By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » दश बुँदे घोषणापत्र जारी गर्दै सकियो ‘बागलुङ मिडिया मेला’

दश बुँदे घोषणापत्र जारी गर्दै सकियो ‘बागलुङ मिडिया मेला’

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ चैत्र २२, आईतवार ०९:५१

बागलुङ । नेपाल पत्रकार महासङ्घ बागलुङद्वारा आयोजित ‘बागलुङ मिडिया मेला’ १० बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । यही चैत २० र २१ गते बागलुङ बजारमा भएको मेलामा गिद्देप्रेसदेखि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्मको यात्रा र चुनौतीबारे विमर्श गरिएको थियो ।

दुई दिनसम्म सञ्चालन भएको मेलामा पत्रकारिता, पर्यटन, प्रविधिलगायत विभिन्न १० विषयमा छलफल गरिएको थियो । सञ्चारमाध्यमका नयाँ आयामलाई स्वीकार गर्दै सञ्चार संस्था र पत्रकारलाई गुणस्तरीय तथा विश्वसनीय समाचार सामग्री लेखनरउत्पादनमा जोड दिने घोषणापत्रमा उल्लेख गरिएको छ ।

समय र प्रविधिको गतिअनुसार पत्रकारिता, त्यसमा पनि डिजिटल सञ्चारमाध्यम र सामाजिक सञ्जाल तथा अनलाइन सञ्चारमाध्यमको यथोचित उपयोग, यसको उपयोगमाफर्तत आयआर्जन गर्दै जीवनस्तरमा टेवा पुग्ने नीति तथा कार्यक्रम बनाई कार्यान्वयनका लागि तीनै तहका सरकारसँग घोषणा पत्रमार्फत माग गरिएको छ ।

तत्काल कोरलानाका नियमित सञ्चालन गरेर यसबाट गण्डकी प्रदेशले निर्यात बढाउन सक्ने र त्यसबाट आर्थिक समृद्धिमा टेवा पुग्ने भएकाले सञ्चारमाध्यमले यो विषय उठान गरी सरकारलाई आवश्यक पहलकदमी र नीति निर्माण गर्न सरकारको ध्यानाकर्षण गराइएको छ ।

बागलुङभित्र र जिल्लाबाट बाहिर रहेर विभिन्न क्षेत्रमा सफल भएका व्यक्तित्वलाई आफ्नो ज्ञान, सीप, अनुभव र स्रोतसाधन जन्मभूमिको विकास, समृद्धि र पहिचान अभिवृद्धिमा लगानी गर्न आह्वानसमेत गरिएको छ । घोषणपत्र तथा सञ्चारमाध्यममार्फत यस्ता प्रेरणादायी कथाहरूको प्रवर्द्धन गर्दै ‘जन्मभूमिसँगको सम्बन्ध र योगदान’लाई संस्थागत रूपमा सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

सरकारी विज्ञापन सरकारी मिडियामा मात्र सीमित गर्ने सङ्घीय सरकारको निर्णय सङ्घीयता, खुला अर्थनीति, प्रेस स्वतन्त्रताको भावना र मर्म विपरीत भएकाले प्रदेश सरकार, स्थानीय तहहरूलाई केन्द्र सरकारको परिपत्र अस्वीकार गर्दै स्वरोजगारमूलक मिडिया, यसमा कार्यरत पत्रकारहरूलाई थप सङ्कटग्रस्त अवस्थामा पुर्‍याउने भन्दै यसको विरुद्धमा घोषणपत्रमा उल्लेख छ । छलफलका क्रममा स्थानीय सञ्चारमाध्यमको दर्ता, सञ्चालन र सवलीकरणमा स्थानीय तहको यथोचित स्थानीय सञ्चार नीति आवश्यक रहेकामा जोड दिइएको छ ।

Facebook Comments Box
तराईमा आज पनि हावाहुरीको सम्भावना
एक हजार मेट्रिक टन क्षमताको शीतभण्डार निर्माण
आज विदेशी मुद्राको विनिमयदर
दुई मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु
भोलि पहाडी तथा हिमाली क्षेत्रमा हावाहुरी र असिनासहित वर्षा र हिमपातको सम्भावना

थप समाचार

विश्व वातावरण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

सुन तोलामा २ हजार १ सय रुपैयाँले घट्यो

हेटाैँडामा बृहत् नि:शुल्क स्वास्थ्य शिविर हुने

अबको तीन दिन देशका तराई भेगमा तातो हावाको लहरको जोखिम

त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित

अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह

भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?