By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » निजी फर्मले मल बिक्रीको अभिलेख राखेको भेटिएन

निजी फर्मले मल बिक्रीको अभिलेख राखेको भेटिएन

सरोकारकर्मी
सरोकारकर्मी
२०८३ बैशाख १६, बुधबार १३:१५

झापा । जिल्लाका अधिकांश निजी फर्महरूले रासायनिक मल बिक्रीसम्बन्धी अभिलेख नराखेको पाइएको छ । कृषि ज्ञान केन्द्र झापाको अगुवाइमा मङ्गलबार गरिएको अनुगमनमा यस्तो समस्या देखिएपछि सम्बन्धित फर्महरूलाई मापदण्डअनुसार विवरण राख्न र प्रत्येक कारोबारमा अनिवार्य रूपमा बिल जारी गर्न निर्देशन दिइएको छ ।

कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टका अनुसार भद्रपुर र बिर्तामोड नगरपालिका तथा हल्दीबारी र बाह्रदशी गाउँपालिकामा बिक्रीवितरणका लागि अनुमति लिएका सहकारी तथा निजी फर्महरूको संयुक्त अनुगमन गरिएको हो । अनुगमनका क्रममा सहकारी संस्थाहरूले बिक्री विवरणसम्बन्धी बिल तथा प्रतिवेदन व्यवस्थित रूपमा राख्ने गरेको पाइए पनि अधिकांश निजी फर्महरूले त्यस्तो अभिलेख नराखेको भेटिएको उनले जानकारी दिए ।

सरकारले किसानलाई सहुलियत दरमा उपलब्ध गराउँदै आएको युरिया, डिएपी र पोटासलगायतका रासायनिक मल स्थानीय तहले निर्धारण गरेको मूल्यमा बिक्री भइरहेको छ वा छैन भन्ने विषयमा विशेष निगरानी गरिएको थियो । साथै किसानलाई मल बिक्री गर्दा अनिवार्य रूपमा बिल जारी गरिएको छ वा छैन भन्ने पक्ष पनि अनुगमनको मुख्य आधार बनाइएको केन्द्रका प्रमुख विष्टले बताए ।

स्थानीय तहको सिफारिसमा छनोट भएका डिलरमार्फत कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत सरकारले किसानलाई सहुलियत दरमा रासायनिक मल उपलब्ध गराउँदै आएको छ ।

अनुगमनमा ती दुवै कम्पनीका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति तथा नेपाल प्रहरीका प्रतिनिधि सहभागी थिए । संयुक्त टोलीले चार स्थानीय तहअन्तर्गत ११ बिक्री केन्द्रको स्थलगत निरीक्षण गरेको हो ।

केन्द्रका अनुसार आगामी दिनमा पनि अनुगमनलाई निरन्तरता दिइने र मापदण्डविपरीत काम गर्ने विक्रेतामाथि आवश्यक कारबाही प्रक्रिया अघि बढाइनेछ । साथै किसानलाई सहज, पारदर्शी र प्रभावकारी रूपमा मल उपलब्ध गराउने वातावरण सुनिश्चित गर्न सम्बन्धित सबै पक्षसँग समन्वय सुदृढ गरिने जनाइएको छ ।

Facebook Comments Box
हिउँ चितुवाको आक्रमणबाट १९ भेडा मरे
भीडभाड गरेर फागु खेल्न नपाइने
नाइजेरियाको मस्जिदमा आक्रमण, २७ जनाको मृत्यु
सुनको मुल्य बढ्यो
आज अमेरिकी डलर भाउ कति ?

थप समाचार

विश्व वातावरण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

सुन तोलामा २ हजार १ सय रुपैयाँले घट्यो

हेटाैँडामा बृहत् नि:शुल्क स्वास्थ्य शिविर हुने

अबको तीन दिन देशका तराई भेगमा तातो हावाको लहरको जोखिम

त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित

अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह

भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?