By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » महिलालाई व्यवसायीमुखी बनाउन सीपमूलक तालिम

महिलालाई व्यवसायीमुखी बनाउन सीपमूलक तालिम

सरोकारकर्मी
सरोकारकर्मी
२०८३ बैशाख ७, सोमबार ०९:५९

जनकपुरधाम । महिलालाई रोजगारमूलक तथा व्यवसायमुखी बनाउने उद्देश्यले फाइबर माला तथा कालोधुप, कपासका बत्ती बनाउनेसम्बन्धी ११ दिने तालिम आयोजना गरिएको छ । जनकपुर उपमहानगरपालिका–२१ स्थित कुर्थामा आइतबार तालिमको समापन गरिएको हो ।

‘गरिबसँग विषेश्वर’ कार्यक्रमअन्तर्गत वडाको रु तीन लाखको सहयोगमा आयोजना गरिएको तालिममा आर्थिक अवस्था कमजोर भएका ३० जना महिलाको सहभागिता थियो । फाइबर माला तथा कालोधुप, कपास बत्ती तालिम उपभोक्ता समिति जनकपुरधाम–२१ कुर्थाद्वारा सञ्चालित तालिमका सहभागी महिलालाई आइतबार एक समारोहबिच तालिम प्रमाणपत्र वितरण गरिएको थियो ।

जनकपुरधाम–२१ स्थित कुर्थामा सो तालिमको समापनका अवसरमा आयोजित समारोहमा २१ नं वडाका वडाध्यक्ष राजनारायण साहले महिलाले आफ्नो हकअधिकारका लागि घरमा मात्र बसेर नहुने स्वरोजगार बन्नुपर्ने धारणा राखे । त्यसका लागि समयसापेक्ष विभिन्न किसिमका सीपमूलक तालिम लिएर आत्मनिर्भर तथा व्यवसायी बन्नुपर्नेमा जोड दिए ।

सरकारी तथा गैरसरकारी लगायत विभिन्न क्षेत्रबाट महिलालाई दिइने रोजगारमूलक तथा व्यवसायमूलक तालिमलाई व्यवहारमा उर्तान सके मात्र तालिमले स्वरोजगारी उपलब्ध गराउने बताए । जिल्ला समन्वय समिति धनुषाका सदस्य तथा समाजसेवी महेन्द्र महतोले समाजको विकासमा महिलाको ठुलो योगदान रहेकाले महिला सशक्तीकरणमा जोड दिनुपर्ने तथा महिलाको हक तथा अधिकारका लागि राज्यले गम्भीरतापूर्वक ध्यान दिनुपर्ने बताए ।

राष्ट्रिय समाचार समिति (रासस) जनकपुरका कार्यालय प्रमुख सुरेश झाले तालिमबाट सिकेका सीप व्यवहारमा उतार्नुपर्नेमा जोड दिए । तालिम आयोजक समितिका अध्यक्ष मैफुल खातुनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गरिबसँग विषेश्वर कार्यक्रमका सामाजिक परिचालक अशोक दास, तालिमका मुख्य प्रशिक्षक चन्द्रकला सिंह, सहायक प्रशिक्षक नुतनकुमारी ठाकुरलगायत व्यक्तले तालिमको महत्त्वका विषयमा धारणा राखे ।

Facebook Comments Box
पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छ : अध्यक्ष शर्मा
अमेरिकी डलर, युरो र अष्ट्रेलियन डलरको मूल्य बढ्यो
दुर्गा प्रसाईं छुटे
भेनेजुएलाका कार्यवाहक राष्ट्रपति–अमेरिकी सैन्य प्रमुख भेटेर रणनीति छलफल
तराईमा बाक्लो हुस्सु र कुहिरो केही दिन लम्बिने

थप समाचार

विश्व वातावरण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

सुन तोलामा २ हजार १ सय रुपैयाँले घट्यो

हेटाैँडामा बृहत् नि:शुल्क स्वास्थ्य शिविर हुने

अबको तीन दिन देशका तराई भेगमा तातो हावाको लहरको जोखिम

त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित

अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह

भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?