By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव

मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ चैत्र ३०, सोमबार १०:५९

म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालनमा आएको छ।

आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले बेनी नगरपालिकाले मङ्गलाघाटमा उक्त केन्द्र सञ्चालन गरेको हो। यस केन्द्रबाट बेनीको पश्चिमी क्षेत्रमा पर्ने मङ्गलाघाट–२ को बगरफाँट र वडा नं ६ को डम्मराका बासिन्दा लाभान्वित भएका छन्। पाँच वर्षको प्रयासपछि केन्द्र स्थापना भएको सञ्चालक समितिका सदस्य नवराज पौडेलले बताए।

“सदरमुकाममै भए पनि निजी क्लिनिक नभएको मङ्गलाघाटका बासिन्दालाई सामान्य बिरामी पर्दा स्वास्थ्य परीक्षण, औषधि लिन, रक्तचाप तथा चिनी रोग परीक्षण गराउन असहज हुने गरेको थियो,” उनले भने, “टोलमै स्वास्थ्य केन्द्र स्थापना भएपछि प्राथमिक उपचारका लागि वडा नं ८ मा पर्ने कालीपुलस्थित प्रदेश अस्पतालमा पुगेर घण्टौँ लाइन बस्नुपर्ने वा निजी क्लिनिक धाउनुपर्ने समस्या हटेको छ।”

बेनी–७ मा यसअघि कुनै स्वास्थ्य संस्था थिएन। केन्द्रमा नगरपालिकाले एक जना सिनियर अहेव र एक जना स्टाफ नर्स खटाएको छ। यहाँ स्वास्थ्य परीक्षण, खोप सेवा, निःशुल्क औषधि वितरण, परामर्श, गर्भ परीक्षण तथा सुत्केरी घरभेटलगायत स्वास्थ्य चौकीबाट प्रदान गरिने आधारभूत सेवा उपलब्ध छन्। मासिक करिब २०० जनाले सेवा लिइरहेको केन्द्रकी सिनियर अहेव सीमा भण्डारी घिमिरेले जानकारी दिइन्।

हाल केन्द्र भाडाको घरमा सञ्चालन भइरहेको छ। बेनी नगरपालिकाले केन्द्र स्थापनाका लागि विनियोजन गरेको रु एक लाख ५० हजार बजेट फर्निचर र स्वास्थ्य सामग्री खरिदमा अपुग भएपछि स्थानीयवासीले रु एक लाख १३ हजार सङ्कलन गरी सहयोग गरेका छन्।

वार्षिक रु ६० हजार घरभाडा तिर्न बजेट अभाव हुँदा समस्या भएको पौडेलले बताए। केन्द्रको आफ्नै भवन निर्माण तथा नियमित सञ्चालनका लागि मङ्गलाघाटवासीले माग गरेका छन्।

नगरपालिकाले वडास्तरीय स्वास्थ्य संस्थामा पुग्न अपायक पर्ने टोलका बासिन्दालाई लक्षित गर्दै यसअघि सिङ्गा, डडुवा, सेताढुङ्गा, गलेश्वर र तोरीपानीमा पनि सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन गरिसकेको छ।

Facebook Comments Box
जुम्लामा इ–पेन्सन सेवा सुरु
सुनको भाउ बढ्यो
मूल्यमा पारदर्शिता कायम गर्न बजार अनुगमन
उदयपुरमा एक हजार एक सय हेक्टरमा चैते धान रोपियो
निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको आग्रह

थप समाचार

विश्व वातावरण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

सुन तोलामा २ हजार १ सय रुपैयाँले घट्यो

हेटाैँडामा बृहत् नि:शुल्क स्वास्थ्य शिविर हुने

अबको तीन दिन देशका तराई भेगमा तातो हावाको लहरको जोखिम

त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित

अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह

भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?