By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » दोस्रो आर्थिक गणना, २०८२ का गणकलाई आजदेखि पाँच दिने तालिम

दोस्रो आर्थिक गणना, २०८२ का गणकलाई आजदेखि पाँच दिने तालिम

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ चैत्र २६, बिहीबार ११:०४

काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले सञ्चालन गर्न लागेको दोस्रो राष्ट्रिय आर्थिक गणना, २०८२ का लागि छनोट भएका गणकका लागि पाँच दिने तालिम कार्यक्रम आजदेखि देशभर एकैसाथ सुरु हुँदैछ ।

आर्थिक गतिविधिहरूको वास्तविक अवस्था, स्वरूप तथा संरचना पहिचान गरी राष्ट्रिय अर्थतन्त्रसम्बन्धी तथ्याङ्क अद्यावधिक गर्ने उद्देश्यले सञ्चालन गर्न लागिएको उक्त गणनाको तयारीअन्तर्गत गणकहरूलाई तालिम दिन लागिएको हो ।

राष्ट्रिय तथ्याङ्क कार्यालयको आयोजना तथा नेपाल पत्रकार महासङ्घसँगको सहकार्यमा बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा उपप्रमुख तथ्याङ्क अधिकारी एवं प्रवक्ता ढुण्डिराज लामिछानेले देशभर रहेका ८४ कार्यालयबाट एकैसाथ तालिम सञ्चालन गरिने जानकारी दिए ।

उनका अनुसार आर्थिक गणनाका लागि आवश्यक गणकको छनोट प्रक्रिया पूरा भइसकेको र सम्बन्धित स्थानीय तहमा आवश्यक पत्राचार गरिसकिएको छ । तालिम कार्यक्रम पाँच दिनसम्म सञ्चालन हुनेछ र तालिम सम्पन्न भएपछि गणकहरू देशभर आफ्नो जिम्मेवारीअनुसार खटिने छन् ।

प्रवक्ता लामिछानेले भने, “बिहीबारदेखि देशभरका ८४ कार्यालयबाट पाँच दिने तालिम सुरु हुनेछ र तालिम सम्पन्न भएपछि आगामी २०८३ वैशाख २ गतेदेखि गणकहरू देशभर आर्थिक गणनाको काममा खटिनेछन् ।”

यसअघि नेपालमा पहिलो राष्ट्रिय आर्थिक गणना विसं २०७५ (वैशाख–जेठ) मा सञ्चालन भएको थियो ।

Facebook Comments Box
मन्त्रिपरिषद्को बैठक बस्दै आज
लागूऔषध बरामद, सात जना पक्राउ
चितवन-२ : १४ हजार गणना हुँदा रविले ल्याए ६ हजार ७ सय
कृत्रिम गन्ध प्रविधिबाट मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण प्रयास
एनपिएल : लुम्बिनीले सुदूरपश्चिमलाई दियो १४४ रनको मध्यम लक्ष्य

थप समाचार

विश्व वातावरण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

सुन तोलामा २ हजार १ सय रुपैयाँले घट्यो

हेटाैँडामा बृहत् नि:शुल्क स्वास्थ्य शिविर हुने

अबको तीन दिन देशका तराई भेगमा तातो हावाको लहरको जोखिम

त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित

अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह

भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?