By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
[Ruby_E_Template id="2450"]
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In

जेलेन्स्कीले खाडी राष्ट्रलाई ड्रोन खसाल्ने सीप दिने बताए

सरोकारकर्मी
सरोकारकर्मी
f,11

मकवानपुर । युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले इरानी ड्रोन आक्रमणको सामना गरिरहेका खाडी राष्ट्रहरूलाई सहयोग गर्न आफ्ना सैन्य विज्ञहरू त्यसतर्फ प्रस्थान गरेको जानकारी दिएका छन् । ती विज्ञहरुले खाडी राष्ट्रहरूलाई ड्रोन खसाल्ने अनुभव बाँड्ने जेलेन्स्कीको भनाइ छ ।

सामाजिक सञ्जाल एक्समार्फत सन्देश जारी गर्दै जेलेन्स्कीले युक्रेनसँग ‘अट्याक ड्रोन’हरूलाई विफल पार्ने विश्वकै उत्कृष्ट अनुभव रहेको दाबी गरे ।

उनका अनुसार युक्रेनको अनुभवविना मध्यपूर्व, युरोप र अमेरिकाका लागि पनि बलियो सुरक्षा प्रणाली निर्माण गर्न कठिन हुनेछ ।

विगत चार वर्षदेखि रुसी ड्रोनहरूको सामना गरिरहेको युक्रेनले यस संकटको घडीमा खाडी मुलुकहरूलाई प्राविधिक सहयोग गर्ने इच्छा व्यक्त गरेको छ । यद्यपि, जेलेन्स्कीले यो सहयोग पारस्परिक हुनुपर्ने सर्त राखेका छन् ।

उनले भनेका छन्, ‘जसले अहिले युक्रेनको सहयोग खोजिरहेका छन्, उनीहरूले हाम्रो रक्षाका लागि, विशेष गरी हाम्रो वायु रक्षा प्रणालीका लागि सहयोग जारी राख्नुपर्छ ।’

अमेरिका र इजरायलले इरानमा फेब्रुअरी अन्तिम साता संयुक्त आक्रमण गरेका थिए । सो आक्रमणबाट इरानका सर्वोच्च नेता खली खामेनी लगायतका नेताहरु मरिएका थिए । त्यसयता इरानले इजरायल र खाडी मुलुकहरुमा रहेका अमेरिकी सैन्य बेस क्याम्पलाई लक्षित गरी हमला गर्दै आएको छ ।

इरानले छिमेकी राष्ट्रहरूमाथि जवाफी हमला सुरु गरेयता जेलेन्स्कीले निरन्तर रूपमा आफ्नो सैन्य सीप र अनुभवलाई कूटनीतिक बार्गेनिङका रूपमा प्रयोग गरिरहेको टिप्पणी हुँदै आएको छ ।

[ruby_related total=5 layout=5]

[Ruby_E_Template id="1714"]
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account