By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » आज ईद (ईद–उल–फित्र) पर्व मनाइँदै

आज ईद (ईद–उल–फित्र) पर्व मनाइँदै

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ चैत्र ७, शनिबार ११:१८

काठमाडौं । आज ईद (ईद–उल–फित्र) पर्व मुस्लिम समुदायले रिस, राग र द्वेषलाई बिर्सेर आपसमा खुसीयाली साटासाट गर्दै शुभकामना आदान प्रदान गरी हर्षोल्लासका साथ मनाउँदै छन् ।

आज ईदमा विशेष नमाज समर्पण गरिसकेपछि आशीर्वाद लिने र दिने गरिन्छ । सो अवसरमा मिष्टान्न परिकार खाने र खुवाउने परम्परा रहिआएको छ ।

रोजाको अनुशासन, आत्मसंयम र श्रद्धापूर्वक गरिएको नमाजको साधनापछि मनाइने ईद पर्व आत्मिक शुद्धता र आध्यात्मिक उन्नतिको प्रतीक हो । यस पर्वले मानिसलाई संयम, धैर्य र आत्मनियन्त्रणको पाठ सिकाउँदछ । यस अवसरमा आयोजना हुने ‘इफ्तार’ र सामूहिक नमाजले देश र समुदायमा एकता र सहअस्तित्वको भावना बलियो बनाउँदछ । दान र सहयोगको परम्पराले असहाय, गरिब तथा सहयोगको आवश्यकता भएकाप्रति करुणा र सहानुभूति जगाउँदछ ।

ईदको चन्द्रमा देखेपछि ‘चाँद मुबारक’ वा ‘ईद मुबारक’ भन्ने परम्परा शुभकामना मात्र होइन, आपसी सद्भाव र भाइचारा प्रकट गर्ने सुन्दर संस्कार हो । ईद–उल–फित्र धार्मिक पर्व मात्र होइन, सामाजिक सद्भाव र सांस्कृतिक ऐक्यबद्धताको प्रतीक पनि हो । नयाँ कपडा लगाउने, नमाज पढ्ने, एक अर्कासँग गला मिलाउँदै शुभकामना आदान–प्रदान गर्ने मौलिक परम्पराले सामाजिक सम्बन्धलाई अझ घनिष्ठ बनाउँदछ । विशेष परिकार बनाएर खाने–खुवाउने संस्कारले साझा खुसी बाँड्ने परम्परालाई जीवन्त राख्न सहयोग पुग्दछ भने दान र सहयोगको संस्कारले समाजलाई न्यायपूर्ण र करुणामय बनाउन मद्दत गर्दछ । यस पर्वले हामीलाई भाइचारा, मेलमिलाप र सामूहिकताको मूल्यलाई आत्मसात् गर्न प्रेरणा प्रदान गर्दछ ।

धर्मको मूल उद्देश्य मानवता हो । कुनै पनि धर्मले विभेदलाई स्वीकार गर्दैन, बरु त्याग, पवित्रता, अहिंसा, लोकहित, विवेक र सत्कर्मलाई प्रोत्साहन गर्दछ । धर्मले मानिसलाई सत्यनिष्ठ, कर्मनिष्ठ र कर्तव्यनिष्ठ बन्न प्रेरित गर्दछ । विपत्तिमा धर्मप्रतिको आस्था नै मानिसलाई धैर्य र साहस प्रदान गर्दछ । सद्भाव, सदाचार र समन्वय नै सभ्य समाज निर्माणका आधार स्तम्भ हुन् । यस दृष्टिले ईद–उल–फित्रले हामीलाई धार्मिक आस्था मात्र होइन, सामाजिक न्याय, समता र सहअस्तित्वको मार्गमा अघि बढ्न उत्प्रेरित गर्दछ ।

Facebook Comments Box
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा सिंगापुर प्रस्थान
गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह
तीन सय २५ को स्वास्थ्य परीक्षण: २० जनामा क्यान्सर
स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउन सरकारको निर्देशन
परालको टौवामा उम्रिएको च्याउ खाँदा एकै परिवारका चार जना बिरामी

थप समाचार

विश्व वातावरण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

सुन तोलामा २ हजार १ सय रुपैयाँले घट्यो

हेटाैँडामा बृहत् नि:शुल्क स्वास्थ्य शिविर हुने

अबको तीन दिन देशका तराई भेगमा तातो हावाको लहरको जोखिम

त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित

अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह

भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?