिया गर्न सहमति जनाएपछि आइतबार साँझ शल्यक्रिया गरिएको बिरामीका आफन्त गोर्खबहादुर रावतले जानकारी दिए ।

शल्यक्रियामा डा खड्कासँगै प्रतिष्ठानमा कार्यरत डा थापा र डा रमेश काफ्लेलगायतको टोली सम्लग्न रहेका प्रतिष्ठानले जनाएको छ ।

निःशुल्क रूपमा शल्यक्रिया हुँदा आर्थिक र समयको बचत भएको छ । डा खड्कालाई बिरामीका आफन्तले विशेष धन्यवाद दिएका छन् ।

पछिल्ला दिन प्रतिष्ठानमा चिकित्सा विषयको स्नातह तहको पठनपाठन समेत सुरुआत भैसकेको छ । प्रतिष्ठानलाई चिकित्सा शिक्षा र उपचारको अब्बल बनाउन लागिरहेको प्रतिष्ठानका प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर भण्डारीले जानकारी दिए ।

Facebook Comments Box
दसैँमा यात्रा गर्न बाटो सहज भइसक्यो : सडक विभाग
पश्चिम एसिया तनाव चर्किँदै, कुटनीति र आक्रमण सँगसँगै
दैनिक छाक टार्न राप्ती बगरमै सङ्घर्ष
आज तोलामा ३ हजार ८०० रुपैयाँले  घट्यो सुनको भाउ
रास्वपाका सभापति रवि लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश

थप समाचार

विश्व वातावरण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

सुन तोलामा २ हजार १ सय रुपैयाँले घट्यो

हेटाैँडामा बृहत् नि:शुल्क स्वास्थ्य शिविर हुने

अबको तीन दिन देशका तराई भेगमा तातो हावाको लहरको जोखिम

त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित

अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह

भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?