By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » पूर्वपत्रकार सन्तोष राजवंशी भारी मतान्तरसहित विजयी

पूर्वपत्रकार सन्तोष राजवंशी भारी मतान्तरसहित विजयी

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ फाल्गुन २३, शनिबार १०:४०

विराटनगर । मोरङ क्षेत्र नम्बर–४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सन्तोष राजवंशी भारी मतान्तरसहित विजयी भएका छन्। उनले नेपाली काँग्रेसका महामन्त्री तथा प्रखर वक्ता गुरुराज घिमिरे, नेपाली कम्युनिस्ट पार्टीका प्रभावशाली नेता एवं पूर्वमन्त्री अमनलाल मोदी तथा नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा पूर्व प्रदेशमन्त्री जीवन घिमिरेलाई पछि पार्दै जीत हासिल गरेका हुन्।

निर्वाचन अधिकृत घनेन्द्र अधिकारीका अनुसार ३४ वर्षीय राजवंशीले ४० हजार ८ सय ३३ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका गुरुराज घिमिरेले १२ हजार ८ सय १२ मत प्राप्त गरेका छन्। दुवैबीचको मतान्तर २८ हजार २१ रहेको छ, जुन यस क्षेत्रको इतिहासमै निकै ठूलो मतान्तर मानिएको छ।

यसअघि लगातार दुई पटक निर्वाचित हुँदै ‘ह्याट्रिक’ गर्ने लक्ष्यसहित चुनावी मैदानमा उत्रिएका नेकपाका उम्मेदवार तथा पूर्वमन्त्री अमनलाल मोदी भने १० हजार ७ सय ६२ मतमै सीमित भए। एमालेका उम्मेदवार जीवन घिमिरेले ६ हजार ९ सय ३३ मत प्राप्त गरे।

कुल १ लाख १९ हजार २५५ मतदाता रहेको यस क्षेत्रमा ७९ हजार ७ सय ८५ मत खसेको थियो।

विराटनगर–३ स्थित राजवंशी चोकका स्थायी बासिन्दा सन्तोष राजवंशीको राजनीतिक यात्रा धेरै पुरानो छैन। वि.सं. २०४८ पुस १२ गते आमा कोइली देवी र बुबा रामपूजन राजवंशीको कोखबाट जन्मिएका राजवंशी परिवारका एक्ला छोरा हुन्। उनले स्नातक तहसम्म अध्ययन गरेका छन्।

राजनीतिमा सक्रिय हुनुअघि उनी पत्रकारितामा संलग्न थिए। राजवंशी नेपाल टेलिभिजन इटहरी च्यानलमा करारमा कार्यरत थिए। निर्वाचित भएपछि उनले भने, “पत्रकारितामार्फत जनताको आवाज उठाउँदै आएको थिएँ, अब सदनमा पुगेर ती आवाजलाई अझ सशक्त रूपमा उठाउनेछु।”

यसपटक मोरङ–४ को चुनावी प्रतिस्पर्धा निकै रोचक बनेको थियो। यसअघि २०७४ मा काँग्रेसका महेश आचार्य र २०७९ मा एमालेका विनोद ढकाललाई पराजित गरेका अमनलाल मोदी यस क्षेत्रमा बलियो दाबेदार मानिन्थे। थारू समुदायको उल्लेख्य उपस्थिति र व्यक्तिगत प्रभावका कारण उनी आत्मविश्वासी देखिन्थे।

त्यस्तै काँग्रेसका वैचारिक नेता गुरुराज घिमिरेका लागि यो निर्वाचन राजनीतिक पुनरागमनको महत्वपूर्ण अवसर मानिएको थियो। २०७९ को प्रदेशसभा निर्वाचनमा झिनो मतले पराजित भएपछि उनी महामन्त्रीको जिम्मेवारीसहित संघीय संसदमा प्रवेश गर्ने लक्ष्यसहित मैदानमा थिए। एमालेका जीवन घिमिरे पनि आफ्नो संसदीय यात्रा निरन्तरता दिन प्रयासरत थिए।

तर, स्थापित दलका यी तीनै जना नेताहरूलाई पराजित गर्दै रास्वपाका राजवंशीले उल्लेखनीय जीत हासिल गरेका छन्। परम्परागत दलहरूप्रतिको असन्तुष्टि र परिवर्तनको चाहनालाई आफ्नो पक्षमा पार्न सफल हुँदा उनले फराकिलो मतान्तरसहित जीत निकालेका हुन्।

मोरङ–४ निर्वाचन क्षेत्रमा ग्रामथान गाउँपालिका, कटहरी गाउँपालिका, बेलबारी नगरपालिकाका केही वडा तथा विराटनगर महानगरपालिकाका ६ वटा वडा समेटिएका छन्।

Facebook Comments Box
कर्णाली सरकारद्वारा छ दिन थप सार्वजनिक बिदा दिने निर्णय
सरकारी कागजात देखाएर मतदान गर्न पाइने
तनहुँ जिल्ला प्रशासनका केही सेवा एकीकृत सेवा कार्यालयको भवनबाट
सांसद गैरेको प्रश्नः नागरिकता लिन महिलाले स्वघोषणा गर्नुपर्ने, पुरुषले नपर्ने ?
एनपीएल: पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर खेल्दै

थप समाचार

विश्व वातावरण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

सुन तोलामा २ हजार १ सय रुपैयाँले घट्यो

हेटाैँडामा बृहत् नि:शुल्क स्वास्थ्य शिविर हुने

अबको तीन दिन देशका तराई भेगमा तातो हावाको लहरको जोखिम

त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित

अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह

भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?